मुख्य समाचार
विराटनगर किंग्सलाई सुपर ओभरमा हराउँदै पोखराले प्ले अफ सम्भावना कायमै
विराटनगर किंग्सलाई सुपर ओभरमा हराउँदै पोखराले प्ले अफ सम्भावना कायमै

: नेपाल प्रिमियर लिग(एनपीएल)को एघारौं दिनको पहिलो खेलमा विराटनगर किंग्सलाई सुपर ओभरमा हराउँदै पोखराले प्ले अफ सम्भावना कायमै राखेको छ। पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले हराउँदै प्लेअफ सम्भावना कायमै राखेको हो।


सुपर ओभरमा पोखराका लागि एन्ड्रिस गोउस र रेमोन रिफर आएका थिए। सुपर ओभरको पहिलो खेलमा रेमोन रिफरले अगाडिको २ बलमा छक्का प्रहार गर्दा तेस्रो बल डट भयो चौथो बलमा चौका, पाँचौं बलमा १ रन र अन्तिम बलमा १ रन प्रहार गर्दै सुपर ओभरमा १८ रन बनायो।

सुपर ओभरका लागि विराटनगरका कप्तान सन्दीप लामिछानेले बलिङ गरेका थिए। पोखराले सुपर ओभरमा दिएको १९ रनको लक्ष्य पछ्याउन विराटनगरले मार्टिन गप्टिल र निकोलस क्रिटोन आए। पोखराका लागि रेमोन रिफरले सुपर ओभर बलिङ गरे।


पहिलो बलमा १ रन गप्टिलले लिए। दोस्रो बलमा क्रिटोनले १ रन लिए, तेस्रो बलमा मार्टिनले १ रन र चौथो बलमा डट बल, पाँचौं बलमा निकोलस क्रिटोनले १ रन लिए। अन्तिम बल फाल्ने बेला रेफरले वाइड फाले। अन्तिम बल डट फाल्दै विराटनगरलाई सुपर ओभरमा १३ रनले हराएको हो। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाउँदा खेल बराबरीमा पुगेको हो। त्यसपछि खेल सुपर ओभर भएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनायो।
विराटनगरका लागि अन्तिम ओभरमा १३ रन जोगाउने जिम्मेवारी वसिर अहमदले पाएका थिए तर उनले पहिलो बल डट खाँदा दोस्रो बलमा १ रन तेस्रो बलमा छक्का र अन्तिम बलमा छक्का खाँदा खेल सुपर ओभरमा गएको हो।

निर्धारित खेलमा भने पोखराका लागि एन्ड्रिस गोउसले सर्वाधिक ३९ रन बनाए। उनले २७ बलमा ७ चौका प्रहार गरे। पोखराले पावरप्लेमा १ विकेटको क्षति ५९ रन बनाएको थियो।

पोखराका दुई ओपनर दिनेश खरेल र एन्ड्रिस गोउसको उत्कृष्ट ४७ रनको साझेदारी गरे। ओपनर दिनेश खरेल ४.३ ओभरमा प्रतिश जिसीको बलमा अनिल खरेलको हातमा क्याच भए। उनले ११ बलमा १ छक्कासहित ११ रन बनाए।

१० ओभरमा १ विकेटको क्षतिमा ७८ रन बनाएको थियो। दोस्रो विकेटका रुपमा १०.३ ओभरमा पोखराले एन्ड्रिस गोउसलाई गुमायो। तेस्रो विकेट जेन मलिक, चौथो विकेटका रुपमा कुशल भुर्तेल ३१ रन बनाउँदै पेभेलियन फर्किए। १४.२ मा कुशलको विकेट जाँदा १४.३ मा पाँचौं विकेट तिर्थ राज दासको गयो।
विराटनगरका लागि प्रतिश जिसीले सर्वाधिक ४ विकेट लिए। क्रिस सोलले २ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएको हो। विराटनगरका लागि स्कट इड्वार्डले सर्वाधिक ४५ रन बनाए। उनले ३५ बलमा ५चौका प्रहार गरे।

विराटनगरले पावरप्लेमा २ विकेट गुमाउँदै ३४ रन बनाएको छ। विराटनगरले पहिलो विकेटका रुपमा ओपनर मार्टिन गप्टिललाई ५ रनमा गुमायो। उनलाई पोखराका बायाँ हाते अर्थोडक्स सागर ढकालले ४.३ ओभरमा आउट गरे।

अर्का ओपनर लोकेश बमलाई रेमोन रेफरलाई कट एण्ड बोल्ड गरे। उनी पावर प्लेकोअन्तिम बलमा आउट भएका हुन्। उनले १६ बलमा २ चौका र २ छक्का सहित २६ रन बनाए। ७.१ ओभरमा नरेन भट्ट ४ रन बनाउँदै दिनेश खरेलको बलमा सागर ढकालबाट क्याच भए। विराटनगरले १० ओभरमा ३ विकेट गुमाउँदै ६१ रन बनाएको हो।

चौथो विकेट विराटनगरका निकोलस क्रिटोनको विकेट गयो। उनले १६ बलमा १ छक्कासहित १९ रन बनाए। उनले चौथो विकेटका लागि स्कट इड्वार्डसँग ४३ रनको साझेदारी गरे। क्रिस सोल ७ रन र दिपक बोहोरा ४ रनमा आउट भए। वसिर अहमद २० बलमा १ चौकासहित २१ रन र प्रतिश जिसी १ बलमा १ चौकासहित ४ रनमा अविजित रहे।

पोखरा एभेन्जर्सका लागि सागर ढकाल र रेमोन रेफरले २/२ विकेट लिए। दिनेश खरेलले १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...