मुख्य समाचार
चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा
चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

: नेपाल प्रिमियर लिगमा कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। टियु क्रिकेट मैदानमा बुधबार चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो।

कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १५४ रनमात्रै बनाउँदा चितवन एलिमिनेटरबाट नै बाहिरिएको छ।



चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रन बनाए। उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै कप्तान कुशल मल्लले २१, विपिन रावलले १८, लक बेन्केस्टीनले १६ र सरद भेषावकरले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। कर्णालीका लागि जिसन मक्सुदले सर्वाधिक ३ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले २/२ विकेट लिँदा विपिन शर्माले १ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ओभरको खेलमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको हो। कर्णालीका लागि जयकिसन कोल्सावाला र विलियम वासिस्टो अर्धशतकीय पारी खेले। ओपनर कोल्सावालाले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। विलियम वासिस्टोले ३९ बलमा ३ चौका र २ छक्कासहित ५२ रन बनाउँदै सोहिल तान्भिरबाट पाँचौं विकेटको रूपमा पेभेलियन फर्किए।

कर्णालीले पहिलो विकेटका रूपमा रित गौतमलाई दोस्रो ओभरको पहिलो बलमा डक आउटको रूपमा गुमायो । दोस्रो विकेट ४.६ ओभरमा जिसन मक्सुदको गयो। मक्सुदले १२ बलमा १ चौकार १ छक्कासहित १४ रन बनाएर शरद भेषवाकरको बलमा रञ्जित कुमारबाट क्याच भए।

त्यस्तै तेस्रो विकेट जयकिसन कोल्सावालाको गयो। उनले ३९ बलमा ६ चौका र २ छक्कासहित ५३ रन बनाउँदै रवि बोपाराको बलमा शरद भेषवाकरको हातमा क्याच भए। चौथो कर्णालीका लागि गुल्सन झा डक आउट भए। पाँचौं विकेटका लागि विलियम वासिस्टो र चाड्विक वाल्टनले ६७ रनको साझेदारप् गर्दै कर्णालीको मिडल अर्डर बलियो बनाए।

त्यस्तै छैटौं विकेटका रूपमा देव खनाल रन आउट भए। चाड्विक वाल्टन ४६ रन र सोमपाल कामी शून्यमा अविजित रहे। चितवनका लागि सोहिल तनवीरले सर्वाधिक २ विकेट लिए। कुशल मल्ल, रवि बोपारा र शरद भेषवाकरले समान १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...