मुख्य समाचार
गौतमबुद्ध क्रिकेट रंगशाला ६ महिनामा १३ प्रतिशत काम
गौतमबुद्ध क्रिकेट रंगशाला ६ महिनामा १३ प्रतिशत काम

— देशमा क्रिकेट माहोल ह्वात्तै बढेको छ । राजधानीमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा क्रिकेटप्रेमीहरू झुम्मिएका छन् । क्रिकेटको यो सुखद माहोलमा खड्किने विषय हो स्तरीय रंगशालाको अभाव । चितवन भरतपुरमा निकै चर्चाका साथ बन्न सुरु भएको गौतम बुद्ध क्रिकेट रंगशालाको अवस्था अहिले के होला ? सोमबार मध्यान्ह त्यहाँ पुग्दा कामदारहरू खान खाएपछि काममा जुट्न सुरु गर्दै थिए ।





‘अहिले १३ प्रतिशत काम भएको छ,’ परियोजनाको स्ट्रक्चरल इन्जिनियर रञ्जित साहले भने । निर्माण व्यवसायीसँग गत असार २३ मा ३० महिनाभित्र काम सक्ने गरेर सम्झौता भएको थियो । सम्झौताको ६ महिना पूरा हुँदा भएको प्रगति सन्तोषजनक नै रहेको इन्जिनियर साहले सुनाए । ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा रंगशाला निर्माणको काम भइरहेको छ ।

यो लागतभित्र १६ हजार दर्शक अटाउने प्यारापिट, मैदान र दुइटा टावर बन्नेछन् । एउटा टावरमा विशिष्ट व्यक्ति र मिडियाका लागि हुनेछ । अर्को टावर खेलाडी, प्रशिक्षक र त्यससँग सम्बन्धित व्यक्तिहरू बस्न प्रयोग गरिने साहले बताए । अहिले प्यारापिट ढलानका लागि तयारी सुरु भएको छ । निर्माण कम्पनीका तर्फबाट प्रोजेक्ट म्यानेजर वीरेन्दकुमार यादवले समयमै काम सक्ने गरेर अगाडि बढिरहेको बताए ।

‘सम्झौताको ३० महिनाभित्र सक्ने भन्ने हो । अहिले १५० देखि १७५ कामदारले काम गरिरहेका छन् । काम अगाडि बढेसँगै कामदारहरू पनि थपिँदै जानेछन् । अहिले एक सिफ्टमा मात्रै काम भइरहेको छ । पछि दुई सिफ्टमा पनि गरिने छ,’ यादवले भने । भरतपुर महानगरपालिकाको नेतृत्वमा प्रदेश र संघीय सरकारको सहयोगमा रंगशाला निर्माणको काम भइरहेको हो ।

२०७५ सालको माघ १६ गते चितवन रामपुरमा क्रिकेट रंगशाला बनाउने विषयमा काठमाडौंमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । रामपुरमा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तर कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपयोग गर्दै आएको २० विघा जमिनमा रंगशाला बन्दै छ । भरतपुर महानगरपालिकाले धुर्मुस–सुन्तली फाउन्डेशनसँग सहमति गरेर रंगशाला बनाउन लागेको थियो ।

जग्गा उपलब्ध गराएपछि फाउन्डेशनले देश विदेशका नेपालीसँग सहयोग जुटाएर करिब तीन अर्ब रुपैयाँको लागतमा दुई वर्षभित्रै रंगशाला बनाउने उद्घोष गरेको थियो । तर, सहयोग जुट्न सकस भएपछि फाउन्डेशनले २०७८ साल भदौदेखि काम बन्द गर्‍यो । सोही वर्षको पुस २ मा रंगशालाको स्वामित्व लिन फाउन्डेशनले महानगरलाई पत्र लेखेको थियो ।


काम सुरु गरेको वर्ष दिन नहुँदै विश्व नै प्रभावित हुने गरेर कोरोना महामारीको संक्रमण सुरु भयो । सोचेअनुरुप सहयोग नजुटेको, ५७ करोड १२ लाख रुपैयाँबराबरको काम हुँदा उधारोमा १८ करोड ४३ लाख रुपैयाँ रहेको भन्दै फाउन्डेशन रंगशाला निर्माणबाट अलग भयो । जुन ऋण अझै चुक्ता भएको छैन । गत वर्ष कात्तिक २१ मा महानगरपालिकाले वाग्मती प्रदेश सरकारसँग मिलेर रंगशाला निर्माणको काम पूरा गर्ने सहमति गर्‍यो ।

प्रदेश सरकार र महानगरबीच सहमति भएपछि गत वर्ष कात्तिक २३ मा संघीय सरकारले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गर्‍यो । त्यसपछि विभिन्न प्रक्रिया पूरा गर्दै निर्माण कम्पनीसँग गत असारमा सम्झौता भएर काम अघि बढेको हो । फाउन्डेशनले रंगशालाको पिलर, प्यारापिट र मैदान निर्माणको काम सुरु गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...