मुख्य समाचार
'मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स-२' को अडिसन १२ देशमा हुने
'मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स-२' को अडिसन १२ देशमा हुने

— एक करोड रुपैयाँ पुरस्कार राशिका दुई नेपाली अन्तर्राष्ट्रिय रियालिटी शोहरु 'मेरो भ्वाइस यूनिभर्स' र 'मेरो डान्स यूनिभर्स'को सिजन-२ को आउँदो माघ १२ गतेबाट विश्वभर अडिसन सुरु हुने भएको छ ।




इन्ट्रा- नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनको आयोजनामा हुन लागेको यो रियालिटी शोको अडिसन अमेरिका, क्यानडा, बेलायत, पोर्चुगल, हङकङ, जापान, दुबई, कतार, थाइल्यान्ड, अस्ट्रेलिया, भारतको मुम्बई र सिलीगुडीमा हुनेछन् । त्यस्तै नेपालमा पोखरा, नेपालगन्ज, दमक र काठमाडौंमा हुने आयोजकद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा जानकारी दिइयो ।


फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पहिलो संस्करण जस्तै दोस्रो संस्करणमा पनि विश्वका विभिन्न भूभागमा छरिएर रहेका नेपालीहरूले साथ दिने विश्वास व्यक्त गरे । उनले विश्वभर छरिएका नेपालीहरूलाई भावनात्मक र सांस्कृतिक रुपमा जोड्ने कदम स्वरुप यस्तो कार्यक्रमको आयोजना गर्न थालेको जानकारी दिए । उनका अनुसार नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने अभिलाषा राख्ने नेपालीभाषी समुदायका लागि दुई रियालिटी शोहरु आयोजना गरिएको हो ।

पत्रकार सम्मेलनमा दुवै शोका निर्णायक, सञ्चालक र निर्देशकहरूको नाम घोषणा गरिएको थियो । 'मेरो भ्वाइस युनिभर्स'का लागि गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरू शिव परियार, पुष्पन प्रधान, गायिकाहरू अन्जु पन्त र तृष्णा गुरूङ अनुबन्ध भएका छन् । त्यस्तै 'मेरो डान्स युनिभर्स' का निर्णायकमा कलाकार मिथिला शर्मा, दिलीप रायमाझी, शिल्पा मास्के, कोरियोग्राफरहरू कविराज गहतराज, शंकर बीसी र किरण थापा रहनेछन् ।

इच्छुक प्रतिस्पर्धीहरूले फाउण्डेसनको वेभसाइटबाट आवेदन दिन सक्ने छन् । विश्वभरिबाट स्थलगत अडिसनमा छनौट भएका कलाकारहरुलाई थप प्रतिस्पर्धाका लागि काठमाडौंमा हुनेछ । भ्वाइस र डान्सका लागि १२०/१२० गरी गरी २४० प्रतिस्पर्धीहरूले काठमाडौंमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...