मुख्य समाचार
मन्त्रालयले एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न अपिल
मन्त्रालयले एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न अपिल

— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न अपिल गरेको छ ।


मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यदी कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग गरिएका सूचना भएमा मन्त्रालयको विभिन्न सञ्जालमा पठाउन आग्रह गरे । त्यस्ता सूचना प्राप्त भएमा यस मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बरः ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्स(ट्विटर), मन्त्रालयको इमेल वा सोझै मन्त्रालयमा वा हुलाकमार्फत मन्त्रालयमा आफ्नो गुनासो पठाउन सकिने उहाँले जानकारी गराए ।


स्वास्थ्य मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै हाल देशका विभिन्न स्थानमा एम्बुलेन्स सेवाको दुरुपयोग भएको गुनासो प्राप्त भइरहेको उल्लेख गरेको छ । प्रवक्ता डा बुढाथोकीले भने, 'एम्बुलेन्स दुरुपयोग रोक्न मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको छ, राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ अनुसार एम्बुलेन्स सेवाको दुरुपयोग भएको प्रमाणित भएमा सम्बन्धित एम्बुलेन्सलाई सचेत गराउनेदेखि निलम्बन र खारेजीसम्मको प्रक्रिया अगाडि बढाउने व्यवस्था रहेको छ ।'

विज्ञप्तिमा भनिएको छ, 'देशभर सञ्चालित एम्बुलेन्सलाई एकद्वार प्रणालीमार्फत छिटो र छरितो रूपमा सञ्चालन गरी बिरामी घाइतेलाई अस्पतालसम्म पुर्‍याइ नागरिकलाई सहज र सरल आकस्मिक स्वास्थ्य सेवासहितको एम्बुलेन्स सेवा सञ्चालनमा रहेको छ ।'

डा बुढाथोकीले मन्त्रालयबाट एम्बुलेन्स निर्देशिकामा कार्यान्वयनमा रहेको र उक्त निर्देशिका बमोजिम मापदण्ड पूरा गर्ने एम्बुलेन्स र स्वास्थ्य संस्थालाई मात्र दर्ता र सञ्चालन अनुमति दिने र राजस्व छुटका लागि सिफारिस गर्ने भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दक्षिण अफ्रिकाविरुद्ध विराट कोहलीले बनाए शतक
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि धनकुटा र ओखलढुंगामा भएको निर्वाचन केन्द्रले बदर
एरिक भ्याली र क्याराभान फिल्मबारे १० तथ्य
अर्थतन्त्रको सबलीकरण र सुशासन
। नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरूको समूहले संस्थापन पक्षका केन्द्रीय सदस्यहरूसँग महाधिवेशनबारे छलफल गरेको छ । करिब ७५ जना संस्थापन पक्षका केन्द्रीय सदस्यसहित मंगलबार भएको छलफलमा पूर्व पदाधिकारीहरूमध्येबाट एक जना सभापतिको उम्मेदवार बन्न आग्रह गरिएको छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, सभापतिका लागि एक जनाको नाममा सहमति जुटाएर छिटोभन्दा छिटो सहमतिमा पुग्न आग्रह गरिएको हो । मंगलबारको ...