मुख्य समाचार
कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा
कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा

: कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ। टियु क्रिकेट मैदानमा कर्णालीलाई २ विकेटले हराउँदै जनकपुर फाइनलमा पुगेको हो।

यससँगै जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिमसँग भेट पक्का गरेको हो। चितवन राइनोजलाई २१ रनले एलिमिनेटरमा पराजित गर्दै कर्णाली दोस्रो क्वालिफार्यस प्रवेश गरेको थियो।

जनकपुर भने पहिलो क्वालिफार्यसमा सुदूरपश्चिमसँग ८ विकेटले हार बेहोरेको थियो। जनकपुरले फाइनल पुग्न यो दोस्रो मौका पाएको थियो। टियु क्रिकेट मैदानमा कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाए । उनले १७ बलमा २ चौका र ५ छक्का प्रहार गरे । उनलाई विपिन शर्माले १५.३ ओभरमा बोल्ड गरे।


ओपनर शुभ कन्साकर ३ र आसिफ शेख ४ रनमा क्याच भए। तेस्रो विकेट लाहिरु मिलान्था २ रनमा क्याच हुँदा जनकपुरको ब्याटिङ धरापमा परेको हो।
पावरप्लेमा जनकपुरले २ विकेट गुमाउँदै २६ रन मात्रै जोडेको हो। चौथो विकेट ९.६ ओभरमा आकाश त्रिपाठीको विकेट गयो। उनलाई जिसन मक्सुदको बलमा वाल्टनबाट स्टम्पिङ भए। उनले २० बलमा १ चौकासहित १३ रन बनाए।

छैटौं विकेटको रुपमा जेम्स निसम आउट भएपछि पुन ब्याटिङमा समस्या देखिएको जनकपुरका लागि १८.२ ओभरमा शेर मल्लले नन्दन यादवलाई छक्का प्रहार गर्दै खेलमा जनकपुरलाई फर्काए। उनी १० बलमा १ छक्कासहित १६ रनमा अविजित रहे। त्यस्तै, किशोर महतो शुन्यमा अविजित रहे।

कर्णालीका लागि विपिन शर्माले सर्वाधिक ३ विकेट लिए। सोमपाल कामी, विलियम वासिस्टो र जिसन मक्सुदले समान १र१ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको कर्णाली याक्सका लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाए। ओपनर देव खनालले २४ रन बनाएर क्याच भए । जिसन मक्सुद १२ रन विलियम वासिस्टो १४ रन र चाड्विक वाल्टनले ११ रन बनाए।

युनिस विक्रम शाहीले १२ रन बनाउँदा अन्य कुनै ब्याटरले दोहोरो अंक बनाउन सकेनन्। जनकपुरका लागि ललित राजवंशी, जेम्स निसम र मोहम्मद मोसिनले समान २/२ विकेट लिए। शेर मल्ल र हर्ष थाकरले समान १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...