मुख्य समाचार
चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित
चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित

: नेपाल प्रिमियर लिगमा शनिबार चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेको छ। चितवनले १८१ रनको विजय लक्ष्य प्रस्तुत गरे पनि जनकपुर १८ ओभरमा १४८ रन बनाएर अलआउट भयो।

जनकपुरका लागि जेम्स निसमले विष्फोटक ब्याटिङ गरेका थिए। उनले २४ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ६५ रन बनाए। उनले १८ बलमै कीर्तिमानी अर्धशतक बनाएका थिए।

त्यस्तै आसिफ शेखले २३ रन, सुभ कंशकारले १५ रन र मोहम्म मोसिनले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। चितवनका लागि रिजन ढकाल, सोहिल तनवीर र कुशल मल्लले २-२ विकेट लिए। अमर रौटेलाले १ विकेट लिए।


यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित ओभरको खेलमा ४ विकेट गुमाएर १८० रन बनाएको थियो।

चितवनका लागि कप्तान कुशल मल्लले आक्रामक ब्याटिङ गरे। उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। त्यस्तै रवि बोपारा ४४ रन बनाए। ३२ बलमा उनले ५ चौका र १ छक्का प्रहार गरे।

त्यस्तै हसन इसाखिलले २८ रन र सन्तोष कार्कीले १४ रन बनाए। विपिन रावल ३ रनमा आउट भए भने बसिल हमिद १ रन र सोहिल तनवीर ५ रनमा अविजित रहे। जनकपुरका लागि ललित राजबंशीले २ र हर्ष ठाकेर, शेर मल्ल र जेम्स निसमले १-१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...