मुख्य समाचार
आइपुगे सोनु निगम, बेलुका हायात मैदानमा प्रस्तुति दिँदै
आइपुगे सोनु निगम, बेलुका हायात मैदानमा प्रस्तुति दिँदै

। क्रिसमस अवसरमा आज बेलुका आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिन चर्चित भारतीय गायक सोनु निगम अपरान्ह काठमाडौं आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरे । निगमको सांगीतिक समूहका सदस्यहरू बुधबार बिहानै तयारीका लागि आइसकेका थिए ।

प्रशस्तै हिट नेपाली पनि गाइसकेका निगमले बेलुका हायात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा प्रस्तुति दिनेछन् । उनले ३ घण्टा आफ्ना हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ ।


झण्डै १० हजार दर्शक निगमको कन्सर्टमा सहभागि हुने अपेक्षा गरिएको छ । उनले फिल्म ‘सिमाना’को चर्चित गीत ‘उकाली ओराली गर्दै’ लगायतका आधादर्जन नेपाली गीत पनि गाउनेछन् ।

निगम विहिबार बेलुका भारत फर्किने तयारी छ । त्यसअघि उनले विहिबार बिहान पशुपतिनाथ दर्शन र पर्वतीय उडान भर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १६ साउनमा आयोजना हुन लागेको मिस नेपाल २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन वर्तमान मिस कस्मोसहितको टोली नेपाल आउने भएको छ । मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । निर्देशक प्रमोद कंशाकारका अनुसार मिस कस्मो २०२५ योलिना लिन्डक्विस्ट, मिस कस्मो २०२५ की रनरअप चेल्सी फर्नान्डेज र मिस ...
स्पेनको एक अदालतले चर्चित गायिका शकिरालाई कर विवादमा असुल गरिएको करिब ५५ मिलियन युरो (झण्डै ५० मिलियन पाउण्ड) फिर्ता गर्न त्यहाँको कर निकायलाई आदेश दिएको छ । स्पेनको राष्ट्रिय उच्च अदालतले शाकिरामाथि लगाइएको कर छलीको आरोपबाट सफाइ दिँदै ब्याजसहित रकम फिर्ता गर्न आदेश दिएको हो । अदालतले सन् २०११ मा उनी स्पेनमा १८३ दिन बसेको प्रमाण ...
हलिउडको चर्चित जासुसी फिल्म श्रृंखला ‘जेम्स बन्ड’का लागि नयाँ अभिनेता खोज्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । लामो समयदेखि ‘००७’ को भूमिकामा ड्यानियल क्रेगपछि कसले अभिनय गर्ने भन्ने चर्चा चलिरहेकामा अब अडिसन प्रक्रिया नै अघि बढाइएको हो । अमेजन एमजीएम स्टुडियोले विज्ञप्ति जारी गर्दै ‘अर्काे जेम्स बन्डको खोजी सुरु भइसकेको छ’ जनाएको छ । हलिउड ...
। अमेरिकी र्‍याप गायक कान्ये वेस्ट अर्थात् ‘ये’ को भारतमा पहिलोपटक हुन लागेको सांगीतिक प्रस्तुति अन्ततः रद्द भएको छ । नयाँ दिल्लीमा २०२६ मे २३ मा आयोजना हुने तय भएको उक्त कन्सर्ट सुरक्षासम्बन्धी सरकारी निर्देशनपछि स्थगित गरिएको आयोजकले जनाएको छ । कन्सर्ट आयोजक कम्पनी ह्वाइट फक्सले इन्स्टाग्राममार्फत औपचारिक वक्तव्य जारी गर्दै सरकारी निकाय र सुरक्षा निकायबाट ...
। हलिउडका दिग्गज अभिनेता विल स्मिथले कानुनी लडाइँमा ठूलो राहत पाएका छन् । क्यालिफोर्नियाको एक अदालतले ५७ वर्षीय सुपरस्टारविरुद्ध दर्ता भएको यौन दुव्र्यवहारको मुद्दा खारेज गरिदिएको छ । यो मामिला सन् २०२५ मा स्मिथको ‘टुर टिम’ मा सहभागी एक सदस्यले लगाएको आरोपसँग सम्बन्धित थियो । ‘मेन इन ब्ल्याक’ र ’द परस्यूट अफ ह्याप्पिनेस’ जस्ता चर्चित फिल्महरूका ...