मुख्य समाचार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी

— अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली संघ (इयु) लाई तेल र ग्यास खरिदमार्फत वासिङ्टनसँगको ‘विशाल’ व्यापार घाटा नघटाए भन्सार महसुल लगाउने धम्की दिएका छन् ।




'मैले इयुलाई उनीहरूले हाम्रो तेल र ग्यासको ठूलो मात्रामा खरिद गरेर संयुक्त राज्य अमेरिकासँगको आफ्नो विशाल घाटालाई पूरा गर्नुपर्दछ भनेको छु', ट्रम्पले शुक्रबार बिहान आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा भने, 'अन्यथा पूरै भन्सार महसुल लगाइनेछ ।'


अमेरिकी तथ्यांकअनुसार सन् २०२२ मा इयुबाट पाँच खर्ब ५३ अर्ब ३० करोड डलरको सामान आयात भएको थियो भने युरोपेली संघमा यसको निर्यात तीन खर्ब ५० अर्ब ८० करोड डलर थियो । यसले त्यस वर्ष इयुसँग अमेरिकाको वस्तु व्यापार घाटा दुई खर्ब दुई अर्ब ५० करोड डलर पुर्‍याएको छ ।

इयु प्रमुख उर्सुला भोन डेर लेयनले नोभेम्बरमा ट्रम्पलाई रुसी ऊर्जाको विकल्पका रूपमा अमेरिकाले थप तरलीकृत प्राकृतिक ग्यास आपूर्ति गर्नसक्ने सुझाव दिएका थिए ।

शुक्रबार ट्रम्पको धम्कीबारे प्रश्नको जवाफ दिँदै इयुका प्रवक्ताले अमेरिकाले पनि ‘इयुसँग पर्याप्त सेवा व्यापार बचत’ गरेको उल्लेख गर्दै २७ राष्ट्रको समूह वार्ताका लागि खुला रहेको बताए ।

'ऊर्जा क्षेत्रमा हाम्रो साझा चासोका बारेमा छलफल गरी पहिले नै बलियो सम्बन्धलाई कसरी अझ सुदृढ पार्न सकिन्छ भनेर राष्ट्रपतिमा निर्वाचित ट्रम्पसँग छलफल गर्न हामी तयार छौँ', इयुका प्रवक्ता ओलोफ गिलले पत्रकार सम्मेलनमा भने ।

जनवरीमा पदभार ग्रहण गर्ने ट्रम्पले क्यानाडा, मेक्सिको र चीनलगायत अमेरिकी व्यापारिक साझेदारहरूमाथि भन्सार महसुल लगाउने धम्की दिएका छन् । यसले विश्वव्यापी अर्थतन्त्रमा तरङ्ग ल्याउन सक्छ ।




क्यानाडा र मेक्सिकोलाई संयुक्त राज्य अमेरिकामा अवैध लागुपदार्थ र कागजातविहीन आप्रवासीहरूको बाढी ल्याउन दिएको आरोप लगाउँदै उहाँले २५ प्रतिशत आयात शुल्क लगाउने धम्की दिएका थिए । उनले वासिङ्टनको एशिया–प्रशान्त प्रतिद्वन्द्वी चीन विरुद्ध कम्तीमा १० प्रतिशत लगाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस महिनाको सुरुमा इयुले चार दक्षिण अमेरिकी देशहरू अर्जेन्टिना, ब्राजिल, पाराग्वे र उरुग्वेसँग एक विशाल व्यापार सम्झौता सम्पन्न गर्यो । सम्झौताले ७० करोड ग्राहक भएको मुक्त व्यापार क्षेत्र सिर्जना गर्ने लक्ष्य राखेको छ ।

भोन डेर लेयनले सम्झौताले व्यापार पुलहरू निर्माण गर्ने बताउनुभएको थियो । उहाँका अनुसार ‘विपरीत दिशामा एकान्तता र विखण्डनतर्फ बलियो हावाहरू बगिरहेका छन् ।’ यी टिप्पणीलाई मुख्यतया ट्रम्पको भन्सार महसुल बढाउने धम्कीतर्फको सङ्केतका रूपमा हेरिएको छ ।

केही विश्लेषकले ट्रम्पको भन्सार महसुलको धम्की मात्र हुनसक्ने वा उहाँ ह्वाइट हाउसमा आएपछि भविष्यको व्यापार वार्तामा लाभ लिने प्रारम्भिक चाल हुनसक्ने बताएका छन् । तथापि ट्रम्पले ‘उचित रूपमा प्रयोग गरिएको’ भन्सार महसुल अमेरिकी अर्थतन्त्रका लागि सकारात्मक हुने कुरामा निरन्तर जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम