मुख्य समाचार
एनपीएल फाइनल पुग्नका लागि सुदूरपश्चिम र जनकपुर खेल्ने, चितवन र कर्णाली इलिमिनेटरमा भिड्ने
एनपीएल फाइनल पुग्नका लागि सुदूरपश्चिम र जनकपुर खेल्ने, चितवन र कर्णाली इलिमिनेटरमा भिड्ने

— सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा स्थान पाउन प्रतिस्पर्धा गर्ने भएका छन् । सुदूरपश्चिमले सोमबार कर्णाली याक्सविरुद्ध ६ विकेटको विजय हात पारेपछि क्वालिफायर्स १ को यस्तो समीकरण बनेको हो ।



सुदूरपश्चिम १२ अंकका साथ शीर्ष स्थानमा रह्यो भने जनकपुरले ७ खेलमा १० अंक बटुल्यो । समान ८ अंक जोडेका चितवन राइनोज र कर्णाली तेस्रो र चौथो स्थानमा रहँदै प्लेअफको इलिमिनेटरमा खेल्ने भएका छन् । यसको विजेता टोलीले क्वालिफायर्स १ को पराजित टोलीसँग फाइनलमा स्थान पाउन खेल्ने छन् । बुधबार बिहान इलिमिनेटर र दिउँसो क्वालिफायर्स १ को खेल हुनेछ ।


चितवन र कर्णालीसँगैं समान ८ अंक भए पनि नेट रन रेटमा पछाडि रहेका कारण काठमान्डु गुर्खाज प्लेअफबाट दौडबाट बाहिरिएको हो । सुदूरपश्चिमले एनपीएलमा पहिलो पटक टस जितेको पछि ब्याटिङमा आएको कर्णाली सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेली १ सय १ रनमा अलआउट भयो ।

सुदूरपश्चिमले यो लक्ष्य १२.२ ओभरमा पुरा गरेको भए कर्णालीलाई उछिन्दै गुर्खाज नेट रन रेटमा अगाडि रही प्लेअफमा पुग्ने थियो । सुदूरपश्चिमले १५.२ ओभरमा पूरा गरेपछि कर्णाली पनि शीर्ष चारमा सुरक्षित भएको हो । इशान पाण्डेले ३६ बलमा अविजित ३८ रन बनाएर सुदूरपश्चिमलाई जिताए । उनले ४ चौका प्रहार गरे ।

आरिफ शेख ४ रन बनाई अविजित रहे । २८ रन बनाउदा ३ विकेट गुमाइसकेको अवस्थामा इशान र कप्तान दीपेन्द्रसिंह ऐरीले चौथो विकेटमा ६७ रनको साझेदारी गरे । दीपेन्द्रले २९ बल खेली ४ चौका र १ छक्का प्रहार गरी ३८ रन बनाए । विनोद भण्डारी ४, सैफ जैब ११ र ब्रान्डन म्याकमुलेन ३ रन बनाई आउट भए । कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले १ विकेट लिए ।

यसअघि खुलेर ब्याटिङ गर्न नसकेको कर्णालीविरुद्ध हरमित सिंहले ३ विकेट लिए । अन्तिम ओभरमा नन्दन र विपिनलाई आउट गरेका उनले ४ ओभरमा १७ रनमात्र खर्चे । दीपेन्द्रसिंहले ४ ओभरमा २० र स्कट कुग्लेनले ४ ओभरमा २९ रन खर्चेर २–२ विकेट लिए । एक विकेट जैबको नाममा रहयो ।

जेसन मक्सुदले कर्णालीबाट सर्वाधिक ३० रन बनाए । उनले ३५ बल खेली ४ चौका प्रहार गरे । विलियम बोसिस्टो २४ बलमा १६, बाबर हायत ९ बलमा १३, चाडविक वाल्टन र सोमपाल समान ११, देव खनाल ७, गुलशन झा २ रन र प्रतियोगितामा पहिलो खेल खेलीरहेका रित गौतम शून्यमा आउट भए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...