मुख्य समाचार
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध फेरि महाअभियोग प्रस्ताव, संसद बाहिर हजारौं भेला
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध फेरि महाअभियोग प्रस्ताव, संसद बाहिर हजारौं भेला

। दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योल विरुद्ध फेरि पनि महाअभियोग प्रस्ताव अघि बढेको छ । यस प्रस्तावको पक्ष–विपक्षमा आज शनिबार सांसदहरुले मतदान गर्नेछन् ।

भोटिङ सुरु हुँदै गर्दा संसद बाहिर हजारौं नागरिक भेला भएका छन् ।

राष्ट्रपति योलले यसअघि देशमा सैनिक कानुन लागू गर्ने घोषणा गरेपछि विपक्षी दलले विरोध गरेको थियो । लगत्तै उनले निर्णय फिर्ता लिएका थिए ।

त्यसपछि विपक्षी दलले उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको थियो । तर प्रक्रिया रोकिएको थियो ।



नेशनल एसेम्बलीमा मतदान प्रक्रिया अघि बढाउन पर्याप्त संख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने घोषणा सभामुखले गरेसँगै महाभियोग प्रस्तावमाथिको प्रक्रिया रोकिएको थियो ।

अहिले फेरि विपक्षी दलले महाअभियोग प्रस्ताव ल्याएको हो । विपक्षी दलका नेताहरुले राष्ट्रपति योललाई पदबाट नहटाएसम्म महाअभियोग प्रस्ताव ल्याइरहने बताएका छन् ।

विपक्षी दललाई महाअभियोग प्रस्ताव पास गराउन सत्ताधारी दलका ८ सांसदको भोट आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम