मुख्य समाचार
अफगानिस्तानमा आत्मघाती आक्रमण, मन्त्रीसहित ४ अंगरक्षकको मृत्यु
अफगानिस्तानमा आत्मघाती आक्रमण, मन्त्रीसहित ४ अंगरक्षकको मृत्यु

: अफगानिस्तानको राजधानी काबुलमा बुधबार भएको आत्मघाती आक्रमणमा तालिवानका शरणार्थी मन्त्री खलील रहमान हक्कानीको मृत्यु भएको छ। हक्कानी प्रार्थनाका लागि बाहिर निस्केका बेला शरणार्थी मन्त्रालयमा आक्रमण भएको थियो। जसमा चार अंगरक्षकको पनि मृत्यु भएको थियो।


आक्रमणको समयको बारेमा हालसम्म जानकारी प्राप्त भएको छैन। समाचार एजेन्सी रोयटर्सका अनुसार खलील हक्कानीका भतिजा अनस हक्कानीले काकाको मृत्यु भएको पुष्टि गरेका छन्। हालसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन। तर, केही मिडिया रिपोर्टहरूमा आतंकवादी समूह आइएसआइएस-के माथि शंका गरेको छ।

आइएसआइएस-के को पूरा नाम इस्लामिक स्टेट खोरासान हो। यो सिरिया र इराकमा सक्रिय आतंकवादी समूह आइएसआइएसको क्षेत्रीय शाखा हो। आइएसआइएस-के को नाम उत्तरपूर्वी इरान, दक्षिणी तुर्कमेनिस्तान र उत्तरी अफगानिस्तान सम्मिलित क्षेत्रबाट राखिएको हो।


खलील हक्कानी अफगानिस्तानमा हक्कानी नेटवर्कका प्रमुख नेताहरूमध्ये एक थिए। उनी तालिबानका आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीका काका थिए। अमेरिकाले खलिललाई विश्वव्यापी आतंकवादी घोषणा गरेको थियो। यसमा ५० लाख डलर पुरस्कार पनि राखिएको थियो।

हक्कानी नेटवर्क र अफगान तालिबानबीच निकै राम्रो सम्बन्ध छ। सन् २०२१ मा अफगानिस्तानमा कु’ भएदेखि अफगान तालिबान र हक्कानी नेटवर्कले मिलेर सरकार चलाइरहेका छन्। तालिबान सरकारका धेरै महत्त्वपूर्ण मन्त्रालयहरू हक्कानी नेटवर्कका मानिसहरूको नियन्त्रणमा छन्।

हक्कानी नेटवर्क तालिवानको एउटा आतंकवादी समूह हो। यो अफगानिस्तान र पाकिस्तानमा फैलिएको छ। विगत दुई दशकमा हक्कानी नेटवर्कले अफगानिस्तानमा धेरै हमला गरेको छ। सन् २०१२ मा अमेरिकाले यसलाई आतंकवादी संगठन घोषणा गरेको थियो। संयुक्त राष्ट्र संघले पनि यस संस्थालाई प्रतिबन्ध लगाएको छ। हक्कानी नेटवर्क आतंकवादी हमलाहरूमा तथा आत्मघाती बमवर्षा गर्ने समुह भनेर परिचित छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम