मुख्य समाचार
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई २–१ ले पराजित
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई २–१ ले पराजित

— खेलको अन्त्यतिर गरेको दुई गोलको मद्धतले म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई आइतबार २–१ ले पराजित गरेको छ । एक गोलले पछाडि रहेको युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले ८८ औं मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरे ।




इतिहाडमा भएको खेलमा त्यसपछि एमाड डिएगोलले ९० औं मिनेटमा दोस्रो गोल थपे । त्यस अगाडि सिटीका लागि जस्को ग्भारडिलोले पहिलो हाफमा गोल गरेका थिए । यससँगै सिटीका व्यवस्थापक पेप ग्वार्डिओलामाथि चर्को दबाब सिर्जना भएको छ ।


खेलपछि उनले प्रतिक्रिया दिंदै भनेका छन्, ‘सायद म राम्रो फुटबल प्रशिक्षक होइन होला । म नै सिटीको प्रशिक्षक हुं, त्यसैले मैले यो खराव प्रदर्शनको शृंखला तोड्नु नै पर्छ । यो नै एक मात्र सत्य हो ।’

आइतबारको अर्को खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई २–१ ले हरायो र लिग तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दूरी दुई अंकमा छोट्यायो । लिभरपुलको १५ खेलबाट ३६ अंक छ भने चेल्सीको १६ खेलबाट ३४ अंक भएको छ ।

अर्को खेलमा टोटनहमले साउथह्याम्पटनलाई ५–० ले हरायो । यस हारसँगै साउथह्याम्पटनले आफ्ना प्रशिक्षक रुसेल मार्टिनलाई वर्खास्त गरेको छ । साउथह्याम्पटन पाँच अंकमा सबैभन्दा पुछारमा छ । आइतबारकै अर्को खेलमा क्रिस्टल प्यालेसले ब्राइटनलाई ३–१ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका हुन् । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले ...
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...