मुख्य समाचार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी

— अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली संघ (इयु) लाई तेल र ग्यास खरिदमार्फत वासिङ्टनसँगको ‘विशाल’ व्यापार घाटा नघटाए भन्सार महसुल लगाउने धम्की दिएका छन् ।




'मैले इयुलाई उनीहरूले हाम्रो तेल र ग्यासको ठूलो मात्रामा खरिद गरेर संयुक्त राज्य अमेरिकासँगको आफ्नो विशाल घाटालाई पूरा गर्नुपर्दछ भनेको छु', ट्रम्पले शुक्रबार बिहान आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा भने, 'अन्यथा पूरै भन्सार महसुल लगाइनेछ ।'


अमेरिकी तथ्यांकअनुसार सन् २०२२ मा इयुबाट पाँच खर्ब ५३ अर्ब ३० करोड डलरको सामान आयात भएको थियो भने युरोपेली संघमा यसको निर्यात तीन खर्ब ५० अर्ब ८० करोड डलर थियो । यसले त्यस वर्ष इयुसँग अमेरिकाको वस्तु व्यापार घाटा दुई खर्ब दुई अर्ब ५० करोड डलर पुर्‍याएको छ ।

इयु प्रमुख उर्सुला भोन डेर लेयनले नोभेम्बरमा ट्रम्पलाई रुसी ऊर्जाको विकल्पका रूपमा अमेरिकाले थप तरलीकृत प्राकृतिक ग्यास आपूर्ति गर्नसक्ने सुझाव दिएका थिए ।

शुक्रबार ट्रम्पको धम्कीबारे प्रश्नको जवाफ दिँदै इयुका प्रवक्ताले अमेरिकाले पनि ‘इयुसँग पर्याप्त सेवा व्यापार बचत’ गरेको उल्लेख गर्दै २७ राष्ट्रको समूह वार्ताका लागि खुला रहेको बताए ।

'ऊर्जा क्षेत्रमा हाम्रो साझा चासोका बारेमा छलफल गरी पहिले नै बलियो सम्बन्धलाई कसरी अझ सुदृढ पार्न सकिन्छ भनेर राष्ट्रपतिमा निर्वाचित ट्रम्पसँग छलफल गर्न हामी तयार छौँ', इयुका प्रवक्ता ओलोफ गिलले पत्रकार सम्मेलनमा भने ।

जनवरीमा पदभार ग्रहण गर्ने ट्रम्पले क्यानाडा, मेक्सिको र चीनलगायत अमेरिकी व्यापारिक साझेदारहरूमाथि भन्सार महसुल लगाउने धम्की दिएका छन् । यसले विश्वव्यापी अर्थतन्त्रमा तरङ्ग ल्याउन सक्छ ।




क्यानाडा र मेक्सिकोलाई संयुक्त राज्य अमेरिकामा अवैध लागुपदार्थ र कागजातविहीन आप्रवासीहरूको बाढी ल्याउन दिएको आरोप लगाउँदै उहाँले २५ प्रतिशत आयात शुल्क लगाउने धम्की दिएका थिए । उनले वासिङ्टनको एशिया–प्रशान्त प्रतिद्वन्द्वी चीन विरुद्ध कम्तीमा १० प्रतिशत लगाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस महिनाको सुरुमा इयुले चार दक्षिण अमेरिकी देशहरू अर्जेन्टिना, ब्राजिल, पाराग्वे र उरुग्वेसँग एक विशाल व्यापार सम्झौता सम्पन्न गर्यो । सम्झौताले ७० करोड ग्राहक भएको मुक्त व्यापार क्षेत्र सिर्जना गर्ने लक्ष्य राखेको छ ।

भोन डेर लेयनले सम्झौताले व्यापार पुलहरू निर्माण गर्ने बताउनुभएको थियो । उहाँका अनुसार ‘विपरीत दिशामा एकान्तता र विखण्डनतर्फ बलियो हावाहरू बगिरहेका छन् ।’ यी टिप्पणीलाई मुख्यतया ट्रम्पको भन्सार महसुल बढाउने धम्कीतर्फको सङ्केतका रूपमा हेरिएको छ ।

केही विश्लेषकले ट्रम्पको भन्सार महसुलको धम्की मात्र हुनसक्ने वा उहाँ ह्वाइट हाउसमा आएपछि भविष्यको व्यापार वार्तामा लाभ लिने प्रारम्भिक चाल हुनसक्ने बताएका छन् । तथापि ट्रम्पले ‘उचित रूपमा प्रयोग गरिएको’ भन्सार महसुल अमेरिकी अर्थतन्त्रका लागि सकारात्मक हुने कुरामा निरन्तर जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...