मुख्य समाचार
साउदीबाट फर्केका युवामा मंकीपक्स पुष्टि
साउदीबाट फर्केका युवामा मंकीपक्स पुष्टि

: साउदी अरबबाट स्वदेश फर्किएका एक नेपाली युवामा मंकीपक्स संक्रमण भएको पुष्टि भएको छ। नेपालीलाई मंकीपक्स (एमपक्स) संक्रमण भएको यो पहिलो हो।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, तनहुँका ३६ वर्षीय युवामा संक्रमण पुष्टि भएको हो। बिहीबार स्वदेश फर्किएका ती युवा बिसञ्चो महसुस भएपछि विमानस्थलबाट सिधैं निजी अस्पताल पुगेका थिए। उनलाई सामान्य ज्वरो देखिएको छ। मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले विदेशबाट आएका युवामा संक्रमण पुष्टि भएकाले नेपालभित्रै यो रोगको संक्रमण भएको छ-छैन यकिन छैन।

संक्रमित युवाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ। दुई वर्षअघि नेपालमा रहेकी विदेशी नागरिकमा पनि मंकी पक्स संक्रमण पुष्टि भएको थियो। मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो। एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्छ।


मंकीपक्सको संक्रमणको घटना पुष्टि भए पछि त्रिभुवन विमानस्थल र अन्य हेल्थ डेस्कमा सतर्कता अपनाउन निर्देशन दिइएको डा. बुढाथोकीले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
टाउको नखोली मस्तिष्क रक्तस्रावको उपचार न्युरो इन्टरभेन्सनबाट नेपालमै सम्भव छ
दक्षिण अफ्रिकाविरुद्ध विराट कोहलीले बनाए शतक
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि धनकुटा र ओखलढुंगामा भएको निर्वाचन केन्द्रले बदर
एरिक भ्याली र क्याराभान फिल्मबारे १० तथ्य
अर्थतन्त्रको सबलीकरण र सुशासन