मुख्य समाचार
नटिङघम फरेस्टले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–१ ले हराए
नटिङघम फरेस्टले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–१ ले हराए

— सब्टिच्युट एन्थोनी एलान्गाले इन्ज्युरी समयमा गोल गरेपछि नटिङघम फरेस्टले शनिबार इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–१ ले हराएको छ र अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । फरेस्ट एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकाल्न सफल रहेको हो ।


भिल्लाले जोन डुरानको गोलले दोस्रो हाफमा अग्रता लिएको थियो । त्यसपछि निकोला मिलेनकोभिचले खेल सकिन तीन मिनेट अगाडि बराबरी गोल फर्काए । यो जितसँगै फरेस्टको १६ खेलबाट २८ अंक भएको छ ।


उसको अगाडि आर्सनले ३० अंकमा तेस्रो स्थानमा छ । आर्सनलले शनिबारको अर्को खेलमा एभरटनसँग निराशाजनक गोलरहित बराबरी खेल्यो । यस्तै शीर्षमा रहेको लिभरपुल पनि फुलहमसँग घरमै २–२ को बराबरीमा रोकियो ।

लिभरपुलको १५ खेलबाट ३६ अंक छ । समान खेलबाट चेल्सीको ३१ अंक छ । शनिबारको सबैभन्दा ठूलो विजेता भने न्युकासल युनाइेटड रह्यो । उसले लेस्टर सिटीलाई ४–० ले हरायो । त्यसमा ज्याकोब मर्फिले दुई गोल गरे ।

यस्तै रेलिगेसनबाट बच्न संघर्षरत टिमबीचका खेलमा इपस्विच टाउनले उल्भ्सलाई २–१ ले हरायो । हारले उल्भ्स नौ अंकमै सीमित रह्यो भने इपस्विचको १२ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...