मुख्य समाचार
अमेरिकी विदेशमन्त्रीले भने-सिरियाको सत्ता कब्जा गरेको विद्रोहीसँग सम्पर्कमा छौं
अमेरिकी विदेशमन्त्रीले भने-सिरियाको सत्ता कब्जा गरेको विद्रोहीसँग सम्पर्कमा छौं

। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनले सिरियामा बशर अल असदको शासन ढाल्ने विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस)सँग सीधा सम्पर्कमा रहेको जनाएका छन् ।

जोर्डनमा रहेका बेला ब्लिंकनले यो अभिव्यक्ति दिएका हुन् । उनले भनेका छन्, ‘हामी एचटीएस र अन्य व्यक्तिहरुसँग सम्पर्कमा छौं ।’ एचटिएससँग कस्तो खालको सम्पर्क हो भन्नेबारे भने उनले खुलाएका छैनन् ।




अमेरिकाले एचटिएसलाई आतंकवादी संगठनको सूचीमा राखेको छ । यद्यपि सिरियाका राष्ट्रपति असदविरुद्धको संघर्षमा विद्रोही गुटलाई अमेरिकाले नै सघाएको आरोप लाग्ने गरेको छ ।

सिरियामा सशस्त्र गतिविधि गर्दै आएको एचटिएसले गत हप्ता राष्ट्रपति बशर अल असदलाई देश छाड्न बाध्य पारेको थियो । असद हाल रुसमा शरण लिएर बसिरहेका छन् ।



सिरियामा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरी सत्तामा आएका विद्रोहीहरूले प्रधानमन्त्री मोहम्मद अल बसिरलाई १ मार्चसम्म देश चलाउनका लागि संक्रमणकालीन सरकार प्रमुख नियुक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...