मुख्य समाचार
काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित
काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित

: नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। टियु क्रिकेट मैदानमा पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४ ओभरमै पूरा गर्‍यो।

जितसँगै काठमाडौंले प्लेअफ सम्भावना बलियो बनाएको छ भने पोखराका लागि प्लेअफ सम्भावना निकै झिनो बनेको छ।

काठमाडौंका लागि स्टेफेन इस्कीनजीले सर्वाधिक ६० रन बनाए। ३४ बलमा उनले १० चौका प्रहार गरे। त्यस्तै माइकल लेभिटले ३२ रन, भीम सार्कीले २२ रन र करण केसीले १ रन बनाए। गेहार्ड इरासम २५ रन र रासिद खान १ रनमा अविजित रहे। पोखराका लागि विपिन खत्रीले ३ र माइकल लिस्कले १ विकेट लिए।


यसअघि टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित ओभरको खेलमा ८ विकेटको क्षतिमा १३८ रन बनाएको थियो।

पोखराका लागि रेमोन रेफरले ३० बलमा १ चाौका र ३ छक्कासहित ४१ रनमा अविजित रहे। ओपनर दिनेश खरेलले ३८ रन बनाए। उनले २५ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

पोखराले पहिलो ओभरको चौथो बलमा ओपनर एन्ड्रिज गोउसलाई गुमायो। उनी ५ बलमा खाता नै नखोली बाहिरिए। उनलाई गेरहार्ड इरास्मसको बलमा माइकल लेभिटको हातमा क्याच भए। दोस्रो विकेट ओपनर दिनेश खरेल २४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाउँदै पावरप्लेको अन्तिम बलमा रासिद खानबाट एलबीडब्ल्यु आउट भए।


कप्तान कुशल भुर्तेल ७ रन बनाउँदै बोल्ड आउट भए। चौथो विकेट आकर्षित गोमेलको गयो। पाँचौं विकेट दिलिप नाथ १५.४ ओभरमा २७ रन बनाउँदै रासिद खानबाट बोल्ड आउट भए।

छैटौं र सातौं विकेट करण केसीले माइकल लिस्क र नारयण जोशीको लिए। १६.१ र १६.२ मा लगातार विकेट गएको पोखराको आठौं विकेट पनि करणले नै लिए। आठौं विकेटको रूपमा विपिन खत्रीको विकेट गयो। उनले ६ बलमा ४ रन बनाए। नवौं विकेटका लागि रेमोन रेफरसँग सागर ढकालले १९ रनको साझेदारीसहित १ रनमा अविजित रहे।

काठमाडौंका लागि रासिद खान र करण केसीले समान ३/३ विकेट लिए। गेरहार्ड इरास्मस र माइकल लेभिट १/१ विकेट लिए। आजको दोस्रो खेल चितवन राइनोज र जनकपुर बोल्ट्सबीच हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...