मुख्य समाचार
जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

: जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ। टियु क्रिकेट मैदानमा बुधबार जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनल पुग्ने पहिलो टोली बनेको हो।

हारसँगै जनकपुरले दोस्रो क्वालिफारमा कर्णाली याक्ससँगको भेट पक्का गरेको छ। जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो।



सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ५८ रन बनाउँदै अविजित रहे। उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। दीपेन्द्र सिंह ऐरी १६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २० रनमा अविजित रहे।

पहिलो विकेटको लागि ओपनरद्वय विनोद भण्डारी र सैफ जैबले ५६ रनको साझेदारी गरेका थिए। दोस्रो विकेटको रूपमा ब्रान्डन म्याकमुलेनको विकेट गयो। उनले १९ बलमा १ चौका र १ छक्का सहति २५ रन बनाएर ललित राजवंशीको बलमा निसमको हातमा क्याच भए। उनले दोस्रो विकेटका लागि ओपनर विनोद भण्डारीसँग ५९ रनको साझेदारी गरे।
सुदूरपश्चिमले पहिलो विकेटको रूपमा ओपनर सैफ जैबलाई गुमायो। उनले २१ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाउँदै किशोर महतोको बलमा जेम्स निसमबाट क्याच भए। जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले समान १/१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाए। ओपनर लाहिरु मिलान्थाले १२ रन बनाउँदा अर्का ओपनर आसिफले ११ रन बनाउँदै आउट भए। शुभ कंसाकर २६ रनमा रनआउट भए। हर्ष थाकर १२, अरनिको यादवले ११ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए। सैफ जैबले २ स्कट केग्गेलिन र अभिनाश बोहोराले समान १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...