मुख्य समाचार
'पुष्पा २: द रुल' ले बक्स अफिसमा इतिहास
'पुष्पा २: द रुल' ले बक्स अफिसमा इतिहास

— अल्लु अर्जुन अभिनित फिल्म 'पुष्पा २: द रुल' ले बक्स अफिसमा इतिहास रचेको छ । फिल्म एक सातामै विश्वभरबाट एक हजार ६२ करोड कमाएको हो । फिल्मले भारतीय सिनेमाको इतिहासमा सबैभन्दा छिटो एक हजार करोड कमाउने रेकर्ड तोडेको छ ।


'पुष्पा २: द रुल'ले केवल ६ दिनमै रेकर्ड तोडेको हो । यसअघि 'बाहुबली २ : द कनक्लुजन' ले १० दिनमा यो रेकर्ड बनाएको थियो । फिल्मले प्रदर्शनको पहिलो दिनमै विश्वभर २ सय ९४ करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो । यो भारतको फिल्म इतिहासमै सबैभन्दा ठूलो ओपनिङ कलेक्सन हो ।


सुकुमारद्वारा निर्देशित पुष्पा '२ : द रूल' सन् २०२१ को हिट फिल्म 'पुष्पाज द राइज'को सिक्वेल हो । यसमा अल्लु अर्जुनसँगै रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका छ । फिल्मले सकारात्मक समीक्षा र राम्रो प्रचारका साथ हलमा दबदबा कायम राखेको छ ।

पछिल्लो विवरणसँगै 'पुष्पा २: द रुल' भारतका सबैभन्दा धेरै कमाइ गर्ने शीर्ष तीन फिल्महरूको सूचीमा प्रवेश गर्ने पनि देखिएको छ । यसअघि 'दंगल'ले २ हजार २६ करोड र 'बाहुबली २ : द कन्क्लुजन' ले एक हजार ८८ करोड भारतीय रुपैयाँ कमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...