मुख्य समाचार
सिटी च्याम्पियन्स लिगमा छनोट नहुन पनि सक्छ : ग्वार्डिओला
सिटी च्याम्पियन्स लिगमा छनोट नहुन पनि सक्छ : ग्वार्डिओला

। म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अर्को सिजनको च्याम्पियन्स लिगमा सिटी छनोट हुन नसक्ने खतरा रहेको प्रतिक्रिया दिएका छन् ।

यूरोपियन फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगमा सिटीले लगातार १४ सिजन खेलेको छ । आर्सनलले सन् १९९८ देखि २०१७ सम्म र म्यानचेष्टर युनाइटेडले सन् १९९६ देखि २०१४ सम्म यूरोपियन प्रतियोगिता खेलेका थिए । इंग्लिस क्लबहरुमध्ये सिटीभन्दा लामो समय लगातार यूरोपियन प्रतियोगितामा सहभागी हुने दुई क्लब आर्सनल र युनाइटेड मात्र हुन् ।




हाल प्रिमियर लिगमा सिटी सातौं स्थानमा छ । १७ खेलबाट सिटीको २७ अंक छ । जुन चौथो स्थानको नटिङहम फरेस्ट भन्दा ४ अंक र पाँचौ स्थानको बर्नमाउथभन्दा १ अंकले पछि हो । छैटौं स्थानको एस्टन भिल्लाको पनि सिटी भन्दा १ अंक बढी छ ।

यूरोपियन च्याम्पियन्स लिगमा इंग्ल्याण्डबाट अर्को सिजन शीर्ष पाँचमा रहनेले खेल्नेछ । अहिलेको अवस्था अनुसार सिटी छनोट हुने सम्भावना केही कमजोर छ । ‘जब मैले पहिला भन्थे मानिसहरु हाँस्थे’ ग्वार्डिओलाले भने, ‘उनीहरु भन्थे कि च्याम्पियन्स लिगमा छनोट हुनु मात्र ठूलो सफलता होइन ।’



‘तर मलाई थाहा छ यो देश (इंग्ल्याण्ड) को क्लबमा यस्तो हुन्छ । उनीहरु धेरै वर्षसम्म हावी भएर पनि पछिल्लो समय धेरै वर्ष उनीहरु च्याम्पियन्स लिगमा छनोट भएका छैनन्’ उनले थपे ।

ग्वार्डिओलाको सिटीले बक्सिङ डे मा एभरटनसँग घरेलु मैदानमा खेल्दैछ । यस्तै २९ डिसेम्बरमा लेस्टर सिटीको भ्रमणमा निसक्नेछ भने ४ जनवरीमा वेष्टहमसँग घरेलु मैदानमा खेल्नेछ ।

सिटीको अबको खेल तालिकाको पूछारतिरको टिमसँग रहेकोले सिटीसामू प्रदर्शन सुधार गर्दै नतिजा ल्याउने अवसर छ । सिटीले पछिल्लो ८ खेलमा जम्मा ४ अंक मात्र जोडेको छ । त्यसैले पनि ग्वार्डिओलाले यूरोपियन प्रतियोगिता गुम्ने सम्भावना रहेको बताएका छन् ।

‘च्याम्पियन्स लिगमा पछिल्ला सिजनहरुमा खेल्ने एक टिम म्यानचेष्टर सिटी हो । तर अहिले हामी साँच्चै खतारमा छौं’ ग्वार्डिओलाले भने ।

आर्सनल, चेल्सी, लिभरपुल र म्यानचेष्टर युनाइटेडले २००६-०६ देखि २००८-०९ सिजनसम्म प्रिमियर लिगमा शीर्ष चार स्थान ओगटेका थिए । यी मध्ये कम्तीमा तीन क्लबले सन् २०१५ सम्म शीर्ष चारमा स्थान बनाएका थिए ।

तर युनाइटेडले पछिल्लो ११ सिजनमध्ये पाँच सिजन च्याम्पियन्स लिग बाहिर रहेको थियो । आर्सनलले पछिल्लो सिजन च्याम्पियन्स लिगमा पुनरागमन गर्नुअघि ६ सिजन च्याम्पियन्स लिगमा छनोट हुन सकेन ।

यस पटक सिटीलाई अप्रत्याशित रुपमा खतरा देखिएको हो । नटिङहम फरेस्ट र बर्नमाथउसिहत एस्टन भिल्ला सिटी भन्दा अंकतालिकामा अघि छ । न्यूक्यासल, फुलहम र ब्राइटन पनि सिटी नजिक छ ।

‘यस पटक धेरै क्लबहरु होडमा छन्’ ग्वार्डिओलाले भने । सिटीले सबैखाले प्रतियोगिता गरी पछिल्लो १२ खेलमा ९ खेल हारेको छ । ‘सबै क्लबका लागि यो महत्वपूर्ण छ कि यदि हामीले खेल जित्न सकेनौँ भने हामी निश्चित रुपमा बाहिर हुनेछौँ ।’

‘यदी हामी छनोट भएनौं भने त्यसको कारण हामी यसका लागि लायक थिएनौं भन्ने हुनेछ । किनकी हामी यसका लागि तयार थिएनौं र हामीसँग धेरै समस्याहरु छन् जुन हामीले सुधार गर्नुपर्छ’, ग्वार्डिओलाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...