मुख्य समाचार
पपस्टार एड सिरनले दक्षिण एसियाली मुलुक भुटानमा कन्सर्ट गर्ने
पपस्टार एड सिरनले दक्षिण एसियाली मुलुक भुटानमा कन्सर्ट गर्ने

। पपस्टार एड सिरनले दक्षिण एसियाली मुलुक भुटानमा कन्सर्ट गर्ने भएका छन् । राजधानी थिम्पुमा २५ जनवरी, २०२५ मा सांगीतिक प्रस्तुति दिन लागेको जनाइएको छ ।

यो कन्सर्ट भुटानमा हुन लागेको पहिलो अहिलेसम्मकै भव्य कन्सर्ट हुने जनाइएको छ । भुटानको चाङ्लीमिथाङ रंगशालामा हुने कन्सर्टको सबैभन्दा सस्तो टिकट शुल्क १० डलर तोकिएको छ ।

सिरनको टूरको भेन्युमा भुटानसहित भारतको सिलोङ, पुणे, हैदराबाद, चेन्नइ, बैंग्लोरु र दिल्ली समेत छन् । चीनको हाङ्जोउ, कतार, बहराइन र युएईको अबुधाबीमा पनि उनी गुञ्जिने तय भएको छ ।

अंग्रेजी नयाँवर्ष सुरु हुन लागेसँगै विश्वचर्चित पपस्टारले दक्षिण एसियालाई केन्द्रमा राख्दै टूरको घोषणा गरेका हुन् । उनले गणितका चिन्ह (जोड, घटाउ, बराबर, भाग र गुणन चिन्ह)लाई टूरको नाम दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १६ साउनमा आयोजना हुन लागेको मिस नेपाल २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन वर्तमान मिस कस्मोसहितको टोली नेपाल आउने भएको छ । मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । निर्देशक प्रमोद कंशाकारका अनुसार मिस कस्मो २०२५ योलिना लिन्डक्विस्ट, मिस कस्मो २०२५ की रनरअप चेल्सी फर्नान्डेज र मिस ...
स्पेनको एक अदालतले चर्चित गायिका शकिरालाई कर विवादमा असुल गरिएको करिब ५५ मिलियन युरो (झण्डै ५० मिलियन पाउण्ड) फिर्ता गर्न त्यहाँको कर निकायलाई आदेश दिएको छ । स्पेनको राष्ट्रिय उच्च अदालतले शाकिरामाथि लगाइएको कर छलीको आरोपबाट सफाइ दिँदै ब्याजसहित रकम फिर्ता गर्न आदेश दिएको हो । अदालतले सन् २०११ मा उनी स्पेनमा १८३ दिन बसेको प्रमाण ...
हलिउडको चर्चित जासुसी फिल्म श्रृंखला ‘जेम्स बन्ड’का लागि नयाँ अभिनेता खोज्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । लामो समयदेखि ‘००७’ को भूमिकामा ड्यानियल क्रेगपछि कसले अभिनय गर्ने भन्ने चर्चा चलिरहेकामा अब अडिसन प्रक्रिया नै अघि बढाइएको हो । अमेजन एमजीएम स्टुडियोले विज्ञप्ति जारी गर्दै ‘अर्काे जेम्स बन्डको खोजी सुरु भइसकेको छ’ जनाएको छ । हलिउड ...
। अमेरिकी र्‍याप गायक कान्ये वेस्ट अर्थात् ‘ये’ को भारतमा पहिलोपटक हुन लागेको सांगीतिक प्रस्तुति अन्ततः रद्द भएको छ । नयाँ दिल्लीमा २०२६ मे २३ मा आयोजना हुने तय भएको उक्त कन्सर्ट सुरक्षासम्बन्धी सरकारी निर्देशनपछि स्थगित गरिएको आयोजकले जनाएको छ । कन्सर्ट आयोजक कम्पनी ह्वाइट फक्सले इन्स्टाग्राममार्फत औपचारिक वक्तव्य जारी गर्दै सरकारी निकाय र सुरक्षा निकायबाट ...
। हलिउडका दिग्गज अभिनेता विल स्मिथले कानुनी लडाइँमा ठूलो राहत पाएका छन् । क्यालिफोर्नियाको एक अदालतले ५७ वर्षीय सुपरस्टारविरुद्ध दर्ता भएको यौन दुव्र्यवहारको मुद्दा खारेज गरिदिएको छ । यो मामिला सन् २०२५ मा स्मिथको ‘टुर टिम’ मा सहभागी एक सदस्यले लगाएको आरोपसँग सम्बन्धित थियो । ‘मेन इन ब्ल्याक’ र ’द परस्यूट अफ ह्याप्पिनेस’ जस्ता चर्चित फिल्महरूका ...