मुख्य समाचार
'मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स-२' को अडिसन १२ देशमा हुने
'मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स-२' को अडिसन १२ देशमा हुने

— एक करोड रुपैयाँ पुरस्कार राशिका दुई नेपाली अन्तर्राष्ट्रिय रियालिटी शोहरु 'मेरो भ्वाइस यूनिभर्स' र 'मेरो डान्स यूनिभर्स'को सिजन-२ को आउँदो माघ १२ गतेबाट विश्वभर अडिसन सुरु हुने भएको छ ।




इन्ट्रा- नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनको आयोजनामा हुन लागेको यो रियालिटी शोको अडिसन अमेरिका, क्यानडा, बेलायत, पोर्चुगल, हङकङ, जापान, दुबई, कतार, थाइल्यान्ड, अस्ट्रेलिया, भारतको मुम्बई र सिलीगुडीमा हुनेछन् । त्यस्तै नेपालमा पोखरा, नेपालगन्ज, दमक र काठमाडौंमा हुने आयोजकद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा जानकारी दिइयो ।


फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पहिलो संस्करण जस्तै दोस्रो संस्करणमा पनि विश्वका विभिन्न भूभागमा छरिएर रहेका नेपालीहरूले साथ दिने विश्वास व्यक्त गरे । उनले विश्वभर छरिएका नेपालीहरूलाई भावनात्मक र सांस्कृतिक रुपमा जोड्ने कदम स्वरुप यस्तो कार्यक्रमको आयोजना गर्न थालेको जानकारी दिए । उनका अनुसार नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने अभिलाषा राख्ने नेपालीभाषी समुदायका लागि दुई रियालिटी शोहरु आयोजना गरिएको हो ।

पत्रकार सम्मेलनमा दुवै शोका निर्णायक, सञ्चालक र निर्देशकहरूको नाम घोषणा गरिएको थियो । 'मेरो भ्वाइस युनिभर्स'का लागि गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरू शिव परियार, पुष्पन प्रधान, गायिकाहरू अन्जु पन्त र तृष्णा गुरूङ अनुबन्ध भएका छन् । त्यस्तै 'मेरो डान्स युनिभर्स' का निर्णायकमा कलाकार मिथिला शर्मा, दिलीप रायमाझी, शिल्पा मास्के, कोरियोग्राफरहरू कविराज गहतराज, शंकर बीसी र किरण थापा रहनेछन् ।

इच्छुक प्रतिस्पर्धीहरूले फाउण्डेसनको वेभसाइटबाट आवेदन दिन सक्ने छन् । विश्वभरिबाट स्थलगत अडिसनमा छनौट भएका कलाकारहरुलाई थप प्रतिस्पर्धाका लागि काठमाडौंमा हुनेछ । भ्वाइस र डान्सका लागि १२०/१२० गरी गरी २४० प्रतिस्पर्धीहरूले काठमाडौंमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १६ साउनमा आयोजना हुन लागेको मिस नेपाल २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन वर्तमान मिस कस्मोसहितको टोली नेपाल आउने भएको छ । मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । निर्देशक प्रमोद कंशाकारका अनुसार मिस कस्मो २०२५ योलिना लिन्डक्विस्ट, मिस कस्मो २०२५ की रनरअप चेल्सी फर्नान्डेज र मिस ...
स्पेनको एक अदालतले चर्चित गायिका शकिरालाई कर विवादमा असुल गरिएको करिब ५५ मिलियन युरो (झण्डै ५० मिलियन पाउण्ड) फिर्ता गर्न त्यहाँको कर निकायलाई आदेश दिएको छ । स्पेनको राष्ट्रिय उच्च अदालतले शाकिरामाथि लगाइएको कर छलीको आरोपबाट सफाइ दिँदै ब्याजसहित रकम फिर्ता गर्न आदेश दिएको हो । अदालतले सन् २०११ मा उनी स्पेनमा १८३ दिन बसेको प्रमाण ...
हलिउडको चर्चित जासुसी फिल्म श्रृंखला ‘जेम्स बन्ड’का लागि नयाँ अभिनेता खोज्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । लामो समयदेखि ‘००७’ को भूमिकामा ड्यानियल क्रेगपछि कसले अभिनय गर्ने भन्ने चर्चा चलिरहेकामा अब अडिसन प्रक्रिया नै अघि बढाइएको हो । अमेजन एमजीएम स्टुडियोले विज्ञप्ति जारी गर्दै ‘अर्काे जेम्स बन्डको खोजी सुरु भइसकेको छ’ जनाएको छ । हलिउड ...
। अमेरिकी र्‍याप गायक कान्ये वेस्ट अर्थात् ‘ये’ को भारतमा पहिलोपटक हुन लागेको सांगीतिक प्रस्तुति अन्ततः रद्द भएको छ । नयाँ दिल्लीमा २०२६ मे २३ मा आयोजना हुने तय भएको उक्त कन्सर्ट सुरक्षासम्बन्धी सरकारी निर्देशनपछि स्थगित गरिएको आयोजकले जनाएको छ । कन्सर्ट आयोजक कम्पनी ह्वाइट फक्सले इन्स्टाग्राममार्फत औपचारिक वक्तव्य जारी गर्दै सरकारी निकाय र सुरक्षा निकायबाट ...
। हलिउडका दिग्गज अभिनेता विल स्मिथले कानुनी लडाइँमा ठूलो राहत पाएका छन् । क्यालिफोर्नियाको एक अदालतले ५७ वर्षीय सुपरस्टारविरुद्ध दर्ता भएको यौन दुव्र्यवहारको मुद्दा खारेज गरिदिएको छ । यो मामिला सन् २०२५ मा स्मिथको ‘टुर टिम’ मा सहभागी एक सदस्यले लगाएको आरोपसँग सम्बन्धित थियो । ‘मेन इन ब्ल्याक’ र ’द परस्यूट अफ ह्याप्पिनेस’ जस्ता चर्चित फिल्महरूका ...