मुख्य समाचार
विराटनगर किंग्सलाई सुपर ओभरमा हराउँदै पोखराले प्ले अफ सम्भावना कायमै
विराटनगर किंग्सलाई सुपर ओभरमा हराउँदै पोखराले प्ले अफ सम्भावना कायमै

: नेपाल प्रिमियर लिग(एनपीएल)को एघारौं दिनको पहिलो खेलमा विराटनगर किंग्सलाई सुपर ओभरमा हराउँदै पोखराले प्ले अफ सम्भावना कायमै राखेको छ। पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले हराउँदै प्लेअफ सम्भावना कायमै राखेको हो।


सुपर ओभरमा पोखराका लागि एन्ड्रिस गोउस र रेमोन रिफर आएका थिए। सुपर ओभरको पहिलो खेलमा रेमोन रिफरले अगाडिको २ बलमा छक्का प्रहार गर्दा तेस्रो बल डट भयो चौथो बलमा चौका, पाँचौं बलमा १ रन र अन्तिम बलमा १ रन प्रहार गर्दै सुपर ओभरमा १८ रन बनायो।

सुपर ओभरका लागि विराटनगरका कप्तान सन्दीप लामिछानेले बलिङ गरेका थिए। पोखराले सुपर ओभरमा दिएको १९ रनको लक्ष्य पछ्याउन विराटनगरले मार्टिन गप्टिल र निकोलस क्रिटोन आए। पोखराका लागि रेमोन रिफरले सुपर ओभर बलिङ गरे।


पहिलो बलमा १ रन गप्टिलले लिए। दोस्रो बलमा क्रिटोनले १ रन लिए, तेस्रो बलमा मार्टिनले १ रन र चौथो बलमा डट बल, पाँचौं बलमा निकोलस क्रिटोनले १ रन लिए। अन्तिम बल फाल्ने बेला रेफरले वाइड फाले। अन्तिम बल डट फाल्दै विराटनगरलाई सुपर ओभरमा १३ रनले हराएको हो। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाउँदा खेल बराबरीमा पुगेको हो। त्यसपछि खेल सुपर ओभर भएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनायो।
विराटनगरका लागि अन्तिम ओभरमा १३ रन जोगाउने जिम्मेवारी वसिर अहमदले पाएका थिए तर उनले पहिलो बल डट खाँदा दोस्रो बलमा १ रन तेस्रो बलमा छक्का र अन्तिम बलमा छक्का खाँदा खेल सुपर ओभरमा गएको हो।

निर्धारित खेलमा भने पोखराका लागि एन्ड्रिस गोउसले सर्वाधिक ३९ रन बनाए। उनले २७ बलमा ७ चौका प्रहार गरे। पोखराले पावरप्लेमा १ विकेटको क्षति ५९ रन बनाएको थियो।

पोखराका दुई ओपनर दिनेश खरेल र एन्ड्रिस गोउसको उत्कृष्ट ४७ रनको साझेदारी गरे। ओपनर दिनेश खरेल ४.३ ओभरमा प्रतिश जिसीको बलमा अनिल खरेलको हातमा क्याच भए। उनले ११ बलमा १ छक्कासहित ११ रन बनाए।

१० ओभरमा १ विकेटको क्षतिमा ७८ रन बनाएको थियो। दोस्रो विकेटका रुपमा १०.३ ओभरमा पोखराले एन्ड्रिस गोउसलाई गुमायो। तेस्रो विकेट जेन मलिक, चौथो विकेटका रुपमा कुशल भुर्तेल ३१ रन बनाउँदै पेभेलियन फर्किए। १४.२ मा कुशलको विकेट जाँदा १४.३ मा पाँचौं विकेट तिर्थ राज दासको गयो।
विराटनगरका लागि प्रतिश जिसीले सर्वाधिक ४ विकेट लिए। क्रिस सोलले २ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएको हो। विराटनगरका लागि स्कट इड्वार्डले सर्वाधिक ४५ रन बनाए। उनले ३५ बलमा ५चौका प्रहार गरे।

विराटनगरले पावरप्लेमा २ विकेट गुमाउँदै ३४ रन बनाएको छ। विराटनगरले पहिलो विकेटका रुपमा ओपनर मार्टिन गप्टिललाई ५ रनमा गुमायो। उनलाई पोखराका बायाँ हाते अर्थोडक्स सागर ढकालले ४.३ ओभरमा आउट गरे।

अर्का ओपनर लोकेश बमलाई रेमोन रेफरलाई कट एण्ड बोल्ड गरे। उनी पावर प्लेकोअन्तिम बलमा आउट भएका हुन्। उनले १६ बलमा २ चौका र २ छक्का सहित २६ रन बनाए। ७.१ ओभरमा नरेन भट्ट ४ रन बनाउँदै दिनेश खरेलको बलमा सागर ढकालबाट क्याच भए। विराटनगरले १० ओभरमा ३ विकेट गुमाउँदै ६१ रन बनाएको हो।

चौथो विकेट विराटनगरका निकोलस क्रिटोनको विकेट गयो। उनले १६ बलमा १ छक्कासहित १९ रन बनाए। उनले चौथो विकेटका लागि स्कट इड्वार्डसँग ४३ रनको साझेदारी गरे। क्रिस सोल ७ रन र दिपक बोहोरा ४ रनमा आउट भए। वसिर अहमद २० बलमा १ चौकासहित २१ रन र प्रतिश जिसी १ बलमा १ चौकासहित ४ रनमा अविजित रहे।

पोखरा एभेन्जर्सका लागि सागर ढकाल र रेमोन रेफरले २/२ विकेट लिए। दिनेश खरेलले १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...