मुख्य समाचार
आर्सनलले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि ५–१ को प्रभावशाली जित
आर्सनलले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि ५–१ को प्रभावशाली जित

— ग्याब्रिएल जेससले दुई गोल गरेपछि आर्सनलले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि ५–१ को प्रभावशाली जित निकालेको छ । यो जितपछि आर्सनलले लिग तालिकाको शीर्षमा रहेको लिभरपुलसँगको दूरी तीन अंकमा छोट्याएको छ र तेस्रोमा छ ।


आर्सनलको १७ खेलबाट ३३ अंक छ । लिभरपुलको दुई खेल कम खेलेको छ र ३६ अंक छ । चेल्सी भने १६ खेलबाट ३४ अंकमा दोस्रोमा रहेको छ । सेलहर्स्ट पार्कमा भएको खेलमा आर्सनलका लागि काइ हार्भटेज, ग्याब्रिएल मार्टिनेली र डेक्लान राइसले पनि गोल गरे ।


यो जित आर्सनलका लागि महँगो भने सावित भयो र उसका प्रमुख खेलाडी बुकायो साका चोटग्रस्त हुँदै पहिलो हाफमै मैदान छाड्न बाध्य रहे । शनिबारका अन्य खेलमा नटिङघम फरेस्टले ब्रेन्टफोर्डलाई २–० र न्युकासल युनाइटेडले इपस्विच टाउनलाई ४–० ले हरायो ।

यस्तै वेस्ट ह्याम र ब्राइटनले १–१ को बराबरी खेले । शनिबारको पहिलो खेलमा भने एस्टन भिल्लाले म्यानचेस्टर सिटीलाई २–१ ले हरायो । यससँगै सिटीको खराव लय कायम रह्यो र प्रशिक्षक पेप ग्वार्डिओलामाथि पनि चर्को दबाब कायम रह्यो ।

सिटी लिगका पछिल्ला आठ खेलमध्ये एकमा विजयी रहेको छ भने एक बराबरीमा टुग्याएको छ । त्यस बाहेक बाँकी छ खेलमा भने पराजित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...