मुख्य समाचार
वेस्ट इन्डिजका महान क्रिकेटर लारा काठमाडौंमा जारी नेपाल प्रिमियर लिग हेर्न नेपाल आए
वेस्ट इन्डिजका महान क्रिकेटर लारा काठमाडौंमा जारी नेपाल प्रिमियर लिग हेर्न नेपाल आए

: विश्व क्रिकेटका दिग्गज क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन्। शुक्रबार बिहान त्रिभुवन विमानस्थल आइपुगेका लारालाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले स्वागत गरेका हुन्।

वेस्ट इन्डिजका महान क्रिकेटर लारा काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न नेपाल आएका हुन्। वेस्ट इन्डिजका क्रिकेट लिजेन्ड लारा नेपाल आउने जानकारी क्यानका सचिव पारस खड्काले गत मंगलबार नै सामाजिक सञ्जालमार्फत दिएका थिए।

क्यारेबियन राष्ट्र ट्रिनिडाड एन्ड टोबागोका ५५ वर्षीय लाराले टेस्ट र एकदिवसीय क्रिकेटमा १० हजारभन्दा बढी रन बनाएका छन्। टेस्ट क्रिकेटमा एकै पालिमा अविजित ४ सय रन बनाउने कीर्तिमान लाराकै नाममा छ। उनी टेस्ट क्रिकेटको एउटै पालिमा ४ सय रन बनाउने एकमात्र खेलाडी हुन्। उनले सन् २००४ मा एन्टिगुवामा भएको इङ्ल्यान्डविरुद्धको चौथो टेस्टमा अविजित ४ सय रन बनाएका थिए। उनले सन् २००३ मा टेस्ट क्रिकेटमै दक्षिण अफ्रिकाविरुद्धको खेलमा एकै ओभरमा २८ रन बनाउँदै कीर्तिमान रचेका थिए। उनको यो कीर्तिमान सन् २०२२ मा भारतका जसप्रीत बुमराहले तोडेका थिए।


सन् १९९० देखि २००७ सम्मको समयलाई लारा युग मानिन्छ। यस अवधिमा उनले थुप्रै कीर्तिमानसँगै ऐतिहासिक सफलता पनि हासिल गरेका थिए। उनले वेस्ट इन्डिजबाट १ सय ३१ टेस्टमा ३४ शतक र ४८ अर्धशतकसहित ११ हजार ९ सय ५३ रन बनाएका छन्। यस्तै २ सय ९९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १९ शतक र ६३ अर्धशतकको मद्दतमा १० हजार चार सय पाँच रन बनाएका छन्। टेस्टमा ६० र एकदिवसीयमा ४९ ओभर बलिङ गरेका लाराले एकदिवसीय खेलमा चार विकेट लिएका छन्। उनकै कप्तानीमा सन् २००४ मा वेस्ट इन्डिजले आईसीसी च्याम्पियन्स ट्रफी जितेको थियो। जुन सन् १९७९ विश्वकपपछिको ठूलो उपाधि थियो। लारा टेस्ट क्रिकेटको विश्व वरीयतामा ब्याटिङतर्फ लामो समय शीर्षस्थानमा रहेका खेलाडी पनि हुन्। श्रीलंकाका चर्चित क्रिकेटर मुथैया मुरलीधरनले लारालाई विश्वका सबै ब्याटरमध्ये सबैभन्दा कठिन प्रतिद्वन्द्वी रहेको बताएका थिए।

विश्व प्रसिद्ध दिग्गज खेलाडी लाराको आगमनले एनपीएलसँगै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियकरण गर्न थप मद्दत पुर्‍याउने क्यानको विश्वास छ। उनको कार्यतालिका नखुलाए पनि लाराले त्रिवि मैदानमा एनपीएलका केही खेलहरू हेर्ने र खेलाडीसँग साक्षात्कार गर्ने बुझिएको छ। ‘विश्व क्रिकेटका महान खेलाडीमध्येका लाराको आगामन नेपाली क्रिकेटका लागि यादगार क्षण बन्नेछ’, क्यानका प्रवक्ता लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लाराको उपस्थितिले क्रिकेट समर्थकलाई मात्र प्रेरित गर्दैन, नेपाली क्रिकेटको विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ।’

एनपीएलमा लिग चरणका खेलहरू सञ्चालन भइरहेका छन्। प्रतियोगिताको ३२ मध्ये बिहीबारसम्म २१ खेल सम्पन्न भइसकेको छ। जसमा जनकपुर बोल्ट्सले प्लेअफमा स्थान सुरक्षित गर्दा लुम्बिनी लायन्स प्लेअफ होडबाट बाहिरिने पहिलो टोली बनेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...