मुख्य समाचार
बायरो बने फ्रान्सका नयाँ प्रधानमन्त्री
बायरो बने फ्रान्सका नयाँ प्रधानमन्त्री

। फ्रान्सले राष्ट्रपति इम्मानुयल म्याक्रोँका विश्वासपात्र ७३ वर्षीय फ्रास्वाँ बायरोलाई नयाँ प्रधानमन्त्रीका रुपमा पाएको छ ।

मध्यपन्थी उदारवादी विचार राख्ने बायरो केही समयअघि फ्रान्सका शिक्षामन्त्री थिए । फ्रान्समा राजनीतिक तनाव बढ्दै जाँदा प्रधानमन्त्री फेरिइरहेका छन् । यसै अस्थिरताको क्रममा आएका बायरो चौथो प्रधानमन्त्री हुन् । यसअघिका प्रधानमन्त्री मिशेल बार्नियर अघिल्लो साता राजीनामा दिन बाध्य भएका थिए ।

दक्षिण पश्चिमी फ्रान्सबाट निर्वाचित हुने गरेका बायरो आफूलाई ‘गाउँको मान्छे’ भनेर चिनाउन मन पराउँछन् । पोहोरसम्म प्रधानमन्त्री रहेका ग्याब्रियल अटल बायरोलाई समन्वय र सम्झौता गर्न सक्ने विनयशील व्यक्ति भनी चित्रित गर्छन् ।

यसअघि फ्रान्सको संसदमा बहुमत देखाउन कठिन भएपछि राष्ट्रपति म्याक्रोंले चुनाव घोषणा गरेका थिए । तर त्यो निर्णय चरम विवादमा परेको थियो । अनि राजनीतिक संकट सुरु भएको थियो । त्यसै क्रममा उनका प्रधानमन्त्रीहरूले पालैपालो राजीनामा दिनु परिरहेको थियो ।



वामपन्थी र दक्षिणपन्थीहरुको टकरावमा बीचको बाटो समाउन खोजिरहेका राष्ट्रपति म्याक्रों फ्रान्समा थप अलोकप्रिय बन्दै जाँदा प्रधानमन्त्री बायरोको नियुक्तिले उनलाई सहज हुन सक्ने द गार्डियनले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...