मुख्य समाचार
सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई हराउँदै प्लेअफमा
सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई हराउँदै प्लेअफमा

: नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई हराउँदै प्लेअफमा पुगेको छ। टियु क्रिकेट मैदानमा पोखरालाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफ स्थान सुरक्षित गरेको हो।

सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १४८ रन बनाउँदै अलआउट भएको हो। पोखराका लागि ओपनर एन्ड्रिज गोउसले ३६ रन बनाए। उनले २१ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै रेमन रिफरले ३३ रन, किरण ठगुनाले ३२ रन, दिनेश खरेल १५ रन र जेन मिलकले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।


सुदूरपश्चिमका लागि स्कट केग्गेलिनले सर्वाधिक ५ विकेट लिए। हर्मप्रित सिंहले ३ विकेट लिँदा सैफ जैबले १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा १५३ रन बनाएको थियो। सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन बनाए। उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित रहे। सुदूरपश्चिमले पहिलो विकेटका रूपमा ओपनर सैफ जैबलाई गुमायो। उनी ८ बलमा १ चौकासहित रेमोन रेफरबाट बोल्ड आउट भए।

३.६ ओभरमा सागर ढकालको बलमा कप्तान कुशल भुर्तेलको हातबाट ब्रान्डन म्याकमुलेनको क्याच छुटेको थियो। उनी त्यसबेला १२ रनमा खेलिरहेका थिए। उनै म्याकमुलेनको विकेट कुशलले आफ्नै नाममा राखे। सुदूरपश्चिमको तेस्रो विकेटका रूपमा म्याकमुलेक २३ रन बनाउँदै सागर ढकालको हातमा क्याच भए।

दोस्रो विकेट भने विनोद भण्डारीको गयो। उनले १६ बलमा १ चौका र १ छक्कासहित १४ रनमा कुशल भुर्तेलको बलमा विपिन खत्रीको हातमा क्याच भए। चौथो विकेट हर्मप्रित सिंहको गयो। उनले १० बलमा १ छक्कासहति १३ रन बनाउँदै माइकल लिस्कको बलमा सुदीप अर्यालको हातमा क्याच भए।

१३.३ ओभरमा सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १०० रन पूरा गरेको थियो। पाँचौं विकेटका लागि इशान पाण्डेले आरिफ शेखसँग २२ रनको साझेदारी गरे। १८.१ ओभरमा सुदुरपश्चिमले इशान पाण्डेलाई रिटायर हर्ट गराई स्कट केग्गेलिनलाई क्रिजमा उता । छैटौं विकेट स्कट केग्गेलिनको गयो। उनले ३ बलमा २ रन बनाए। आरिफसँगै आठौं विकेटका लागि नरेश बुढा ऐर ६ रनमा अविजित रहे। पोखराका लागि कुशल भुर्तेलले २ विकेट लिए। माइकल लिस्क, सागर ढकाल र रेमोन रेफरले समान १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...