मुख्य समाचार
क्यानडाका प्रधानमन्त्री ट्रुडोविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय
क्यानडाका प्रधानमन्त्री ट्रुडोविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले नयाँ वर्षको सुरुवातमा सत्ता गुमाउन सक्ने सम्भावना देखिएको छ। न्यू डेमोक्रेटिक पार्टी (एनडीपी)का नेता जगमीत सिंहले प्रधानमन्त्री ट्रुडोविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेका छन्। जगमीत सिंहले अर्को महिना अल्पसंख्यक लिबरल सरकार फुटाउन कदम चाल्ने र देशमा नयाँ चुनावको माहोल बनाउने बताएका छन्।


जगमीत सिंहले भने, 'लिबरल पार्टीको नेतृत्व कसले गर्छ भन्ने कुराले फरक पार्दैन। यो सरकारको समय सकियो । हामी संसदको अर्को बैठकमा अविश्वासको प्रस्ताव राख्छौं।'

यो बैठक जनवरी २७ पछि बस्न सक्छ । जगमीत सिंहको एनडीपी र जस्टिन ट्रुडोको लिबरल पार्टीले यस वर्ष सेप्टेम्बरमा सहमति तोडेका थिए। त्यसपछि जगमीत सिंहले लिबरल पार्टीले व्यवसायीहरूका अगाडि झुकेको आरोप लगाएका थिए।


तर, गठबन्धनबाट बाहिरिएपछि पनि जगमीतले विगत ४ महिनादेखि ट्रुडोलाई सरकार कायम राख्न सघाउँदै आएका थिए । अब एनडीपीको प्रस्तावलाई विपक्षी दलहरूले समर्थन गरेमा ट्रुडोको सरकार ढल्ने निश्चित छ । ट्रुडो ९ वर्षदेखि क्यानडाको प्रधानमन्त्री रहेका छन् ।

अल्पमतमा ट्रुडो सरकार

ट्रुडोको पार्टीको संसदमा १५३ सिट छ । पार्टीलाई सत्तामा रहन थप १७ सिट चाहिन्छ । अहिलेसम्म २५ सिट भएको एनडीपीले समर्थन गर्दै आएको थियो । विपक्षी कन्जरभेटिभ पार्टीको १२० सिट छ । क्यानेडियन हाउस अफ कमन्समा ३३८ सीटहरू छन्।

सर्वेक्षणका अनुसार क्यानडामा चुनाव भए कन्जरभेटिभ पार्टीले बहुमत ल्याउन सक्छ।

रिपोर्टका अनुसार जगमीत सिंहको अविश्वासको प्रस्ताव ल्याउनु उनको पार्टीका लागि पनि जोखिमपूर्ण हुनसक्छ किनभने सर्वेक्षणमा एनडीपी पनि निकै मतान्तरले पछाडि परेको छ ।

बहुमतका लागि ट्रुडोको पार्टीलाई अब क्युबेक पार्टी (३३ सिट) को समर्थन चाहिन्छ। यद्यपि, क्युबेक पार्टीले विपक्षी दललाई समर्थन गर्ने वाचा गरेको छ।

लिबरल पार्टीमा पनि ट्रुडो विरुद्ध सांसदहरुको असन्तुष्टि बढ्दै गएको छ । अहिलेसम्म करिब २० लिबरल सांसदहरूले ट्रुडोलाई राजीनामा दिन आग्रह गरेका छन्।

को हुन् जगमीत सिंह?

जगमीत सिंह २०१७ देखि एनडीपीका प्रमुखका रुपमा रहेका छन्। उनको जन्म सन् १९७९ मा क्यानडाको ओन्टारियोमा भएको थियो । उनका आमाबाबु राम्रो जीवनको खोजीमा पञ्जाबबाट क्यानडा बसाइँ सरेका थिए। रिपोर्टका अनुसार जगमीत २०११ मा संसद सदस्य बनेका थिए ।

भारतले २०१३ मा जगमीत सिंहलाई भिसा दिन अस्वीकार गरेको थियो । उनीमाथि भारत विरोधी गतिविधिमा संलग्न रहेको र कट्टरपन्थीसँग सम्बन्ध रहेको आरोप लागेको थियो ।

भिसा रद्द भएपछि जगमीत सिंहले १९८४ देखि सिख विरोधी दंगाका पीडितहरूको लागि आफूले आवाज उठाएकोले भारत सरकार आफूसँग रिसाएको बताएका थिए। उनले आफूलाई पञ्जाबमा 'सिख अफ द इयर' सम्मान गर्न बोलाइएको दाबी गरेका थिए।

क्यानडाको वेबसाइट ग्लोब एन्ड मेलका अनुसार जगमीत सिंहले सन् २०१५ को जुनमा खालिस्तानको समर्थनमा सान फ्रान्सिस्कोमा भएको र्‍यालीमा भाग लिएका थिए। भिन्डरावालाको पोस्टर लिएर मञ्चमा बोलेको जनाइएको छ । यस क्रममा जगमीतले भारत सरकारमाथि सिखहरुको नरसंहारको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...