मुख्य समाचार
विराटनगरको दोस्रो जित, चितवनलाई धक्का
विराटनगरको दोस्रो जित, चितवनलाई धक्का

: नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले दोस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा विराटनगरले चितवनलाई ५१ रनले हराएको हो। विराटनगरले यसअघि लुम्बिनीलाई हराएको थियो।

विराटनगरले १८२ रनको विजय लक्ष्य प्रस्तुत गरे पनि चितवनले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १३० रनमात्र बनाउनसक्यो।

चितवनका लागि अमर रौटेलाले सर्वाधिक ४२ रन बनाए। त्यस्तै कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन र सन्तोष कार्कीले २८ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।


विराटनगरका लागि सन्दीप लामिछानेले २ र क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेस बमले एक-एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरको खेलमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको थियो।

विराटनगरका लागि बसिर अहमदले अर्धशतकीय पारी खेले। ४४ बलमा उनले ४ चौका र ४ छक्कासहित ६८ रन अविजित रहे। त्यस्तै राजेश पुलामी मगर ३३ रनमा अविजित रहे। २० बलमा उनले १ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै मार्टिन गुप्टिलले ४५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। चितवनका लागि रिजन ढकालले २ विकेट र सोहिल तनवीर, बसिल हमिद र कुशल मल्लले १ विकेट लिए।

जितसँगै प्लेअफ पुग्ने झिनो सम्भावनालाई विराटनगरले जीवित नै राखेको छ भने चितवनलाई भने धक्का लागेको छ। दुवै टोलीले १-१ खेल्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...