मुख्य समाचार
मंगोलियामा ५० वर्षयताकै चरम जाडो, एसियाली देशमा चिसो बढ्ने पूर्वानुमान
मंगोलियामा ५० वर्षयताकै चरम जाडो, एसियाली देशमा चिसो बढ्ने पूर्वानुमान

। मंगोलियाले आधा शताब्दीपछिको सबैभन्दा कठोर जाडो सामना गरिरहेको छ।

चिसो अचाक्लि बढ्दा गत हिउँदमा ४७ लाखभन्दा बढी पशु मरेका थिए । त्यतिबेलै चिसोले हजारौं मानिसको जीविका र खाद्य आपूर्तिमा खतरा उत्पन्न गर्ने अन्तर्राष्ट्रिय रेडक्रसले चेतावनी दिएको थियो ।




त्यहाँको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले सोमबार बिहानसम्म देशका २१ मध्ये पाँच प्रदेशमा हिमपात जारी रहेको जनाएको छ ।

योसँगै मंगोलियाको ६४ प्रतिशत भूभाग हाल हिउँले ढाकिएको छ । गत हिउँदमा मंगोलियामा पाँच दशक यताकै सबैभन्दा ठूलो हिमपात भएको थियो, जसका कारण ठूलो बाढी आउँदा र लाखौं पशुधनको क्षति भएको थियो ।



यस हिउँदमा, एसियाली देशका अधिकांश भागहरूमा दीर्घकालीन औसतभन्दा चिसो बढ्ने मौसमविद्ले जनाएका छन् ।

मंगोलियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले देशका केही क्षेत्रमा कडा मौसमको चेतावनी जारी गर्दै सोमबार रातिदेखि तीव्र हावा र हिमआँधी सुरु हुने पूर्वानुमान गरेको छ।

हिमआँधीले पश्चिमी, मध्य, र दक्षिणी गोबी प्रान्तहरूमा आगामी दुई दिनसम्म असर पार्ने पुर्वानुमान गरिएको छ। नागरिकहरू विशेष गरी घुमन्ते पशुपालक र चालकहरूलाई सतर्कता अपनाउन र सम्भावित प्रकोपविरुद्ध रोकथामका उपायहरू अपनाउन आग्रह गरिएको छ ।

तापक्रम अत्यधिक बढ्ने अवस्थालाई ‘ड्युज’ भनिन्छ जसले तापक्रममा ठूलो गिरावट ल्याउँछ । यस्तोमा हिउँ र बरफले चरन क्षेत्रहरू ढाक्छ र खाद्य शृङ्खला प्रभावित हुन्छ ।

मंगोलियामा करिब ३ लाख मानिस पारम्परिक घुमन्ते पशुपालक छन् र आफ्नो जीवन निर्वाहका लागि गाई, बाख्रा र घोडामा निर्भर छन् ।

उनीहरूका लागि चौपाया नै जीवन निर्वाहको एकमात्र माध्यम हो । मौसमी घटनाले उनीहरू केही महिनामै गरिब बनेका छन् । आईएफआरसीका एसिया प्रशान्त क्षेत्रीय निर्देशक एलेक्जान्डर मथेउले सीएनएनसँग कुरागर्दै भने, ‘उनीहरूमध्ये धेरै अब आफ्नै परिवारलाई खान दिने या घर तताउने अवस्थामा पनि छैनन्।’

आईएफआरसीका अनुसार, नोभेम्बरयता २ हजार २५० पशुपालक परिवारले आफ्नो ७० प्रतिशतभन्दा बढी चौपाया गुमाएका छन्। ७,००० भन्दा बढी परिवारले पर्याप्त खानाको पहुँच गुमाएका छन् ।

ड्जुडले देशको तीन(चौथाई भागलाई प्रभावित गरेको छ र जाडो अझै लम्बिने भएकाले अवस्था झन् बिग्रने अनुमान छ ।

-एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...