मुख्य समाचार
प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी गरे
प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी गरे

। प्रधानमन्त्री केपी शर्मा ओलीको इन्डोस्कोपी गरिएको छ । बिहीबार बिहान साढे ९ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री ओलीको इन्डोस्कोपी गरिएको हो । प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले नियमित स्वास्थ्य जाँचको क्रममा इन्डोस्कोपी गरिएको बताइन् ।

‘समस्या भएर होइन नियमित परीक्षण हो । मिर्गौला प्रत्यारोपण अगाडि इन्डोस्कोपी गरिएको थियो’ डा. शाहले अनलाइनखबरसँग भनिन्, ‘इन्डोस्कोपी परीक्षणमा कुनै समस्या देखिएन ।’




शरीरमा घाउ नपारी शरीरको भित्री भाग परीक्षण गर्ने प्रक्रिया नै इन्डोस्कोपी हो । जसमा शरीरको भित्री भागको अवस्था नजिकबाट हेर्न इन्डोस्कोप (उपकरण) प्रयोग गरिन्छ । यो उपकरणमा लामो, पातलो लचिलो ट्युब हुन्छ । उक्त ट्युबमा प्रकाश र क्यामेरा जडान हुन्छ । यसलाई मुखबाट छिराएर खाद्यनली, पेटलगायतमा के भएको छ भनी प्रष्ट रुपमा मोनिटरमा हेर्न सकिन्छ ।

‘उहाँ बिहान ९ बजे आउनु भएको थियो । केहीबेरमा जाँच गरेर फर्किनुभयो’ डा. शाहले भनिन् ।



इन्डोस्कोपी गरेपछि प्रधानमन्त्री ओली बिहीबार दिनभर बालुवाटारमै आराम गरेर बसेका छन् । बिहीबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको थियो । यस्तै नास्टको पूर्वनिर्धारित कार्यक्रममा समेत उनी सहभागी भएनन् ।

इन्डोस्कोपी गर्दा अस्पतालमा डा शाहसँगै डा. राजीव पाठक, डा. सुवास आचार्य लगायतको टोली संलग्न थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दक्षिण अफ्रिकाविरुद्ध विराट कोहलीले बनाए शतक
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि धनकुटा र ओखलढुंगामा भएको निर्वाचन केन्द्रले बदर
एरिक भ्याली र क्याराभान फिल्मबारे १० तथ्य
अर्थतन्त्रको सबलीकरण र सुशासन
। नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरूको समूहले संस्थापन पक्षका केन्द्रीय सदस्यहरूसँग महाधिवेशनबारे छलफल गरेको छ । करिब ७५ जना संस्थापन पक्षका केन्द्रीय सदस्यसहित मंगलबार भएको छलफलमा पूर्व पदाधिकारीहरूमध्येबाट एक जना सभापतिको उम्मेदवार बन्न आग्रह गरिएको छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, सभापतिका लागि एक जनाको नाममा सहमति जुटाएर छिटोभन्दा छिटो सहमतिमा पुग्न आग्रह गरिएको हो । मंगलबारको ...