मुख्य समाचार
सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त रूपमा आयोजना गर्ने
सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त रूपमा आयोजना गर्ने

— अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त रूपमा आयोजना गर्ने बुधबार निर्णय गरेको छ । यस्तै सन् २०३४ को विश्वकप साउदी अरेबियामा हुने भएको छ ।


सन् २०३० को विश्वकपका तीन खेल भने अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुनेछन् । विश्वकप आयोजनामा सय वर्ष पुगेको अवसरमा यी तीन देशमा तीन खेल हुन लागेको हो ।


फिफाको लउसेनमा बसेको विशेष साधारणसभाले विश्वका दुई संस्करणको आयोजकबारे मतदानको मद्दतले निर्णय गरेको हो । सन् २०२६ को विश्वकप भने उत्तर अमेरिकामा हुँदैछ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरूपमा यो विश्वकप आयोजना गर्न लागेका हुन् ।

फिफाले पछिल्लो समय विश्वकपका प्रत्येक संस्करण फरक-फरक महादेशमा गर्ने निर्णय गरेको थियो । यस्तोमा सन् २०३४ को विश्वकप एसियामा हुने क्रममा थियो र साउदी अरेबियाले मात्रै त्यसको आयोजनाका लागि दाबेदारी पेस गरेको थियो ।

सन् २०२२ को विश्वकप अर्को एसियाली देश कतारमै भएको थियो । पछिल्लो समय साउदी अरेबियाले विश्व खेलकुदमा आफ्नो वर्चश्व बनाउन ठूलो लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...