मुख्य समाचार
भिनिसियस जुनियनरलाई फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड प्रदान
भिनिसियस जुनियनरलाई फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड प्रदान

— रियल म्याड्रिडका फरवार्ड भिनिसियस जुनियनरलाई मंगलबार दोहामा आयोजित कार्यक्रमबीच फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड प्रदान गरिएको छ । महिलातर्फ बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमतीले यो अवार्ड जितिन् ।


विवादास्पद रूपमा बेलन डे’अर अवार्ड जित्न असफल रहेको दुई महिनापछि २४ वर्षीय भिनिसियसले यसपल्ट यो सफलता चुमेका हुन् । त्यति बेला म्यानचेस्टर सिटीका रोड्रिले बेलन डे’अर जितेका थिए । रियल र भिनिसियसले त्यो कार्यक्रम नै बहिस्कार गरेको थियो ।

अवार्ड पाएपछि ब्राजिली खेलाडीले भने, ‘सबैलाई धेरै धन्यवाद । म निकै गरिब परिवारमा हुर्केको हुँ । मेरो समाजमा हिंसा अत्याधिक थियो । त्यस्तो परिस्थितिबाट अगाडि आएका सबैलाई यो अवार्ड समर्पित गर्न चाहन्छु ।’

अर्जेन्टिनाका लियोनल मेसीले यस अघिका दुई संस्करणका फिफा अवार्ड जितेका थिए । गत सिजन भिनिसियसले रियलका लागि सबै प्रतियोगिताका ३९ खेलमा २४ गोल गरे । यस्तै ११ गोलको सहयोगीको भूमिका पनि निभाए ।

त्यसक्रममा भिनिसियसले रियलका लागि स्पेनी ला लिगा र युरोपली च्याम्पियन्स लिग पनि जितेका थिए । महिलातर्फ भने २६ वर्षीया बोनमटीले लगातार दोस्रो वर्ष यो अवार्ड प्राप्त गरिन् ।

म्यानचेस्टर युनाइटेडका अर्जेन्टिनी फरवार्ड एलेजान्ड्रो गारन्चोले उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड जिते । उनले प्रिमियर लिगमा एभरटनविरुद्ध बाइसाइकल किकबाट गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...