मुख्य समाचार
टिकटकमा १३ देखि १८ वर्षका प्रयोगकर्तालाई ब्युटी फिल्टर चलाउन रोक लगाइने
टिकटकमा १३ देखि १८ वर्षका प्रयोगकर्तालाई ब्युटी फिल्टर चलाउन रोक लगाइने

— भिडियो सेयरिङ प्लाटफर्म टिकटकले १३ देखि १८ वर्षका प्रयोगकर्ताका लागि ब्युटी फिल्टर र बडी फिल्टरमा प्रतिबन्ध लगाउने भएको छ । बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर यस्तो नीति अवलम्बन गर्न लागेको टिकटकको प्यारेन्ट कम्पनी, बाइटडान्सका ग्लोबल कम्युनिकेन्स प्रतिनिधि इमाद जफरले बताएका छन् ।


शनिबार साँझ टिकटकले आयोजना गरेको ‘टिकटक सेफ्टी एम्बासडर कार्यक्रम’ का लागि काठमाडौंमा उपस्थित जफरले ब्युटी र बडी फिल्टरका विषयमा कम्पनीले विश्वव्यापी रूपमा नयाँ नीति लागू गर्न लागेको जानकारी दिएका हुन् । उनले १३ देखि १८ वर्षका किशोरकिशोरीहरू यस्ता फिल्टरको प्रयोगबाट कस्तो असर पर्न सक्छ भन्ने निर्णय लिने गरी परिपक्व नहुने कम्पनीको धारणा रहेको बताए । ‘यस्तो नीति हामी विश्वव्यापी रूपमै लागू गर्दै छौं,’ उनले भने, ‘टिनएजका केटाकेटीहरू यस्ता फिल्टरको मानसिक असरबारे सचेत नहुने भएकाले हाम्रो एपमा उनीहरूलाई यो सुविधा प्रयोगमा रोक लगाउने हाम्रो तयारी छ ।’


आउँदा दिनमा सो उमेरका केटाकेटीले आफ्ना भिडियोमा आँखा ठूला बनाउने, ओठको मोटाइ बढाउने, छाला चिल्लो देखाउने, छालाको रङ बदल्नेजस्ता ब्युटी फिल्टर प्रयोग गर्न पाउने छैनन् । एपभित्रको ‘बोल्ड ग्ल्यामर’ जस्तो अनुहारको विशेषता नै फेरबदल गरिदिनसक्ने चर्चित फिचर यो समूहका लागि उपलब्ध हुने छैन ।

तथापि, अनुहारमा जनावरका कान वा कुकुरको नाक जोड्न मिल्नेजस्ता रमाइला फिल्टरहरू भने उपलब्ध हुने बाइटडान्सले उल्लेख गरेको छ । ‘टिकटक समुदायलाई सुरक्षित राख्नु हाम्रो उच्चतम प्राथमिकताभित्र पर्छ,’ जफरले भने, ‘मानसिक स्वास्थ्यको विषयमा सचेतना फैलाउने कुरा त झनै हाम्रो विशेष सरोकारको क्षेत्र हो । यसका लागि हामीसँग छुट्टै आन्तरिक स्रोत पनि छ ।’

डिजिटल सुरक्षा र सचेतनाका विषयमा टिकटकले आगामी दिनमा नेपाल र दक्षिण एसियामा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने जफरले जानकारी दिए । ‘टिकटक सेफ्टी एम्बासडर कार्यक्रम’ मा डिजिटल साक्षरता, अनलाइन सुरक्षा र स्वस्थ्य डिजिटल वातावरण निर्माणका विषयमा कन्टेन्ट क्रिएटरहरूमाझ छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...