मुख्य समाचार
सिकलसेल एनिमियाका बिरामीलाई अब निःशुल्क औषधि : मन्त्री पाैडेल
सिकलसेल एनिमियाका बिरामीलाई अब निःशुल्क औषधि : मन्त्री पाैडेल

— स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका बिरामीलाई आवश्यक पर्ने औषधि सरकारले अब निःशुल्क उपलब्ध गराउने बताएका छन् ।




नेपालगन्जस्थित भेरी अस्पतालको नवनिर्मित भवनमा हमोग्लोप्याथी वार्ड र अपरेसन थिएटरको सोमबार उद्घाटन गर्दै मन्त्री पौडेलले सिकलसेलका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउन सरकारलाई भारतले सहयोग गर्न लागेको पनि बताए ।


भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग सिकलसेलका बिरामीका लागि आवश्यक पर्ने औषधि सहयोगका लागि प्रस्ताव गरेको र त्यहाँबाट सकारात्मक जवाफ पाएको बताउँदै मन्त्री पौडेलले भने, ‘प्रक्रियागत हिसाबले विषयगत मन्त्रालयसँगको सहकार्यमा तत्काल औषधि उपलब्धताको प्रतिबद्धता आएको छ । आशा गरौं, तत्काल औषधि प्राप्त हुनेछ ।’

सिकलसेल एनिमिया पुस्तान्तरण हुन नदिन बच्चा जन्मिने बित्तिकै स्क्रिनिङ गर्ने गरी मन्त्रालयले योजना बनाउने पनि उनले विश्वास दिलाए । सिकलसेलका बिरामीका लागि आवश्यक पर्ने औषधि सिकलसेल डे केयर वार्ड संचालनमा रहेका अस्पतालहरूलाई सरकारले उपलब्ध गराउने र त्यहींबाट बिरामीहरूले सहज तरिकाले प्राप्त गर्ने पनि मन्त्री पौडेलको भनाइ थियो ।

विगतमा भएका ओएनएम सर्भेले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा ३२ हजार जनशक्ति अभाव भएको देखाए पनि मन्त्री पौडेलले भने, ‘तर, अहिले ३२ सय जनशक्ति पनि थप्ने अवस्था छैन ।’ कम्तीमा १२ देखि १५ सय जनशक्ति थप्ने गरी मन्त्रालय लागि परेको छ । उनले संघीय अस्पतालहरूमा एमडीएमएस कार्यक्रम सुरु भएपछि अस्पतालहरूमा देखिएको जनशक्ति अभावलाई केही हदसम्म टार्ने सुनाए ।

कार्यक्रममा अस्पतालका प्रमुख मेसु डा. निराजन सुवेदीले अस्पतालले गरेका प्रगति र चुनौती तथा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले सिकलसेल एनिमिया र थालेसिमिया रोगको अवस्था, उपचार र निदानका सवालमा भइरहेका कामहरू समेटिएको छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैबीच भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सम्झौता भएसँगै भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलको उपस्थितिमा सोमबार भेरी अस्पतालमा मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीबीच मिर्गौला प्रत्यारोपण सेवा संचालनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।




मन्त्री पौडेलका अनुसार सबै संघीय अस्पतालहरूमा मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्ने सरकारको योजनामा भेरी अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको उनको भनाइ छ । ‘सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने सरकारको योजना छ,’ स्वास्थ्यमन्त्री पौडेलले भने, ‘पोखरा र सुर्खेतमा सेवा सुरु भइसकेको छ । अब भेरी अस्पतालमा पनि सेवा सुरु गर्ने गरी सम्झौता भएको छ ।’

भेरी अस्पतालमा मिर्गौला सेवा संचालनका लागि मानव अंग प्रत्यारोपण केन्द्रले जनशक्तिदेखि प्राविधिक सहयोग गर्ने मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा.श्रेष्ठले बताए । ‘मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नका लागि केही कानुनी प्रक्रियाहरू छन्,’ उनले भने, ‘ती कानुनी प्रक्रिया भेरी अस्पतालले पूरा गरे प्रत्यारोपण सेवा विस्तारका लागि एक महिनाभित्रै सेवा सुरु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो
भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किए