मुख्य समाचार
जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

: जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ। टियु क्रिकेट मैदानमा बुधबार जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनल पुग्ने पहिलो टोली बनेको हो।

हारसँगै जनकपुरले दोस्रो क्वालिफारमा कर्णाली याक्ससँगको भेट पक्का गरेको छ। जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो।



सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ५८ रन बनाउँदै अविजित रहे। उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। दीपेन्द्र सिंह ऐरी १६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २० रनमा अविजित रहे।

पहिलो विकेटको लागि ओपनरद्वय विनोद भण्डारी र सैफ जैबले ५६ रनको साझेदारी गरेका थिए। दोस्रो विकेटको रूपमा ब्रान्डन म्याकमुलेनको विकेट गयो। उनले १९ बलमा १ चौका र १ छक्का सहति २५ रन बनाएर ललित राजवंशीको बलमा निसमको हातमा क्याच भए। उनले दोस्रो विकेटका लागि ओपनर विनोद भण्डारीसँग ५९ रनको साझेदारी गरे।
सुदूरपश्चिमले पहिलो विकेटको रूपमा ओपनर सैफ जैबलाई गुमायो। उनले २१ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाउँदै किशोर महतोको बलमा जेम्स निसमबाट क्याच भए। जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले समान १/१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाए। ओपनर लाहिरु मिलान्थाले १२ रन बनाउँदा अर्का ओपनर आसिफले ११ रन बनाउँदै आउट भए। शुभ कंसाकर २६ रनमा रनआउट भए। हर्ष थाकर १२, अरनिको यादवले ११ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए। सैफ जैबले २ स्कट केग्गेलिन र अभिनाश बोहोराले समान १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...