मुख्य समाचार
झापा कपको क्वाटरफाइनलबाटै बाहिरियो आर्मी, सिराहाको सलहेश सेमिफाइनलमा
झापा कपको क्वाटरफाइनलबाटै बाहिरियो आर्मी, सिराहाको सलहेश सेमिफाइनलमा

: उपाधिको दाबेदार मानिएका विभागीय टोली त्रिभुवन आर्मी प्रथम झापा कप नकआउट फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी सिराहाको सलहेश युवा क्लबसँग स्तब्ध भएको छ। सलहेश युवा क्लबले आर्मीलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल गरे। खेलको १७ औँ मिनेटमा अभि लामाले गोल गर्दै सलहेशलाई १–० ले अग्रता दिलाए। मैदानको मध्य भागबाट लामाले गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाउ गर्न सकेनन्। कुथु लडेको अवस्थामा मैदानमा ड्रप भएर बलले जाली चुमेको थियो।


सलहेशको लागि दोस्रो गोल आदित्य शाक्यले खेलको २५ औ मिनेटमा गरे। आर्मीका दुईजना डिफेन्डरले क्लियर गर्न नसकेको बललाई शाक्यले गोलकिपर कुथुलाई बिट गर्दै सुन्दर गोल गरेका थिए। आर्मीले खेलमा बल पोजिसन राखे पनि स्कोर भने निकाल्न सकेन। खेलको २० औ मिनेटमा आर्मीका नीरज भुजेलले विपक्षी डिबक्समा पाएको बल सदुपयोग गर्न सकेनन्। खेल अनुशासन उल्लङ्घन गरेको भन्दै रेफ्री श्याम दनुवारले आर्मीका कप्तान भरत खवासलाई खेल सकिएपछि रातो कार्ड दिएका थिए।

खेलको प्लेयर अफ द म्याच सलहेशका अभि लामा घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए। मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल भारतको जिटिए दार्जिलिङ र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजक समितिले जनाएको छ।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...