मुख्य समाचार
जनकपुर एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली
जनकपुर एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली

— जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । जनकपुरले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबारको दोस्रो खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्‍यो ।




६ खेलमा ५ मा विजय हात पार्दै जनकपुरले प्लेअफमा स्थान निश्चित गरेको हो । अन्तिम खेलमा चितवन राइनोजलाई पराजित गरेमा जनकपुरको क्वालिफायर्स १ मा पक्का गर्नेछ । जनकपुरले १ सय २ रनको लक्ष्य १५.५ ओभरमा १ सय ४ रन बनाउँदै पूरा गरेको थियो । हर्ष ठाकर २५ बल खेलि समान १ चौका र छक्का प्रहार गर्दै २५ र मोहम्मद मोहसिन ७ बलमा ३ चौका प्रहार गरी १३ रनमा अविजित रहे ।


लाहिरु मिलान्था २० बलमा २ चौका प्रहार गरी १६, आसिफ शेख २, कप्तान अनिल साह ११ र शुभ कंसाकार ५ रन बनाई आउट भए । जनकपुरबाट जिम्मी निशमले सर्वाधिक २७ रन बनाए । उनले १ चौका र ३ छक्का प्रहार गरे । जनकपुर जितको नजिक पुग्दा उनलाई जेहरार्ड इरसमसले एलबीडब्लु आउट गरे । गुर्खाजबाट करण केसीले ३ ओभरमा १० रन खर्चेर २ तथा इरसमस, दीपेश कँडेल र शाहव आलमले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको गुर्खाज १९.३ ओभर खेलि १ सय १ रनमा अलआउट भयो । ललित राजवंशी र शेर मल्लले ३–३ विकेट लिए । एकै ओभरमा स्टेफन इस्किनाजी र सुमित महर्जनलाई आउट गरेका ललितले ४ ओभरमा २ मेडन राख्दै ८ रन खर्चे । तल्लोक्रममा २ विकेट लिएका शेरले ३.३ ओभरमा ११ रन खर्चे । मोहसिनले ४ ओभरमा २० रन खर्चेर २ तथा किशोर महतो र अरनिको यादवले १–१ विकेट लिए ।

इरसमसले गुर्खाजबाट सर्वाधिक २० रन बनाए । उनले २२ बल खेली २ चौका प्रहार गरे । करणले १३ बल खेलि २ चौका र १ छक्काका साथ १९, स्टेफन इस्किनाजीले १९ बल खेली २ चौकासहित १७ रन बनाए । माइकल लेभिट ८, भीम सार्की ४, रशिद खान ७, ड्यान डाउथवेट १, प्रतिक श्रेष्ठ ६ रनमा आउट भए । शाहव ८ रनमा अविजित रहे ।

गुर्खाजको ५ खेलमा यो तेस्रो हार हो । टोलीले २ खेल जितेको छ । आफ्नो अन्तिम २ खेलमा विजय हात पारेमा गुर्खाजको प्लेअफ पुग्ने सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...