मुख्य समाचार
टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कको सम्पत्ति ४ सय अर्ब अमेरिकी डलर नाघ्यो
टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कको सम्पत्ति ४ सय अर्ब अमेरिकी डलर नाघ्यो

— टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कको सम्पत्ति ४ सय अर्ब अमेरिकी डलर नाघेको छ । योसँगै मस्कले नयाँ कीर्तिमान बनाएको ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सले जनाएको छ ।

इलन मस्कको सम्पत्तिमा यो वृद्धि स्पेसएक्स र त्यसका लगानीकर्ताबीचको सम्झौतापछि भएको ब्लूमबर्गले जनाएको छ । सम्झौताअनुसार करिब १ अर्ब २५ करोड डलर मूल्य बराबरका शेयर खरीद गरिएको भएको थियो । यसले कम्पनीको कुल मूल्य लगभग ३५० अर्ब डलर पुर्‍याएको छ ।

ब्लूमबर्गका अनुसार यो लेनदेनले मस्कको व्यक्तिगत सम्पत्ति करिब ५० अर्ब डलरले वृद्धि भइ ४ सय ४० अर्ब डलरसम्म पुर्‍याएको छ । इलन मस्कको सम्पत्ति मुख्यतः टेस्ला कम्पनीको शेयर मूल्यमा र स्पेसएक्सको बजार मूल्यांकनमा निर्भर छ ।

अमेरिकामा गत महिना भएको राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्प विजयी भएसँगै टेस्ला र स्पेसएक्सको बजार मूल्यमा उल्लेखनीय वृद्धि भएको थियो । चुनावी नतिजापछि टेस्लाको शेयर मूल्य करिब ६५ प्रतिशतले बढेको थियो । मस्क ट्रम्पका प्रमुख राजनीतिक दाता र समर्थक छन् ।

मस्कले रिपब्लिकनको अभियानमा झन्डै २ सय ७० मिलियन डलर लगानी गरेका थिए । ट्रम्पको विजयपछि मस्कले आफूलाई निरन्तर उनको निकट सहयोगीको रुपमा प्रस्तुत गरेका छन् । यहाँसम्म कि उनले आफ्नो स्पेसएक्स कम्पनीबाट टेक्सासमा गरिएको रकेट प्रक्षेपण हेर्न ट्रम्पलाई निम्तो दिएका थिए ।

ट्रम्पले मस्कलाई सरकारी खर्च कटौतीको जिम्मेवारीसहित सरकारी दक्षता विभागको जिम्मेवारी दिने घोषणा गरिसकेका छन् । मस्कका व्यवसायहरू अमेरिकी र अन्तर्राष्ट्रिय सरकारहरूसँग विभिन्न तहमा सम्बन्धित छन् । ट्रम्पसँगको निकटताले मस्कले आफ्ना व्यक्तिगत स्वार्थका लागि लाभ उठाउने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...