मुख्य समाचार
मिलान्था एनपीएलको सर्वाधिक रन बनाउने खेलाडी
मिलान्था एनपीएलको सर्वाधिक रन बनाउने खेलाडी

— जनकपुर बोल्ट्सका लाहिरु मिलान्था नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो सिजनमा उच्च स्कोरर बनेका छन् । फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध निर्णायक इनिङ्स खेलेपछि मिलान्थाले रबि बोपारा, रोहित पौडेललाई उछिनेका हुन् ।




फाइनलको दोस्रो इनिङ्स अगाडि सर्वाधिक रन बनाउनेमा मिलान्थाभन्दा माथि चितवन राइनोजका बोपारा, लुम्बिनी लायन्सका कप्तान रोहित, सुदूरपश्चिमका सैफ जैब, जनकपुरकै जिम्मी निशम र सुदूरपश्चिमका विनोद भण्डारी अगाडि थिए ।


बोपाराले ८ खेलमा २ सय ८६ रन बनाएका थिए । उनको टोली चितवन इलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएको थियो । अंक तालिकाको पुछारमा रहेको लुम्बिनीबाट रोहितले ७ खेलमा २ सय ७९ रन बनाएका थिए । फाइनलको इनिङ्सले जैबको कुल स्कोर २ सय ७५, विनोदको स्कोर ३५ रनमा पुर्‍याएको थियो ।

फाइनलअघि मिलान्थाको २ सय ६ रन थियो । फाइनलमा ४९ बलमा ८७ रन बनाएपछि मिलान्था २ सय ९३ रनसहित एनपीएलको सर्वाधिक रनकर्ता बनेका हुन् । मिलान्थाले एनपीएलको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ५३ बलमा अविजित ७५ रन बनाएका थिए । मिलान्थाले १३० माथिको स्ट्राइक रेटमा सो रन बनाएका हुन् ।

फाइनलमा निशमले ४ रनमात्र बनाउन सके र उनको कुल स्कोर २ सय ४७ रन पुगेको थियो ।

ललित र कुग्लेन उच्च विकेटकर्ता

जनकपुर बोल्ट्सकै ललित राजवंशी र सुदूरपश्चिमका स्कट कुग्लेन समान १७ विकेटसहित एनपीएलको पहिलो सिजनमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । फाइनलअघि दुवैको समान १६ विकेट रहेको थियो ।

सुदूरपश्चिमले फाइनलमा आक्रामक सुरुआत गर्दै २ ओभरमा २८ रन जोडेपछि ललित जनकपुरको आक्रामण मोर्चा सम्हाल्न आइपुगेका थिए । आफ्नो पहिलो ओभरमा ४ रनमात्र खर्चेका उनले पाँचौं ओभरमा मेडन फालेर सुदूरपश्चिमको रनमा अंकुश लगाएका थिए ।

१३ औं ओभरमा आफ्नो तेस्रो ओभर लिएर आएका ललितले सो ओभरको दोस्रो बलमा विनोद भण्डारीलाई ४१ रनमा बोल्ड गरेका थिए । उनले आफ्नो पहिलो ३ ओभरमा ८ रनमात्र खर्चेका थिए । १७ औं ओभरमा आफ्नो चौथो ओभरमा केवल ७ रनमात्र खर्चेका ललितले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर १ विकेट लिए ।

कुग्लेनको प्रदर्शन त्यसको विपरीत रहेको थियो । उनको पहिलो दुई ओभरमा जनकपुरले २८ रन प्रहार गरेको थियो । १७ औं ओभरमा कुग्लेनले लाहिरु मिलान्थाको विकेट लिए पनि जनकपुर त्यत्तिखेर विजयको नजिक पुगिसकेको थियो । तर उनले सो ओभरमा दुई वाइड चौकासहित १५ रन खर्चन पुगेका थिए ।

औषतमा ललितभन्दा कुग्लेन अगाडि रहे । कुग्लेनले ९ खेलमा १२.३५ को औषत र ललितले १० खेलमा १२.५२ को औषतमा विकेट लिएका हुन् । चितवन राइनोजका सोहेल तनवीर र जनकपुरका किशोर महताले समान १४, कर्णाली याक्सका विपिन शर्मा र चितवनका रिजन ढकालले समान १३ तथा सुदूरपश्चिमका सैफ जैब, काठमान्डु गुर्खाजका करण केसी र जनकपुरमा मोहम्मद मोहसिनले समान १२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...