मुख्य समाचार
क्यानडाका प्रधानमन्त्री ट्रुडोविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय
क्यानडाका प्रधानमन्त्री ट्रुडोविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले नयाँ वर्षको सुरुवातमा सत्ता गुमाउन सक्ने सम्भावना देखिएको छ। न्यू डेमोक्रेटिक पार्टी (एनडीपी)का नेता जगमीत सिंहले प्रधानमन्त्री ट्रुडोविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेका छन्। जगमीत सिंहले अर्को महिना अल्पसंख्यक लिबरल सरकार फुटाउन कदम चाल्ने र देशमा नयाँ चुनावको माहोल बनाउने बताएका छन्।


जगमीत सिंहले भने, 'लिबरल पार्टीको नेतृत्व कसले गर्छ भन्ने कुराले फरक पार्दैन। यो सरकारको समय सकियो । हामी संसदको अर्को बैठकमा अविश्वासको प्रस्ताव राख्छौं।'

यो बैठक जनवरी २७ पछि बस्न सक्छ । जगमीत सिंहको एनडीपी र जस्टिन ट्रुडोको लिबरल पार्टीले यस वर्ष सेप्टेम्बरमा सहमति तोडेका थिए। त्यसपछि जगमीत सिंहले लिबरल पार्टीले व्यवसायीहरूका अगाडि झुकेको आरोप लगाएका थिए।


तर, गठबन्धनबाट बाहिरिएपछि पनि जगमीतले विगत ४ महिनादेखि ट्रुडोलाई सरकार कायम राख्न सघाउँदै आएका थिए । अब एनडीपीको प्रस्तावलाई विपक्षी दलहरूले समर्थन गरेमा ट्रुडोको सरकार ढल्ने निश्चित छ । ट्रुडो ९ वर्षदेखि क्यानडाको प्रधानमन्त्री रहेका छन् ।

अल्पमतमा ट्रुडो सरकार

ट्रुडोको पार्टीको संसदमा १५३ सिट छ । पार्टीलाई सत्तामा रहन थप १७ सिट चाहिन्छ । अहिलेसम्म २५ सिट भएको एनडीपीले समर्थन गर्दै आएको थियो । विपक्षी कन्जरभेटिभ पार्टीको १२० सिट छ । क्यानेडियन हाउस अफ कमन्समा ३३८ सीटहरू छन्।

सर्वेक्षणका अनुसार क्यानडामा चुनाव भए कन्जरभेटिभ पार्टीले बहुमत ल्याउन सक्छ।

रिपोर्टका अनुसार जगमीत सिंहको अविश्वासको प्रस्ताव ल्याउनु उनको पार्टीका लागि पनि जोखिमपूर्ण हुनसक्छ किनभने सर्वेक्षणमा एनडीपी पनि निकै मतान्तरले पछाडि परेको छ ।

बहुमतका लागि ट्रुडोको पार्टीलाई अब क्युबेक पार्टी (३३ सिट) को समर्थन चाहिन्छ। यद्यपि, क्युबेक पार्टीले विपक्षी दललाई समर्थन गर्ने वाचा गरेको छ।

लिबरल पार्टीमा पनि ट्रुडो विरुद्ध सांसदहरुको असन्तुष्टि बढ्दै गएको छ । अहिलेसम्म करिब २० लिबरल सांसदहरूले ट्रुडोलाई राजीनामा दिन आग्रह गरेका छन्।

को हुन् जगमीत सिंह?

जगमीत सिंह २०१७ देखि एनडीपीका प्रमुखका रुपमा रहेका छन्। उनको जन्म सन् १९७९ मा क्यानडाको ओन्टारियोमा भएको थियो । उनका आमाबाबु राम्रो जीवनको खोजीमा पञ्जाबबाट क्यानडा बसाइँ सरेका थिए। रिपोर्टका अनुसार जगमीत २०११ मा संसद सदस्य बनेका थिए ।

भारतले २०१३ मा जगमीत सिंहलाई भिसा दिन अस्वीकार गरेको थियो । उनीमाथि भारत विरोधी गतिविधिमा संलग्न रहेको र कट्टरपन्थीसँग सम्बन्ध रहेको आरोप लागेको थियो ।

भिसा रद्द भएपछि जगमीत सिंहले १९८४ देखि सिख विरोधी दंगाका पीडितहरूको लागि आफूले आवाज उठाएकोले भारत सरकार आफूसँग रिसाएको बताएका थिए। उनले आफूलाई पञ्जाबमा 'सिख अफ द इयर' सम्मान गर्न बोलाइएको दाबी गरेका थिए।

क्यानडाको वेबसाइट ग्लोब एन्ड मेलका अनुसार जगमीत सिंहले सन् २०१५ को जुनमा खालिस्तानको समर्थनमा सान फ्रान्सिस्कोमा भएको र्‍यालीमा भाग लिएका थिए। भिन्डरावालाको पोस्टर लिएर मञ्चमा बोलेको जनाइएको छ । यस क्रममा जगमीतले भारत सरकारमाथि सिखहरुको नरसंहारको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— तिब्बती धार्मिक नेता दलाई लामाको ९० औँ जन्मदिन मनाउने तयारी भइरहँदा उनका उत्तराधिकारी को र कसरी चयन हुने भन्ने बहस चर्किएको छ । भारतको हिमाचलस्थित सिमलामा निर्वासित जीवन बिताउँदै आएका दलाई लामासहितको उपस्थितिमा यसै साता तीन दिने कार्यक्रममार्फत उत्तराधिकारीबारे विस्तृत जानकारी प्राप्त हुन सक्ने रोयटर्सले जनाएको छ । विगत ६५ वर्षयता भारतमा ‘तिब्बतको निर्वासित सरकार’ भएको ...
: तिब्बती बौद्ध धर्मगुरु दलाई लामा यो हप्ता ९० वर्षमा प्रवेश गर्दैछन्। जुलाई ६ मा जन्मिएका उनको जन्मोत्सव एक हप्ता पहिलेदेखि नै मनाउँदै आएको छ। भारतको धर्मशालामा शरण लिएर बसेका दलाई लामाले जन्मदिनको पूर्वसंन्ध्यामा भिडियो सन्देश जारी गरेका छन्। उनले आफ्नो मृत्युपश्चात् पनि तिब्बतमा धर्मगुरु चुनिने परम्परा जारी रहने दाबी गरेका छन्। तिब्बतबाट बहिर्गमनमा परेका उनले ...
: रुसी अधिकारीहरूले इजेभ्स्क शहरको एक कारखानामा युक्रेनी आक्रमणमा तीनजनाको मृत्यु भएको र ४५ जना घाइते भएको बताएका छन्। गभर्नर अलेक्जेन्डर ब्रेचालोभले घाइतेमध्ये छजना गम्भीर घाइते भएको बताए। उनले आक्रमणको बारेमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन्। यसपछि,क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ। ड्रोनहरूले टोर सतहबाट हावामा प्रहार गर्ने मिसाइल प्रणाली र राडार स्टेशनहरू उत्पादन गर्ने ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको बताएका छन्। 'हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौं,'ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्। यद्दपि उनले सर्तहरूको बारेमा कुनै विवरण दिएका छैनन्। ट्रम्पले लेखेका छन्,'कतार र इजिप्टले शान्ति स्थापना गर्न कडा परिश्रम गरेका छन् र उनीहरूले ...
: युक्रेन र रुसबीच चलिरहेको भीषण युद्धको बीचमा अमेरिकाले युक्रेनलाई केही हतियार आपूर्ति बन्द गरेको छ। ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले अमेरिकाको हितलाई मध्यनजर राख्दै उक्त निर्णय गरेको बताएकी छन्। अमेरिकी रक्षा विभागले अन्य देशहरूलाई अमेरिकी सैन्य सहयोग र सहयोगको समीक्षा गरेपछि यो निर्णय लिएको हो। फेब्रुअरी २०२२ मा रुसी आक्रमणपछि अमेरिकाले युक्रेनलाई अर्बौं डलरको ...