मुख्य समाचार
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई २–१ ले पराजित
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई २–१ ले पराजित

— खेलको अन्त्यतिर गरेको दुई गोलको मद्धतले म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई आइतबार २–१ ले पराजित गरेको छ । एक गोलले पछाडि रहेको युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले ८८ औं मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरे ।




इतिहाडमा भएको खेलमा त्यसपछि एमाड डिएगोलले ९० औं मिनेटमा दोस्रो गोल थपे । त्यस अगाडि सिटीका लागि जस्को ग्भारडिलोले पहिलो हाफमा गोल गरेका थिए । यससँगै सिटीका व्यवस्थापक पेप ग्वार्डिओलामाथि चर्को दबाब सिर्जना भएको छ ।


खेलपछि उनले प्रतिक्रिया दिंदै भनेका छन्, ‘सायद म राम्रो फुटबल प्रशिक्षक होइन होला । म नै सिटीको प्रशिक्षक हुं, त्यसैले मैले यो खराव प्रदर्शनको शृंखला तोड्नु नै पर्छ । यो नै एक मात्र सत्य हो ।’

आइतबारको अर्को खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई २–१ ले हरायो र लिग तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दूरी दुई अंकमा छोट्यायो । लिभरपुलको १५ खेलबाट ३६ अंक छ भने चेल्सीको १६ खेलबाट ३४ अंक भएको छ ।

अर्को खेलमा टोटनहमले साउथह्याम्पटनलाई ५–० ले हरायो । यस हारसँगै साउथह्याम्पटनले आफ्ना प्रशिक्षक रुसेल मार्टिनलाई वर्खास्त गरेको छ । साउथह्याम्पटन पाँच अंकमा सबैभन्दा पुछारमा छ । आइतबारकै अर्को खेलमा क्रिस्टल प्यालेसले ब्राइटनलाई ३–१ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...