मुख्य समाचार
निजी स्वास्थ्य संस्था स्वास्थ्यकर्मीलाई सरकारी सरह नियमित रूपमा बैंकिङ प्रणालीमार्फत तलबलगायतका सेवासुविधा उपलब्ध गराउन पत्राचार
निजी स्वास्थ्य संस्था स्वास्थ्यकर्मीलाई सरकारी सरह नियमित रूपमा बैंकिङ प्रणालीमार्फत तलबलगायतका सेवासुविधा उपलब्ध गराउन पत्राचार

: स्वास्थ्य मन्त्रालयले मेडिकल कलेजलगायत अन्य निजी स्वास्थ्य संस्थालाई पत्राचार गर्दै कार्यरत स्वास्थ्यकर्मीलाई सरकारी सरह नियमित रूपमा बैंकिङ प्रणालीमार्फत तलबलगायतका सेवासुविधा उपलब्ध गराउन पत्राचार गरेको छ।

सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले मुलुकभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा सरकारीसरह पारिश्रमिक सुनिश्चित गर्न सरकारी प्रतिष्ठान तथा अस्पताल, निजी मेडिकल कलेज तथा सामुदायिक तथा निजी अस्पतालका नाममा शुक्रबार पत्राचार गरेको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबै सरकारी तथा मेडिकल कलेज तथा सामुदायिक र निजी अस्पतालमा निर्णय लागू गर्न पत्राचार गरिएको र अनुगमनसमेत हुने जानकारी दिए। डा. बुढाथोकीले भने, ‘ड्युटी आवरभन्दा बढी समयमा काम गरेका स्वास्थ्यकर्मीलाई अतिरिक्त भत्ताको व्यवस्था गर्नु पर्नेछ। नर्सिङ तथा अन्य स्वास्थ्य जनशक्तिको सेवा सुविधाको भुक्तानी बैंकिङ प्रणालीमार्फत गराउनु पर्नेछ।’


न्यूनतम पारिश्रमिक तथा सुविधा सरकारीभन्दा नघट्ने गरी लागू हुनुपर्ने र तोकिएकोभन्दा बढी काम गरेमा अतिरिक्त व्यवस्था लागू गर्न पनि पत्रमा उल्लेख छ। मन्त्रालयले करार गरेर मात्र जनशक्ति राख्न तथा ज्यालादारीमा काम गराउन नपाउने निर्णय गरेको छ। काम गरेकाहरूको सक्कल शैक्षिक लब्धांकपत्र राख्न नपाइने तथा अनुभवको प्रमाणपत्र दिनुपर्ने व्यवस्था गरी लागू गर्न मन्त्रालयले पत्राचार गरेको छ।

निजी क्षेत्रमा कार्यरत नर्सिङ तथा स्वास्थ्य जनशक्तिबाट सरकारले तोकेको न्यूनतम सुविधा नपाएको र कतिपय संस्थाले स्वयंसेविकोरूपमा पनि काममा लगाइरहेको गुनासो प्राप्त भए पछि कानुनमा भएको व्यवस्थाबमोजिम पत्राचार भएको डा. बुढाथोकीले बताए। मन्त्रालयको पत्राचारपछि निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले अतिरिक्त समय काममा लगाएमा भत्ताको समेत व्यवस्था मिलाउनु पर्नेछ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यसअघि मेडिकल कलेज तथा स्वास्थ्य संस्थाका नर्सिङ तथा स्वास्थ्य जनशक्तिको पारिश्रमिक कम्तीमा नेपाल सरकार सरह लागू गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नोबेल मेडिकल कलेज विराटनगरमा शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएको छ । विरामीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् । मृगौलाको पत्थरीको शल्यक्रिया गराएका मोरङ कानेपोखरी गाउँपालिका–६ का ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् । भण्डारीलाई मृगौलामा पत्थरी भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोही दिन उनको दुरबिन ...
। जनकपुरधामस्थित कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटना एक लाख रुपैयाँमा मिलापत्र गरिएको छ । वैशाख १६ गते पित्तथैलीको शल्यक्रिया गराएकी महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनीदेवी पासवानको शुक्रबार बिहान मृत्यु भएको थियो । मृतक परिवारका अनुसार शल्यक्रियावापत बुझाएको ८० हजार रुपैयाँ फिर्ता गर्नुका साथै एक लाख रुपैयाँ ...
। जनकपुरधामको निजी अस्पतालमा शल्यक्रिया गरेका एक बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तहरू आन्दोलनमा उत्रिएका छन् । कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर हस्पिटलमा महोत्तरीको बलवा नगरपालिका १ बञ्चौरीका ३६ वर्षीया रागनी देवी पासवानको मृत्यु भएको हो । १६ गते साँझ पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको उनको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ...
: अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी तथा अवाञ्छित गतिविधि गर्नेलाई सरकारले कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय यस्ता गतिविधि बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। मन्त्रालयका अनुसार केही व्यक्तिहरूले अस्पताल परिसरमा स्वीकृति विना प्रवेश गरी बिरामी तथा स्वास्थ्यकर्मीको फोटो-भिडियो खिच्ने, ...
: विराटनगरस्थित कोशी अस्पतालले सरकारको निर्देशन अवज्ञा गर्दा शुक्रबार उपचारका लागि पुगेका दर्जनौं बिरामी निराश हुँदै फर्किन बाध्य भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निर्देशन अस्पतालले कार्यान्वयन नगरेपछि बिरामी उपचारविहीन बनेर फर्किएका छन् । अस्पतालको सेवा प्रवाहमा गम्भीर प्रश्न उठेको छ । उभौली पर्व, बुद्ध जयन्ती र अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदाका दिन ...