मुख्य समाचार
मिलान्था एनपीएलको सर्वाधिक रन बनाउने खेलाडी
मिलान्था एनपीएलको सर्वाधिक रन बनाउने खेलाडी

— जनकपुर बोल्ट्सका लाहिरु मिलान्था नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो सिजनमा उच्च स्कोरर बनेका छन् । फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध निर्णायक इनिङ्स खेलेपछि मिलान्थाले रबि बोपारा, रोहित पौडेललाई उछिनेका हुन् ।




फाइनलको दोस्रो इनिङ्स अगाडि सर्वाधिक रन बनाउनेमा मिलान्थाभन्दा माथि चितवन राइनोजका बोपारा, लुम्बिनी लायन्सका कप्तान रोहित, सुदूरपश्चिमका सैफ जैब, जनकपुरकै जिम्मी निशम र सुदूरपश्चिमका विनोद भण्डारी अगाडि थिए ।


बोपाराले ८ खेलमा २ सय ८६ रन बनाएका थिए । उनको टोली चितवन इलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएको थियो । अंक तालिकाको पुछारमा रहेको लुम्बिनीबाट रोहितले ७ खेलमा २ सय ७९ रन बनाएका थिए । फाइनलको इनिङ्सले जैबको कुल स्कोर २ सय ७५, विनोदको स्कोर ३५ रनमा पुर्‍याएको थियो ।

फाइनलअघि मिलान्थाको २ सय ६ रन थियो । फाइनलमा ४९ बलमा ८७ रन बनाएपछि मिलान्था २ सय ९३ रनसहित एनपीएलको सर्वाधिक रनकर्ता बनेका हुन् । मिलान्थाले एनपीएलको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ५३ बलमा अविजित ७५ रन बनाएका थिए । मिलान्थाले १३० माथिको स्ट्राइक रेटमा सो रन बनाएका हुन् ।

फाइनलमा निशमले ४ रनमात्र बनाउन सके र उनको कुल स्कोर २ सय ४७ रन पुगेको थियो ।

ललित र कुग्लेन उच्च विकेटकर्ता

जनकपुर बोल्ट्सकै ललित राजवंशी र सुदूरपश्चिमका स्कट कुग्लेन समान १७ विकेटसहित एनपीएलको पहिलो सिजनमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । फाइनलअघि दुवैको समान १६ विकेट रहेको थियो ।

सुदूरपश्चिमले फाइनलमा आक्रामक सुरुआत गर्दै २ ओभरमा २८ रन जोडेपछि ललित जनकपुरको आक्रामण मोर्चा सम्हाल्न आइपुगेका थिए । आफ्नो पहिलो ओभरमा ४ रनमात्र खर्चेका उनले पाँचौं ओभरमा मेडन फालेर सुदूरपश्चिमको रनमा अंकुश लगाएका थिए ।

१३ औं ओभरमा आफ्नो तेस्रो ओभर लिएर आएका ललितले सो ओभरको दोस्रो बलमा विनोद भण्डारीलाई ४१ रनमा बोल्ड गरेका थिए । उनले आफ्नो पहिलो ३ ओभरमा ८ रनमात्र खर्चेका थिए । १७ औं ओभरमा आफ्नो चौथो ओभरमा केवल ७ रनमात्र खर्चेका ललितले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर १ विकेट लिए ।

कुग्लेनको प्रदर्शन त्यसको विपरीत रहेको थियो । उनको पहिलो दुई ओभरमा जनकपुरले २८ रन प्रहार गरेको थियो । १७ औं ओभरमा कुग्लेनले लाहिरु मिलान्थाको विकेट लिए पनि जनकपुर त्यत्तिखेर विजयको नजिक पुगिसकेको थियो । तर उनले सो ओभरमा दुई वाइड चौकासहित १५ रन खर्चन पुगेका थिए ।

औषतमा ललितभन्दा कुग्लेन अगाडि रहे । कुग्लेनले ९ खेलमा १२.३५ को औषत र ललितले १० खेलमा १२.५२ को औषतमा विकेट लिएका हुन् । चितवन राइनोजका सोहेल तनवीर र जनकपुरका किशोर महताले समान १४, कर्णाली याक्सका विपिन शर्मा र चितवनका रिजन ढकालले समान १३ तथा सुदूरपश्चिमका सैफ जैब, काठमान्डु गुर्खाजका करण केसी र जनकपुरमा मोहम्मद मोहसिनले समान १२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...