मुख्य समाचार
जापान अध्यागमनको निसानामा किन पर्दैछन् नेपाली? सातामै ७ जना निकालिए
जापान अध्यागमनको निसानामा किन पर्दैछन् नेपाली? सातामै ७ जना निकालिए

: पछिल्लो समय जापान जाने नेपालीहरूको संख्या बढ्दै गएको छ। विद्यार्थी भिसा होस् वा वर्किङ भिसामै किन नहोस्, जापान जानेको संख्या बढ्दो छ। जापान पठाउन एजुकेसन कन्सल्टेन्सी, मेनपावरलगायतका एजेन्सीहरू सक्रिय छन्।

कम्तीमा १३ लाख तिरेर जापान पुग्ने गरेका छन् नेपालीहरू। तर, त्यहाँ पुगेपछि मात्रै उनीहरूलाई थाहा हुन्छ कि सोचेजस्तो होइन रहेछ जापान। आम्दानी कम र परिवारको दबाब बढेपछि त्यहाँ पुगेका नेपालीहरू अवैध ढंगले काम गर्न बाध्य हुन्छन्।

जापानले अध्यागमन कानुनलाई निकै बलियो बनाएको छ। विद्यार्थीहरूलाई सीमित घन्टामात्र काम गर्न तोकिदिएको छ। वर्किङ भिसामा गएकाहरूको समेत आम्दानी राम्रो छैन। जापानको राजधानी टोक्यो संसारकै महँगोमध्येको सहर हो। पारिवारिक अभाव पूरा गर्न अवैधरूपमा काम गरेपछि त्यहाँ उनीहरू अध्यागमन प्रहरीको निसानामा पर्छन्।

जापानको अध्यागमन कानुन उल्लंघन गरेर निष्कासनमा पर्ने नेपालीहरूको संख्या पनि बढिरहेको छ। गत सातामात्रै जापानको अध्यागमनले ७ जना नेपालीलाई निष्कासन गरेको छ। कानुन विपरीत जापानमा रहेका उनीहरूलाई निष्कासन गरी नेपाल पठाइएको हो। विगत २० वर्षदेखि टोक्योमा बस्दै आएका एक नेपालीका अनुसार अहिले पनि केही नेपालीहरू जापानको अध्यागमन प्रहरीको नियन्त्रणमा छन्। 'उनीहरूलाई अध्यागमन अधिकारीहरूले निष्कासन गर्ने तयारी गरिरहेको छ,' अन्नपूर्णसँग उनले भने।

निष्कासनमा पर्नेहरूमा साबित्री खड्का तिरुवा, सुशन गिरी, गीता विक, बुद्धिकुमारी विक, उरुसल तामाङ लामा, मधुकर विष्ट र मनोहर ढुंगेल रहेका छन्। उनीहरू थाइ एयरवेयजको जहाजबाट काठमाडौं आइपुगेका हुन्।

अध्यागमन कानुन उल्लंघन गरेको आरोप उनीहरू निष्कासनमा परेको भनिए पनि कानुनबारे केही नखुलेको स्रोतको भनाइ छ। 'अध्यागमन कानुन विपरीत पाइएपछि उनीहरूलाई निष्कासन गरेको भन्ने छ। तर, कानुनबारे प्रस्ट भनिएको छैन,' स्रोतले अन्नपूर्णसँग भन्यो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत डडेल्धुराको फैसलाले लागुऔषध मुद्दामा ८ दिन कैद, १० हजार ४०० रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोक बस्ने २२ वर्षीय आयुष सिजापती रहेका छन् । उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ । प्रहरीका ...
। जापानको ‘स्की’ रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ । गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ । नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई ...
— जापानको उत्तरपूर्वी क्षेत्रमा सोबार राति गएको ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तिमा ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो । यसको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा करिब ८० किलोमिटर टाढा जमिनभन्दा ५० ...
: नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा सम्झौतामा हस्ताक्षर भएको हो। जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ)बराबरको ऋण सहायता उपलब्ध गराएको हो। जाइकामार्फत् प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, ...
। सरकारले जापानमा प्राविधिक अभ्यासार्थी कामदार पठाउने निर्देशिका २०६६ खारेजीको तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त निर्देशिका खारेजीको तयारी गरेको हो । त्यस विषयमा अध्ययन गर्न मन्त्रालयका सहसचिव तथा प्रवक्ता पिताम्बर घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले दिएको सुझावका आधारमा अघि बढ्ने तयारी मन्त्रालयले गरेको हो । मन्त्रालयले २०६६ सालमा ...