मुख्य समाचार
एटलेटिको म्याड्रिडले स्पेनी ला लिगामा बार्सिलानालाई २–१ ले पराजित
एटलेटिको म्याड्रिडले स्पेनी ला लिगामा बार्सिलानालाई २–१ ले पराजित

— सब्टिच्युट एलेक्जान्डर सोरलोथले इन्ज्युरी समयमा गरेको गोलको मद्दतले एटलेटिको म्याड्रिडले स्पेनी ला लिगामा बार्सिलानालाई २–१ ले पराजित गरेको छ । यो जितपछि एथलेटिको बार्लिलोनालाई उछिनेर अंक तालिकाको शीर्षमा पनि उक्लेको छ ।


एटलेटिकोको १८ खेलबाट ४१ अंक भएको छ । बार्सिलोनाले एक खेल बढी खेलेको छ र उसको ३८ अंक मात्रै छ । अब एटलेटिकोले सन् २०२४ को अन्त्य लिग तालिकाको शीर्षमै रहेर टुंग्याउने छ ।


स्टाडि ओलम्पिकमा भएको खेलमा बार्सिलोनाले ३० औं मिनेटमा पेड्रिको गोलले अग्रता लिएको थियो । रोड्रिगो डे पउलले ६० औं मिनेटमा एटलेटिकोका लागि बराबरी गोल गरे । त्यसपछि इन्ज्युरी समयको छैटौं मिनेटमा सोरलोथले निर्णायक गोल गरेका हुन् ।

बार्सिलोना घरमा भएको लिगका पछिल्ला तीन खेलमा लगातार पराजित भएको छ । शनिबारका अन्य खेलमा एथलेटिको बिलबाओले ओसासुनालाई २–१, सेल्टा भिगोले रियल सोसिडाडलाई २–० र रियल मार्लोकाले गेटाफेलाई १–० ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बंगलादेश पहिलोपटक एएफसी महिला एसियन कपमा छनोट भएको छ। बुधबार भएको समूह ‘सी’ को खेलमा तुलनात्मक रूपमा बलियो टोली म्यानमारलाई २–१ ले हराउँदै बंगलादेश छनोट भएको हो । बंगलादेशको जितमा स्टार खेलाडी रितु पोर्ना चक्माले २ गोल गरेकी थिइन् । फिफा वरियतामा बंगलादेशभन्दा ७३ स्थान माथि रहेको म्यानमारले अन्त्यतिर गोल फर्काएपनि हार भने टार्न सकेन ...
। अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईविरुद्ध दायर गरिएको गाली बेइज्जती मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेको छ । गएको फागुनमा एन्फाका पूर्वअध्यक्ष गणेश थापाले आफूमाथि गाली बेइज्जती गरेको भन्दै महासचिव राईविरुद्ध मुद्दा दायर गरेका थिए। असार १८ गते न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त मुद्दामा फैसला सुनाउँदै वादी थापाको दाबी नपुग्ने ठहर गरेको ...
। कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले लगातार दोस्रो खेलमा ह्याट्रिक गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ । तास्केन्तस्थित मिल्ली स्टेडियमा भएको खेलमा नेपालले ८-० को जित निकालेको हो। नेपालका लागि साम्बाको ३ गोलसँगै गिता रानाको २ गोल तथा निशा थोकर, रेखा पौडेल र पुजा ...
: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान चालु आर्थिक वर्षमा नसकिने भएको छ। सहरी विकास मन्त्रालयले बुधबार एक पत्रकार सम्मेलन गरी असार मसान्तसम्ममा त्रिवि मैदानको काम नसकिने बताएको हो। २०८१ फागुन २१ गते सुरु भएको त्रिवि मैदानको काममा दोस्रो पटक म्याद थप गरिएको हो। फागुनमा वैशाख २४ सम्म सक्ने गरी मिति तय गरिएको थियो। तर सो मितिमा ...
— एएफसी महिला एसिया कप छनोटको समूह ‘जी’ मा नेपाल र आयोजक उज्वेकिस्तानले आ–आफ्नो पहिलो खेलमा अपेक्षित ठूलो अन्तरको जित निकालेको छ । मिली स्टेडियममा भएको पहिलो खेलमा नेपालले लाओसलाई ९ गोल गरेको थियो भने उज्वेकिस्तानले श्रीलंकामाथि १० गोल । नेपालका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड र कप्तान सावित्रा भण्डारीका लागि यो सुखद सुरुआत रह्यो । दुवै नवनियुक्त हुन् । सावित्राभन्दा ...