मुख्य समाचार
इजरायलले सिरियाको तटीय सहर टार्टसमा हवाई आक्रमण
इजरायलले सिरियाको तटीय सहर टार्टसमा हवाई आक्रमण

। इजरायलले सिरियाको तटीय सहर टार्टसमा हवाई आक्रमण गरेको छ। उक्त आक्रमणमा टार्टसका सैन्य केन्द्रहरूलाई निशाना बनाइएको थियो ।

गोलीबारुद र हतियार भण्डार गरेको भनिएको त्यस स्थानमा इजरायलले आक्रमण गरेपछि ठूलो विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।




सिरियन वार मनिटरले इजरायलको यो आक्रमणलाई पछिल्लो दशकमा टार्टसमा भएको सबैभन्दा ठूलो आक्रमण भनेको छ। इजरायली फाइटर जेटहरूले एयर डिफेन्स युनिट र जमिनदेखि जमिनसम्म प्रहार गर्नसक्ने मिसाइलहरूको डिपोमा समेत निशाना बनाएका थिए ।

मिडिया रिपोर्टहरूका अनुसार शक्तिशाली विस्फोटपछि टार्टसमा ३.१ म्याग्निच्युडको भूकम्प महसुस गरिएको थियो। आक्रमणका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्।



रूसी कूटनीतिज्ञहरू फिर्ता

यसैबीच, रूसले सिरियामा जारी इजरायली आक्रमण र विद्रोही समूहको नियन्त्रणका कारण आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ।

रूसी विदेश मन्त्रालयका अनुसार एयरफोर्सको विशेष फ्लाइटमार्फत खमीमिम एयरपोर्टबाट दमास्कसमा रहेका केही रूसी कूटनीतिज्ञहरूलाई रूस फिर्ता लगिएको छ।

रूसी कूटनीतिज्ञहरूका साथै बेलारुस र उत्तर कोरियाका कूटनीतिज्ञहरूलाई पनि यसै विमानबाट फिर्ता लगिएको जनाइएको छ। तर, मन्त्रालयले दमास्कसमा रहेको दूतावासले टेलिग्रामको सहारामा अझै आफ्नो काम जारी राख्ने स्पष्ट पारेको छ।

यूएईको आलोचना
यसैबीच संयुक्त अरब एमिरेट्सले गोलान हाइट्समा नागरिकहरूको संख्या दोब्बर पार्ने इजरायली योजनाको निन्दा गरेको छ। यसअघि, इजरायलले आइतबार गोलान हाइट्समा नागरिक संख्या बढाएर दोब्बर बनाउने घोषणा गरेको थियो।

यसका लागि इजरायलका अन्य भागका नागरिकहरूलाई गोलान हाइट्समा राख्ने योजना सार्वजनिक गरिएको थियो । यूएईका साथै इरान र साउदी अरबले पनि इजरायलको यस कदमको आलोचना गरेका छन्।

इजरायलले गोलान हाइट्समा सन् १९६७ मा कब्जा जमाएको थियो। यो क्षेत्र यसअघि सिरियाको हिस्सा थियो, जसलाई ६ दिनसम्म चलेको युद्धपछि इजरायलले जितेको थियो।

सिरियाले यस क्षेत्रमा कब्जा हटाउन इजरायलसँग माग गरेको छ, तर इजरायलले सुरक्षा चिन्ता जनाउँदै यो माग अस्वीकार गरेको छ।

गोलान हाइट्समाथि इजरायली कब्जालाई सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मान्यता दिएका थिए।

यसअघि इस्लामी विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस) का नेता अबु मोहम्मद अल-जुलानीले सिरियामाथि गरिएको इजरायली आक्रमणको आलोचना गर्दै सिरिया युद्धबाट थाकिसकेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो । प्रतिबन्धले इजरायली शैक्षिक प्रतिष्ठानहरूमा बच्चाहरूलाई उनीहरूको फोनको पहुँचबाट रोक्ने विश्वास गरिएको छ। शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२६ फेब्रुअरी २ देखि प्राथमिक विद्यालयमा नयाँ नीति लागू हुनेछ, ...
। वाल्ट डिज्नीले ओपनएआईमा १ अर्ब डलर लगानी गर्ने भएको छ । साथै, उक्त स्टार्टअपको सोरा एआई भिडियो जेनेरेटरलाई स्टार वार्स, पिक्सार र मार्वल फ्रान्चाइजीका पात्रहरू प्रयोग गर्न अनुमति दिने भएको छ । यो सम्झौताले हलिउडको कन्टेन्ट क्रिएसन गर्ने तरिकालाई नयाँ आकार दिन सक्ने अनुमान गरिएको छ । बिहीबार घोषणा गरिएको यो ३ वर्षे साझेदारी हलिउडको जेनेरेटिभ ...
। अभिनेता राजेश हमालले कुनै पनि पेशामा आफ्नो उच्चतम परिचय बनाउनु आवश्यक रहेको बताएका छन् । इमान्दारिताको साथ काम गर्दा मात्र त्यो कुरा सम्भव हुने उनले औंल्याए । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘जिन्दगी र विज्ञापन’ सत्रमा उनले व्यक्तिगत परिचयलाई प्राथमिकता दिने नभइ कर्मलाई प्राथमिकता दिने व्यक्ति आवश्यक रहेको ...
: कम्बोडियासँग सीमा क्षेत्रमा एक सातादेखि जारी झडपपछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले संसद विघटन गरेका छन्। संसद विघटनसँगै देशमा ४५ देखि ६० दिनभित्र आम निर्वाचन हुने भएको छ। शुक्रबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री चर्नविराकुले आफू नेतृत्वको अल्पसंख्यक सरकारले तीन महिनाअघि सत्ता सम्हालेदेखि नै गम्भीर चुनौतीहरू सामना गर्नुपरेको उल्लेख गरेका छन्। विशेषगरी सीमा क्षेत्रमा भएका घातक ...
। अष्ट्रियामा विद्यालयमा छात्राहरुले हिजाब लगाउन नपाउने कडा कानून पारित भएको छ । सरकारी तथा निजी दुवै प्रकारका विद्यालयमा हिजाब प्रतिबन्ध गर्ने गरी कडा कानून पारित गरिएको हो । अष्ट्रियामा अहिले दक्षिणपन्थी पार्टीको नेतृत्वमा गठबन्धन सरकार छ । तीन मध्यमार्गी दलहरू समेत सहभागी छन् । सरकारले यो कानुनलाई ‘लैङ्गिक समानताप्रति स्पष्ट प्रतिबद्धता‘ भएको दाबी गरेको छ । ...