मुख्य समाचार
गौतमबुद्ध क्रिकेट रंगशाला ६ महिनामा १३ प्रतिशत काम
गौतमबुद्ध क्रिकेट रंगशाला ६ महिनामा १३ प्रतिशत काम

— देशमा क्रिकेट माहोल ह्वात्तै बढेको छ । राजधानीमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा क्रिकेटप्रेमीहरू झुम्मिएका छन् । क्रिकेटको यो सुखद माहोलमा खड्किने विषय हो स्तरीय रंगशालाको अभाव । चितवन भरतपुरमा निकै चर्चाका साथ बन्न सुरु भएको गौतम बुद्ध क्रिकेट रंगशालाको अवस्था अहिले के होला ? सोमबार मध्यान्ह त्यहाँ पुग्दा कामदारहरू खान खाएपछि काममा जुट्न सुरु गर्दै थिए ।





‘अहिले १३ प्रतिशत काम भएको छ,’ परियोजनाको स्ट्रक्चरल इन्जिनियर रञ्जित साहले भने । निर्माण व्यवसायीसँग गत असार २३ मा ३० महिनाभित्र काम सक्ने गरेर सम्झौता भएको थियो । सम्झौताको ६ महिना पूरा हुँदा भएको प्रगति सन्तोषजनक नै रहेको इन्जिनियर साहले सुनाए । ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा रंगशाला निर्माणको काम भइरहेको छ ।

यो लागतभित्र १६ हजार दर्शक अटाउने प्यारापिट, मैदान र दुइटा टावर बन्नेछन् । एउटा टावरमा विशिष्ट व्यक्ति र मिडियाका लागि हुनेछ । अर्को टावर खेलाडी, प्रशिक्षक र त्यससँग सम्बन्धित व्यक्तिहरू बस्न प्रयोग गरिने साहले बताए । अहिले प्यारापिट ढलानका लागि तयारी सुरु भएको छ । निर्माण कम्पनीका तर्फबाट प्रोजेक्ट म्यानेजर वीरेन्दकुमार यादवले समयमै काम सक्ने गरेर अगाडि बढिरहेको बताए ।

‘सम्झौताको ३० महिनाभित्र सक्ने भन्ने हो । अहिले १५० देखि १७५ कामदारले काम गरिरहेका छन् । काम अगाडि बढेसँगै कामदारहरू पनि थपिँदै जानेछन् । अहिले एक सिफ्टमा मात्रै काम भइरहेको छ । पछि दुई सिफ्टमा पनि गरिने छ,’ यादवले भने । भरतपुर महानगरपालिकाको नेतृत्वमा प्रदेश र संघीय सरकारको सहयोगमा रंगशाला निर्माणको काम भइरहेको हो ।

२०७५ सालको माघ १६ गते चितवन रामपुरमा क्रिकेट रंगशाला बनाउने विषयमा काठमाडौंमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । रामपुरमा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तर कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपयोग गर्दै आएको २० विघा जमिनमा रंगशाला बन्दै छ । भरतपुर महानगरपालिकाले धुर्मुस–सुन्तली फाउन्डेशनसँग सहमति गरेर रंगशाला बनाउन लागेको थियो ।

जग्गा उपलब्ध गराएपछि फाउन्डेशनले देश विदेशका नेपालीसँग सहयोग जुटाएर करिब तीन अर्ब रुपैयाँको लागतमा दुई वर्षभित्रै रंगशाला बनाउने उद्घोष गरेको थियो । तर, सहयोग जुट्न सकस भएपछि फाउन्डेशनले २०७८ साल भदौदेखि काम बन्द गर्‍यो । सोही वर्षको पुस २ मा रंगशालाको स्वामित्व लिन फाउन्डेशनले महानगरलाई पत्र लेखेको थियो ।


काम सुरु गरेको वर्ष दिन नहुँदै विश्व नै प्रभावित हुने गरेर कोरोना महामारीको संक्रमण सुरु भयो । सोचेअनुरुप सहयोग नजुटेको, ५७ करोड १२ लाख रुपैयाँबराबरको काम हुँदा उधारोमा १८ करोड ४३ लाख रुपैयाँ रहेको भन्दै फाउन्डेशन रंगशाला निर्माणबाट अलग भयो । जुन ऋण अझै चुक्ता भएको छैन । गत वर्ष कात्तिक २१ मा महानगरपालिकाले वाग्मती प्रदेश सरकारसँग मिलेर रंगशाला निर्माणको काम पूरा गर्ने सहमति गर्‍यो ।

प्रदेश सरकार र महानगरबीच सहमति भएपछि गत वर्ष कात्तिक २३ मा संघीय सरकारले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गर्‍यो । त्यसपछि विभिन्न प्रक्रिया पूरा गर्दै निर्माण कम्पनीसँग गत असारमा सम्झौता भएर काम अघि बढेको हो । फाउन्डेशनले रंगशालाको पिलर, प्यारापिट र मैदान निर्माणको काम सुरु गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...