मुख्य समाचार
जनकपुर एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली
जनकपुर एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली

— जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । जनकपुरले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबारको दोस्रो खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्‍यो ।




६ खेलमा ५ मा विजय हात पार्दै जनकपुरले प्लेअफमा स्थान निश्चित गरेको हो । अन्तिम खेलमा चितवन राइनोजलाई पराजित गरेमा जनकपुरको क्वालिफायर्स १ मा पक्का गर्नेछ । जनकपुरले १ सय २ रनको लक्ष्य १५.५ ओभरमा १ सय ४ रन बनाउँदै पूरा गरेको थियो । हर्ष ठाकर २५ बल खेलि समान १ चौका र छक्का प्रहार गर्दै २५ र मोहम्मद मोहसिन ७ बलमा ३ चौका प्रहार गरी १३ रनमा अविजित रहे ।


लाहिरु मिलान्था २० बलमा २ चौका प्रहार गरी १६, आसिफ शेख २, कप्तान अनिल साह ११ र शुभ कंसाकार ५ रन बनाई आउट भए । जनकपुरबाट जिम्मी निशमले सर्वाधिक २७ रन बनाए । उनले १ चौका र ३ छक्का प्रहार गरे । जनकपुर जितको नजिक पुग्दा उनलाई जेहरार्ड इरसमसले एलबीडब्लु आउट गरे । गुर्खाजबाट करण केसीले ३ ओभरमा १० रन खर्चेर २ तथा इरसमस, दीपेश कँडेल र शाहव आलमले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको गुर्खाज १९.३ ओभर खेलि १ सय १ रनमा अलआउट भयो । ललित राजवंशी र शेर मल्लले ३–३ विकेट लिए । एकै ओभरमा स्टेफन इस्किनाजी र सुमित महर्जनलाई आउट गरेका ललितले ४ ओभरमा २ मेडन राख्दै ८ रन खर्चे । तल्लोक्रममा २ विकेट लिएका शेरले ३.३ ओभरमा ११ रन खर्चे । मोहसिनले ४ ओभरमा २० रन खर्चेर २ तथा किशोर महतो र अरनिको यादवले १–१ विकेट लिए ।

इरसमसले गुर्खाजबाट सर्वाधिक २० रन बनाए । उनले २२ बल खेली २ चौका प्रहार गरे । करणले १३ बल खेलि २ चौका र १ छक्काका साथ १९, स्टेफन इस्किनाजीले १९ बल खेली २ चौकासहित १७ रन बनाए । माइकल लेभिट ८, भीम सार्की ४, रशिद खान ७, ड्यान डाउथवेट १, प्रतिक श्रेष्ठ ६ रनमा आउट भए । शाहव ८ रनमा अविजित रहे ।

गुर्खाजको ५ खेलमा यो तेस्रो हार हो । टोलीले २ खेल जितेको छ । आफ्नो अन्तिम २ खेलमा विजय हात पारेमा गुर्खाजको प्लेअफ पुग्ने सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...