मुख्य समाचार
जर्मनीको क्रिसमस बजारमा अन्धाधुन्ध कार गुडाउँदा ५ को मृत्यु, ६८ घाइते
जर्मनीको क्रिसमस बजारमा अन्धाधुन्ध कार गुडाउँदा ५ को मृत्यु, ६८ घाइते

— जर्मनीको पूर्वी सहर माग्डबर्गको क्रिसमस बजारमा तीव्र गतिको कार अन्धाधुन्ध गुडाउँदा कम्तीमा ५ जनाको ज्यान गएको छ । ६८ जना घाइते छन् । घाइतेमध्ये कम्तीमा १५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।

प्रत्यक्षदर्शीहरूले उक्त आक्रमणपछिको अवस्था निकै भयावह रहेको बताएको बीबीसीले जनाएको छ । मानिसहरूको भीडमा गुडेको कार करिब ४ सय मिटर पर पुगेपछि मात्र रोकिएको थियो । साक्सनी अनहल्ट राज्यका प्रमुख रेइनर हाजेलअफले साउदी अरबका ५० वर्षीय चिकित्सक सन्दिग्ध आक्रमणकारी रहेको जनाएका छन् ।

ती चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १८ वर्षदेखि जर्मनीमा बसिरहेका ती सन्दिग्धसँग स्थायी आवास अनुमति रहेको प्रहरीले जनाएको छ । स्थानीय अधिकारीहरूले आक्रमण नियतवश गराइएको आशंका गरेका छन् । उनी हालसम्म भने कुनै इस्लामिक अतिवादी समूहमा संलग्न नभएको प्रहरीले जनाएको छ ।

प्रतिआतंकवादसम्बन्धी एक विज्ञले भने उक्त घटनामा ठूलो सञ्जालको संलग्नता नरहेको ठोकुवा गरिहाल्न छिटो हुने बताएका छन् । युरोपमा यसअघि अल–कायदा वा इस्लामिक स्टेट समूहबाट प्रभावित युवाहरूले यस्ता आक्रमण गर्ने गरेका थिए । जर्मन चान्सलर ओलाफ सोल्ज शनिबार घटनास्थल जाने बताइएको छ । साउदी अरबको विदेश मन्त्रालयले उक्त आक्रमणको निन्दा गरेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

जर्मनीमा क्रिसमसको मेलामा गाडीको हमलाबाट मानिसहरूको मृत्यु भएको यो पहिलो पटक होइन । आठ वर्षअघि कट्टरपन्थी सम्बद्धता भएका एक जना व्यक्तिले बर्लिन सहरको क्रिसमस मेलामा गराएको आक्रमणमा १२ जनाको ज्यान गएको थियो । जर्मनीमा शरण पाउन विफल भएका ती व्यक्तिले गराएको आक्रमणमा ४९ जना घाइते भएका थिए ।

सन् २०१८ मा फ्रान्सको स्ट्रासबर्गको क्रिसमस बजारमा एक बन्दुकधारीले गरेको आक्रमणमा ५ जनाको ज्यान गएको थियो । त्यस्तै, सन् २०१६ मा फ्रान्स निस सहरमा आयोजित बास्टिल डे समारोहमा लरी ठोक्काइएको थियो । उक्त घटनामा ८६ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम