मुख्य समाचार
कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा
कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा

: कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ। टियु क्रिकेट मैदानमा कर्णालीलाई २ विकेटले हराउँदै जनकपुर फाइनलमा पुगेको हो।

यससँगै जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिमसँग भेट पक्का गरेको हो। चितवन राइनोजलाई २१ रनले एलिमिनेटरमा पराजित गर्दै कर्णाली दोस्रो क्वालिफार्यस प्रवेश गरेको थियो।

जनकपुर भने पहिलो क्वालिफार्यसमा सुदूरपश्चिमसँग ८ विकेटले हार बेहोरेको थियो। जनकपुरले फाइनल पुग्न यो दोस्रो मौका पाएको थियो। टियु क्रिकेट मैदानमा कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाए । उनले १७ बलमा २ चौका र ५ छक्का प्रहार गरे । उनलाई विपिन शर्माले १५.३ ओभरमा बोल्ड गरे।


ओपनर शुभ कन्साकर ३ र आसिफ शेख ४ रनमा क्याच भए। तेस्रो विकेट लाहिरु मिलान्था २ रनमा क्याच हुँदा जनकपुरको ब्याटिङ धरापमा परेको हो।
पावरप्लेमा जनकपुरले २ विकेट गुमाउँदै २६ रन मात्रै जोडेको हो। चौथो विकेट ९.६ ओभरमा आकाश त्रिपाठीको विकेट गयो। उनलाई जिसन मक्सुदको बलमा वाल्टनबाट स्टम्पिङ भए। उनले २० बलमा १ चौकासहित १३ रन बनाए।

छैटौं विकेटको रुपमा जेम्स निसम आउट भएपछि पुन ब्याटिङमा समस्या देखिएको जनकपुरका लागि १८.२ ओभरमा शेर मल्लले नन्दन यादवलाई छक्का प्रहार गर्दै खेलमा जनकपुरलाई फर्काए। उनी १० बलमा १ छक्कासहित १६ रनमा अविजित रहे। त्यस्तै, किशोर महतो शुन्यमा अविजित रहे।

कर्णालीका लागि विपिन शर्माले सर्वाधिक ३ विकेट लिए। सोमपाल कामी, विलियम वासिस्टो र जिसन मक्सुदले समान १र१ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको कर्णाली याक्सका लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाए। ओपनर देव खनालले २४ रन बनाएर क्याच भए । जिसन मक्सुद १२ रन विलियम वासिस्टो १४ रन र चाड्विक वाल्टनले ११ रन बनाए।

युनिस विक्रम शाहीले १२ रन बनाउँदा अन्य कुनै ब्याटरले दोहोरो अंक बनाउन सकेनन्। जनकपुरका लागि ललित राजवंशी, जेम्स निसम र मोहम्मद मोसिनले समान २/२ विकेट लिए। शेर मल्ल र हर्ष थाकरले समान १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...