मुख्य समाचार
मायात टापुमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु
मायात टापुमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु

— मायात टापुमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ । अधिकारीहरूले एक हजार जना भन्दा बढीको ज्यान गएको आशंका गरेका छन् ।


९० वर्षयताकै शक्तिशाली चिदो आँधीले भीषण हावाहुरी ल्याएपछि मायातको जनजीवन अस्तव्यस्त बनेको हो । मडागास्कर र मोजाम्बिकबीच हिन्द महासागरमा अवस्थित मायातमा फ्रान्स प्रशासित टापु हो ।

२ सय २५ किलोमिटर गतिको हावाहुरीका कारण अस्पताल लगायतका कतिपय संरचना ध्वस्त भएका बताइएको छ । 'आँधीपछि कतिपय मानिसहरू भोक र तिर्खाले मर्न थालेका छन्,' एक सांसद्ले बीबीसीसँग भनेका छन् ।

उद्धारकर्ताहरूले बाँच्न सफल मानिसहरूको खोजी गरिरहेका र पिउने पानी, बिजुली तथा फोन लाइनहरू पुनर्स्थापित गर्न संघर्ष गरिरहेका जनाइएको छ । मुख्य अस्पताल र अन्य स्वास्थ्य केन्द्रहरू क्षतिग्रस्त भएका छन् ।
फ्रान्सले ३१ डिग्री सेल्सियस तापक्रममा खाना र पानीको अभावमा बासिन्दाहरूलाई मानवीय राहत प्रयास परिचालन गर्ने प्रयास गरिरहेको जनाएको छ । बीबीसीका अनुसार कतिपय स्थानमा फ्रान्सेली सेनाले प्रभावितहरूलाई सहयोग गरेको तथा भग्नावशेषहरू सफा गरिरहेको छ । फ्रान्सका आन्तरिक मन्त्री ब्रुनो रिटेललेउले आँधी प्रभावित मायातको भ्रमण गरेका छन् ।

मायातको राजधानी मामोद्जोउका मेयर अम्बदिलवाहेदोउ सौउमाइलाले चक्रवात चिदले सबै कुरा ध्वस्त पारेको बताएका छन् । 'अस्पताल प्रभावित भएको छ । विद्यालयहरू प्रभावित छन् । घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्,' उनले समाचार संस्था एएफपीसँग भनेका छन् ।




फ्रान्सेली गृह मन्त्रालयका अनुसार मायातमा एक लाख भन्दा बढी कागजातविहीन आप्रवासीहरू बस्दै आएका छन् । फ्रान्सको राजधानी पेरिसबाट करिब ८ हजार किलोमिटर टाढा पर्ने मायात फ्रान्सका अन्य क्षेत्र भन्दा गरिब छ र दशकौंदेखि सामूहिक हिंसा र सामाजिक अशान्तिको सामना गर्दै आएको छ ।

मायातका तीन चौथाइभन्दा बढी मानिसहरू फ्रान्सको गरिबीको रेखामुनि बस्छन् । मायातमा यसै वर्षको सुरूमा पनि पानीको अभावका कारण तनाव उत्पन्न भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...