मुख्य समाचार
वेस्ट इन्डिजका महान क्रिकेटर लारा काठमाडौंमा जारी नेपाल प्रिमियर लिग हेर्न नेपाल आए
वेस्ट इन्डिजका महान क्रिकेटर लारा काठमाडौंमा जारी नेपाल प्रिमियर लिग हेर्न नेपाल आए

: विश्व क्रिकेटका दिग्गज क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन्। शुक्रबार बिहान त्रिभुवन विमानस्थल आइपुगेका लारालाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले स्वागत गरेका हुन्।

वेस्ट इन्डिजका महान क्रिकेटर लारा काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न नेपाल आएका हुन्। वेस्ट इन्डिजका क्रिकेट लिजेन्ड लारा नेपाल आउने जानकारी क्यानका सचिव पारस खड्काले गत मंगलबार नै सामाजिक सञ्जालमार्फत दिएका थिए।

क्यारेबियन राष्ट्र ट्रिनिडाड एन्ड टोबागोका ५५ वर्षीय लाराले टेस्ट र एकदिवसीय क्रिकेटमा १० हजारभन्दा बढी रन बनाएका छन्। टेस्ट क्रिकेटमा एकै पालिमा अविजित ४ सय रन बनाउने कीर्तिमान लाराकै नाममा छ। उनी टेस्ट क्रिकेटको एउटै पालिमा ४ सय रन बनाउने एकमात्र खेलाडी हुन्। उनले सन् २००४ मा एन्टिगुवामा भएको इङ्ल्यान्डविरुद्धको चौथो टेस्टमा अविजित ४ सय रन बनाएका थिए। उनले सन् २००३ मा टेस्ट क्रिकेटमै दक्षिण अफ्रिकाविरुद्धको खेलमा एकै ओभरमा २८ रन बनाउँदै कीर्तिमान रचेका थिए। उनको यो कीर्तिमान सन् २०२२ मा भारतका जसप्रीत बुमराहले तोडेका थिए।


सन् १९९० देखि २००७ सम्मको समयलाई लारा युग मानिन्छ। यस अवधिमा उनले थुप्रै कीर्तिमानसँगै ऐतिहासिक सफलता पनि हासिल गरेका थिए। उनले वेस्ट इन्डिजबाट १ सय ३१ टेस्टमा ३४ शतक र ४८ अर्धशतकसहित ११ हजार ९ सय ५३ रन बनाएका छन्। यस्तै २ सय ९९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १९ शतक र ६३ अर्धशतकको मद्दतमा १० हजार चार सय पाँच रन बनाएका छन्। टेस्टमा ६० र एकदिवसीयमा ४९ ओभर बलिङ गरेका लाराले एकदिवसीय खेलमा चार विकेट लिएका छन्। उनकै कप्तानीमा सन् २००४ मा वेस्ट इन्डिजले आईसीसी च्याम्पियन्स ट्रफी जितेको थियो। जुन सन् १९७९ विश्वकपपछिको ठूलो उपाधि थियो। लारा टेस्ट क्रिकेटको विश्व वरीयतामा ब्याटिङतर्फ लामो समय शीर्षस्थानमा रहेका खेलाडी पनि हुन्। श्रीलंकाका चर्चित क्रिकेटर मुथैया मुरलीधरनले लारालाई विश्वका सबै ब्याटरमध्ये सबैभन्दा कठिन प्रतिद्वन्द्वी रहेको बताएका थिए।

विश्व प्रसिद्ध दिग्गज खेलाडी लाराको आगमनले एनपीएलसँगै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियकरण गर्न थप मद्दत पुर्‍याउने क्यानको विश्वास छ। उनको कार्यतालिका नखुलाए पनि लाराले त्रिवि मैदानमा एनपीएलका केही खेलहरू हेर्ने र खेलाडीसँग साक्षात्कार गर्ने बुझिएको छ। ‘विश्व क्रिकेटका महान खेलाडीमध्येका लाराको आगामन नेपाली क्रिकेटका लागि यादगार क्षण बन्नेछ’, क्यानका प्रवक्ता लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लाराको उपस्थितिले क्रिकेट समर्थकलाई मात्र प्रेरित गर्दैन, नेपाली क्रिकेटको विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ।’

एनपीएलमा लिग चरणका खेलहरू सञ्चालन भइरहेका छन्। प्रतियोगिताको ३२ मध्ये बिहीबारसम्म २१ खेल सम्पन्न भइसकेको छ। जसमा जनकपुर बोल्ट्सले प्लेअफमा स्थान सुरक्षित गर्दा लुम्बिनी लायन्स प्लेअफ होडबाट बाहिरिने पहिलो टोली बनेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...