मुख्य समाचार
होमरको प्रसिद्ध कवितामाथि क्रिस्टोफर नोलन ‘द ओडिसी’ निर्देशन गर्दै
होमरको प्रसिद्ध कवितामाथि क्रिस्टोफर नोलन ‘द ओडिसी’ निर्देशन गर्दै

। ‘ओपेनहाइमर’बाट गतवर्ष सर्वोत्कृष्ट निर्देशकको रुपमा अस्कर अवार्ड जितेका निर्देशक क्रिस्टोफर नोलनको नयाँ फिल्मको नाम ‘द ओडिसी’ तय भएको छ ।

यो फिल्म ग्रीक साहित्यका महान होमरको प्रसिद्ध कविता ‘द ओडिसी’मा आधारित छ, जुन ईसापूर्व ८ औं शताब्दीमा लेखिएको थियो । आइम्याक्स प्रविधि प्रयोग गरी विश्वका विभिन्न स्थानमा फिल्मको छायांकन गरिनेछ । हलिउड स्टुडियो युनिभर्सलले मंगलबार यो फिल्मबारे घोषणा गरेको छ ।




यो फिल्मको प्रदर्शन १७ जुलाई, २०२६ मा हुने जनाइएको छ । यो कविता ग्रीक कवि होमरद्वारा लेखिएको विश्वचर्चित रचना हो । यसले इथाकाका राजा ओडिसियसको कथाबारे भन्छ, जसले ट्रोजन युद्धपछि घर फर्कने यात्रामा धेरै कठिनाइहरूको सामना गर्नुपरेको थियो ।

ओडिसियसले यस यात्रामा धेरै खतराको सामना गर्दछ जसमा प्रसिद्ध रूपमा साइक्लोप्स पोलिफेमस, साइरेन्स र जादूगरनी सर्सेहरू जस्ता घटना सामेल छन् । ओडिसियसले आफ्नी पत्नी पेनेलोपलाई भेटेर कथाको अन्त्य हुन्छ ।



ओडिसी पहिले धेरै पटक फिल्म र टेलिभिजनको लागि रुपान्तरित गरिएको छ । यसलाई सन् १९५४ इटालियन फिल्म युलिसिस र १९९७ मिनी–श्रृंखला द ओडिसीमा रूपान्तरण गरिएको थियो । राल्फ फिएनेस र जुलिएट बिनोचे हालै फिल्म द रिटर्नमा ओडिसियस र पेनेलोपको रूपमा देखिएका थिए ।

नोलनको यो नयाँ फिल्ममा म्याट डेमन, टम हल्यान्ड, एनी ह्याथवे, जेन्डाया, रोबर्ट प्याटिनसन, लुपिता न्योङओ र चार्लिज थेरोन जस्ता चर्चित कलाकार देखिनेछन् । छायांकन आउँदो वर्षको सुरुमा सुरु हुने बताइएको छ ।

यो युनिभर्सलका लागि नोलनको दोस्रो फिल्म हुनेछ । यसअघि उनको फिल्म ‘ओपेनहाइमर’ले दर्शकमा जादू छोडेको थियो । यो फिल्मले अस्करमा पनि सफलता हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ । थकित महसुस हुने र छातीमा ...
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...
जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ । ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । ...
। यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो । यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ । मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको ...