मुख्य समाचार
प्रथम झापा कप सुरु, मोरङलाई हराउँदै आर्मीको विजयी सुरुवात
प्रथम झापा कप सुरु, मोरङलाई हराउँदै आर्मीको विजयी सुरुवात

: झापाको बिर्तामोडमा प्रथम झापा कप नकआउट फुटबल प्रतियोगिताको सुरु भएको छ। झापा ११ फुटबल क्लबको आयोजनामा बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ। आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो।

आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की र दिशान्त राईले गोल गरे। खेलको २५औँ मिनेटमा आर्मीका स्ट्राइकर कार्कीले मोरङका डिफेन्डर अगाडि बढेको अवस्थामा गोल गरेका थिए। मैदानको मध्यभागमा सिंगल खेल्दै बललाई पोस्टको दिशा दिए।

आर्मीका लागि अर्को गोल खेलको ८२ औँ मिनेटमा सम्भव भयो। वैकल्पिक खेलाडी दिशान्त राईले नीरज घिसिङको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको अन्तिम समयमा नीरज चौधरीले गोल थप्दै आर्मीको जित सुनिश्चित गरेका हुन्। मोरङका डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै चौधरीले गरेको प्रहार गोलरक्षक अरुण ब्लोनले बचाउन सकेनन्। खेलमा मोरङले खासै मुभ बनाउन सकेन।


खेलको ४७ औँ मिनेटमा अनमार्क रहेका दीपेश आलेमगरले विपक्षी पोस्टमा पाएको बल सदुपयोग गर्न नसक्दा बराबरी गर्ने अवसर गुमेको थियो। खेलको प्लेयर अफ द म्याच आर्मीका दिशान्त राई घोषित भए। उनले नगद १० हजार पुरस्कार पाए। भोलि आइतबारको खेल आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबिच हुने आयोजकले जनाएको छ।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए। प्रतियोगितामा नेपालका ९ र भारतको एउटा क्लबको सहभागिता रहेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रतियोगिताको उद्घाटन गरेका हुन्। उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको स्रोतले भ्याएसम्म झापा कप प्रतियोगितालाई सहयोग गर्ने वचनबद्धता प्रकट गरेका छन्।

उनले डोमालाल राजवंशी रंगशालामा सुविधा सम्पन्न रंगशाला बनाउने योजना प्रदेश सरकारको रहेको बताए। उद्घाटन कार्यक्रममा प्रतिनिधिसभाका सांसद एलपी साँवा, नेपाली काँग्रेसका सभापति देउमान थेबे, जिल्ला समन्वय समितिका उपाध्यक्ष शान्ता रोक्का, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन लगायतका आतिथ्य रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...