मुख्य समाचार
दक्षिण कोरियाली संसद्ले‌ राष्ट्रपति युन सुक येओलविरुद्धको महाभियोग प्रस्ताव पास गरे
दक्षिण कोरियाली संसद्ले‌ राष्ट्रपति युन सुक येओलविरुद्धको महाभियोग प्रस्ताव पास गरे

— दक्षिण कोरियाली संसद्ले‌ राष्ट्रपति युन सुक येओलविरुद्धको महाभियोग प्रस्ताव पास गरेको छ । शनिबार भएको मतदानमा २ सय ४ सांसदले राष्ट्रपति योओलविरुद्धको महाभियोग प्रस्तावको पक्षमा मत दिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ८४ सांसदले भने महाभियोगको विपक्षमा मतदान गरे । ८ मत बदर भएको र ३ सांसद तटस्थ बसेका छन् । महाभियोग प्रस्ताव पारित भएसँगै राष्ट्रपति युन पदबाट स्वत: निलम्बित भएका छन् । संसद्बाट महाभियोग प्रस्ताव पारित भएसँगै युनले अब संवैधानिक अदालतमा मुद्दाको सामना गर्नुपर्नेछ ।


उनीविरूद्धको महाभियोग प्रस्तावबारे ९ सदस्यीय अदालतले अन्तिम निर्णय लिनेछ । तीमध्ये ६ न्यायाधीश महाभियोगको पक्षमा रहेको खण्डमा राष्ट्रपति पद रिक्त हुनेछ । त्यसको ६० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने व्यवस्था छ ।त्यतिन्जेलसम्म प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्नेछन् ।

राष्ट्रपति येओलले उत्तर कोरिया र देशभित्रका केही विपक्षीबाट राष्ट्रियता खतरामा परेको भन्दै डिसेम्बर ३ मा सैनिक शासन लागू गरेका थिए । तर संसद्को बहुमतले उक्त प्रस्तावको विपक्षमा मतदान गरेपछि उनले सैनिक शासन लागू गर्ने निर्णय फिर्ता लिएका थिए । तर त्यसको विरोधमा विपक्षी दलका सांसदहरूले उनलाई पदबाट हटाउनुपर्ने भन्दै महाभियोग प्रस्ताव ल्याएको थियो ।

गत शनिबार संसद्‍मा भएको मतदान उनको दल पीपल्स पावर पार्टी (पीपीपी) ले बहिस्कार गरेपछि उनी महाभियोगबाट जोगिएका थिए । ३ सय सदस्यीय संसद्‍मा पीपीपीका १ सय ८ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...