मुख्य समाचार
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प टाइम म्यागेजिनको वर्ष व्यक्ति घोषित
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प टाइम म्यागेजिनको वर्ष व्यक्ति घोषित

— अमरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प टाइम म्यागेजिनको वर्ष व्यक्ति घोषित भएका छन् । ट्रम्प दोस्रोपटक टाइम वर्ष व्यक्ति बनेका हुन् । यसअघि उनी सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएपछि टाइम वर्ष व्यक्ति चयन भएका थिए ।

टाइम म्यागेजिनका प्रधान सम्पादक साम ज्याकोब्सले 'ऐतिहासिक राजनीतिक पुनरागमन, विश्वमा अमेरिका र अमेरिकी राष्ट्रपतिको भूमिका परिवर्तनका लागि' डोनाल्ड ट्रम्पलाई टाइमको सन् २०२४ को वर्ष व्यक्ति घोषित गरिएको जनाएका छन् ।


ट्रम्पले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, वेल्सकी राजकुमारी क्याथरीन, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, मेक्सिकन राष्ट्रपति, क्लाउडिया सेइनबाउम, अर्बपति इलन मस्क र पोडकास्टर जो रोगनलाई पछि पारेका हुन् ।

टाइम म्यागेजिनले हरेक वर्ष विश्वव्यापी घटनाहरूलाई नाटकीय रूपमा आकार दिने व्यक्तिहरूलाई वर्ष व्यक्ति घोषणा गर्ने गर्दै आएको छ । वर्ष व्यक्तिको सूचीमा विश्व नेताहरूदेखि सांस्कृतिक क्रान्तिकारीहरू समावेश हुने गरेक छन् । फ्रान्कलिन डी रुजवेल्टदेखि यताका जेराल्ड फोर्डबाहेक अन्य अमेरिकी राष्ट्रपति कम्तीमा एकपटक टाइम वर्ष व्यक्ति छनोट भएका छन् ।

वर्ष व्यक्तिको अन्तिम सूचीमा छनोट गरेसँगै सार्वजनिक गरेको विवरणमा टाइमले ट्रम्पले 'एक आश्चर्यजनक राजनीतिक पुनरागमन गर्दै २०२४ को चुनाव जितेको' उल्लेख गरेको थियो । 'उनले अमेरिकी मतदातालाई पुन: आकार दिएका छन् । उनले युवा मतदाताहरूलाई सक्रिय पारेका छन् र हरेक स्विङ स्टेटलाई रेड स्टेटमा परिणत गरेका छन्,' टाइमले भनेको छ ।

ट्रम्पको विजय विभिन्न तरिकाले इतिहास बनेको टाइमले जनाएको छ । 'ट्रम्प अमेरिकी इतिहासमा सबैभन्दा धेरै उमेरको राष्ट्रपति हुनुहुनेछ । ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने पहिलो दोषी ठहर व्यक्ति हुनुहुन्छ ।' ट्रम्पमाथि न्यूयोर्कको अदालतले ३४ वटा ठगीको मुद्दामा दोषी ठहर गरेको थियो ।

गत अप्रिलमा चुनावी अभियानका क्रममा ट्रम्पले टाइम म्यागेजिनलाई अन्तर्वार्ता दिएका थिए । व्यापक छलफलका क्रममा ट्रम्पले अमेरिकी अध्यागमन प्रणाली सुधार गर्ने र लाखौं मानिसहरूलाई देश निकाला गर्ने लक्ष्यसहित दोस्रो कार्यकालका लागि आफ्ना योजना सुनाएका थिए ।




आफूले राष्ट्रपतिको पद सम्हालेसँगै आधिकारिक रूपमा क्यापिटोल हिल आक्रमणमा अभियोग लगाइएकाहरूलाई माफी दिने निर्णय लिने ट्रम्पको भनाइ छ । 'यो पहिलो घण्टामा सुरू हुन गइरहेको छ,' उनी भन्छन्, 'सायद पहिलो नौ मिनेटमै ।'

अन्तर्वार्ताका क्रममा नवनिर्वाचित राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने योजना पनि सार्वजनिक गरेका छन् । 'रुस र युक्रेनमा भइरहेको युद्धभन्दा मध्यपूर्व (पश्चिम एसिया) तनाव अन्य गर्न सजिलो समस्या हो । जताततै युद्धमैदानमा लडिरहेका जवानहरूको संख्या कहालीलाग्दो छ । यो पागलपन हो,' उनले भने, 'म रूसमा सयौं माइल टाढा क्षेप्यास्त्रहरू पठाउने कुरामा असहमत छु । हामी किन त्यसो गरिरहेका छौं ? हामी यो युद्धलाई बढाउँदैछौं र यसलाई अझ खराब बनाउँदैछौं ।'

अमेरिकाले युक्रेनलाई दिँदै आएको सहयोग रुससँगको युद्ध अन्त्य गर्नका लागि प्रयोग गर्ने ट्रम्पको भनाइ छ । 'म एक सम्झौतामा पुग्न चाहन्छु,' उनले भने, 'सम्झौतामा पुग्ने एक मात्र तरिका भनेको लगातारको प्रयास नै हो ।'

टाइमले सन् १९२७ देखि 'वर्ष व्यक्ति' घोषणा गर्न थालेको हो । त्यसयता म्यागेजिनले वर्षभरिका घटनालाई प्रभावित गर्ने एक व्यक्तिलाई वर्ष व्यक्ति घोषणा गर्दै आएको छ ।

यसअघिक जलवायु परिवर्तन अभियन्ता ग्रेटा थनबर्ग, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, मेटाका सीईओ मार्क जुकरबर्ग, पप फ्रान्सिस र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की पनि वर्ष व्यक्ति भइसकेका छन् । वर्ष व्यक्तिको छनोट भने टाइम म्यागेजिनका सम्पादकहरूले गर्छन् ।

यसअघि सन् २०१५ मा राष्ट्रपतिको दौडमा रहेका बेला म्यागेजिनले आफूलाई वर्ष व्यक्ति नबनाएको गुनासो गरेका थिए । त्यतिबेला जर्मन चान्सलर एन्जेला मर्केल टाइम वर्ष व्यक्ति भएकी थिइन् । तर चुनाव जितेपछि भने ट्रम्प वर्ष व्यक्ति घोषित भए र त्यसलाई उनले ‘महान सम्मान’ भनेका थिए ।

'यसको धेरै अर्थ छ, विशेषगरी म टाइम म्यागेजिन पढ्दै हुर्किएको हुँ । र, तपाईंलाई थाहा छ, यो धेरै महत्त्वपूर्ण पत्रिका हो,' त्यतिबेला उनले भनेका थिए । यद्यपि यसवर्ष टाइम वर्ष व्यक्तिको सूचीमा अमेरिकी गायिका टेलर स्विफ्ट परेकोमा भने उनले म्यागेजिनको आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...