मुख्य समाचार
दक्षिण कोरियाली संसद्ले‌ राष्ट्रपति युन सुक येओलविरुद्धको महाभियोग प्रस्ताव पास गरे
दक्षिण कोरियाली संसद्ले‌ राष्ट्रपति युन सुक येओलविरुद्धको महाभियोग प्रस्ताव पास गरे

— दक्षिण कोरियाली संसद्ले‌ राष्ट्रपति युन सुक येओलविरुद्धको महाभियोग प्रस्ताव पास गरेको छ । शनिबार भएको मतदानमा २ सय ४ सांसदले राष्ट्रपति योओलविरुद्धको महाभियोग प्रस्तावको पक्षमा मत दिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ८४ सांसदले भने महाभियोगको विपक्षमा मतदान गरे । ८ मत बदर भएको र ३ सांसद तटस्थ बसेका छन् । महाभियोग प्रस्ताव पारित भएसँगै राष्ट्रपति युन पदबाट स्वत: निलम्बित भएका छन् । संसद्बाट महाभियोग प्रस्ताव पारित भएसँगै युनले अब संवैधानिक अदालतमा मुद्दाको सामना गर्नुपर्नेछ ।


उनीविरूद्धको महाभियोग प्रस्तावबारे ९ सदस्यीय अदालतले अन्तिम निर्णय लिनेछ । तीमध्ये ६ न्यायाधीश महाभियोगको पक्षमा रहेको खण्डमा राष्ट्रपति पद रिक्त हुनेछ । त्यसको ६० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने व्यवस्था छ ।त्यतिन्जेलसम्म प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्नेछन् ।

राष्ट्रपति येओलले उत्तर कोरिया र देशभित्रका केही विपक्षीबाट राष्ट्रियता खतरामा परेको भन्दै डिसेम्बर ३ मा सैनिक शासन लागू गरेका थिए । तर संसद्को बहुमतले उक्त प्रस्तावको विपक्षमा मतदान गरेपछि उनले सैनिक शासन लागू गर्ने निर्णय फिर्ता लिएका थिए । तर त्यसको विरोधमा विपक्षी दलका सांसदहरूले उनलाई पदबाट हटाउनुपर्ने भन्दै महाभियोग प्रस्ताव ल्याएको थियो ।

गत शनिबार संसद्‍मा भएको मतदान उनको दल पीपल्स पावर पार्टी (पीपीपी) ले बहिस्कार गरेपछि उनी महाभियोगबाट जोगिएका थिए । ३ सय सदस्यीय संसद्‍मा पीपीपीका १ सय ८ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम