मुख्य समाचार
पाकिस्तानको राष्ट्रिय टिमका तीव्र बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
पाकिस्तानको राष्ट्रिय टिमका तीव्र बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

। पाकिस्तानको राष्ट्रिय टिमका तीव्र बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

धेरै सोचेर आफूले सन्यासको घोषणा गरेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘मैले धेरै सोचविचार गरेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने कठिन निर्णय गरेको छु । यस्तो निर्णय कहिल्यै सजिलो हुँदैन ।’

‘आगामी पिढीका लागि कमाण्ड सम्हाल्ने र पाकिस्तान क्रिकेटलाई नयाँ उचाइमा लैजाने सही समय हो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘आफ्नो देशको प्रतिनिधित्व गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान रह्यो र सधैं रहने छ ।’



उनले पाकिस्तान त्रिकेट बोर्ड, आफ्नो परिवारका सदस्य, साथीभाइ र समर्थकहरुलाई धन्यवाद दिएका छन् ।

मोहम्मद आमिरले यसअघि पनि सन्यासको घोषणा गरेका थिए । उनले पछि फिर्ता लिएर पाकिस्तानका लागि टी–२० विश्वकप खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ३० वर्ष कटेपछि ५०० गोल पूरा गरेका छन् । अल–नासरबाट खेलिरहेका ४१ वर्षीय रोनाल्डोले शनिबार अल–हाजेमविरुद्ध दुई गोल गरेपछि ३० वर्ष कटेपछि मात्रै ५०० गोल गर्दै रेकर्ड बनाएका हुन् । उनले विगत ११ वर्षयता ५०० गोल गरेका हुन् । रोनाल्डोको २ गोलमा अल–नासरले अल–हाजेमविरुद्ध ४–० को जित निकाल्यो । यो जितसँगै ...
। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले श्रीलंकालाई पराजित गरेको छ । आइतबार पालेकेले स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५१ रनले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १४७ रनको लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा ९५ रनमा अलआउट भयो । कप्तान दशुन शनकाले सर्वाधिक ३० रन बनाए । कामिन्दु मेन्डिसले १३ रन बनाए ...
। इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलानले शनिबार लेसेलाई २-० ले पराजित गरेको छ । यो जितपछि इन्टरले सिरी ए मा १० अंकको स्पष्ट अग्रता बनाएको छ । अवे मैदानमा इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । हेनरिक मिखाटारियनले ७५ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि म्यानुएल एकान्जीले ८२औं मिनेटमा दोस्रो ...
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...