मुख्य समाचार
सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई हराउँदै प्लेअफमा
सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई हराउँदै प्लेअफमा

: नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई हराउँदै प्लेअफमा पुगेको छ। टियु क्रिकेट मैदानमा पोखरालाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफ स्थान सुरक्षित गरेको हो।

सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १४८ रन बनाउँदै अलआउट भएको हो। पोखराका लागि ओपनर एन्ड्रिज गोउसले ३६ रन बनाए। उनले २१ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै रेमन रिफरले ३३ रन, किरण ठगुनाले ३२ रन, दिनेश खरेल १५ रन र जेन मिलकले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।


सुदूरपश्चिमका लागि स्कट केग्गेलिनले सर्वाधिक ५ विकेट लिए। हर्मप्रित सिंहले ३ विकेट लिँदा सैफ जैबले १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा १५३ रन बनाएको थियो। सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन बनाए। उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित रहे। सुदूरपश्चिमले पहिलो विकेटका रूपमा ओपनर सैफ जैबलाई गुमायो। उनी ८ बलमा १ चौकासहित रेमोन रेफरबाट बोल्ड आउट भए।

३.६ ओभरमा सागर ढकालको बलमा कप्तान कुशल भुर्तेलको हातबाट ब्रान्डन म्याकमुलेनको क्याच छुटेको थियो। उनी त्यसबेला १२ रनमा खेलिरहेका थिए। उनै म्याकमुलेनको विकेट कुशलले आफ्नै नाममा राखे। सुदूरपश्चिमको तेस्रो विकेटका रूपमा म्याकमुलेक २३ रन बनाउँदै सागर ढकालको हातमा क्याच भए।

दोस्रो विकेट भने विनोद भण्डारीको गयो। उनले १६ बलमा १ चौका र १ छक्कासहित १४ रनमा कुशल भुर्तेलको बलमा विपिन खत्रीको हातमा क्याच भए। चौथो विकेट हर्मप्रित सिंहको गयो। उनले १० बलमा १ छक्कासहति १३ रन बनाउँदै माइकल लिस्कको बलमा सुदीप अर्यालको हातमा क्याच भए।

१३.३ ओभरमा सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १०० रन पूरा गरेको थियो। पाँचौं विकेटका लागि इशान पाण्डेले आरिफ शेखसँग २२ रनको साझेदारी गरे। १८.१ ओभरमा सुदुरपश्चिमले इशान पाण्डेलाई रिटायर हर्ट गराई स्कट केग्गेलिनलाई क्रिजमा उता । छैटौं विकेट स्कट केग्गेलिनको गयो। उनले ३ बलमा २ रन बनाए। आरिफसँगै आठौं विकेटका लागि नरेश बुढा ऐर ६ रनमा अविजित रहे। पोखराका लागि कुशल भुर्तेलले २ विकेट लिए। माइकल लिस्क, सागर ढकाल र रेमोन रेफरले समान १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...