मुख्य समाचार
मलेसिया सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यालय स्थापना
मलेसिया सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यालय स्थापना

— मलेसिया सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यालय स्थापना गरेको छ । बिहीबार उद्घाटन गरिएको कार्यालयले देशको केन्द्रीय एआई एजेन्सीका रूपमा काम गर्ने भनिएको छ । कार्यालयको उद्घाटन प्रधानमन्त्री अन्वार इब्राहिमले गरेका थिए ।




राष्ट्रिय एआई कार्यालयले नीति निर्माण र नियमनका विषयहरूको सम्बोधनका लागि काम गर्ने मलेसिया सरकारको अपेक्षा छ । दक्षिणपूर्वी एसियाली देश मलेसियाले क्लाउड र एआई सेवाको बढ्दो माग सम्बोधन गर्न आवश्यक पूर्वाधार विकासका लागि पछिल्ला वर्षहरूमा विश्वका ठूला प्रविधि कम्पनीहरूबाट अर्बौं डलर लगानी संकलन गरेको छ ।


‘हाम्रो डिजिटल रूपान्तरणका यात्रामा यो अर्को महत्त्वपूर्ण क्षण हो,’ एआई कार्यालय उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री इब्राहिमले भनेका थिए । कार्यालयले एआईसम्बन्धी रणीतिक योजना, अनुसन्धान र विकासका साथै नियामकीय निकाय र अन्य व्यवस्था तयार गर्ने वेबसाइटमा उल्लेख छ । मलेसियाको कम्युनिकेसन एन्ड मल्टिमिडिया आयोगका प्रमुख प्रविधि तथा नवप्रवर्तन अधिकारी समसुल इझान अब्दुल माजिदलाई राष्ट्रिय एआई कार्यालयको प्रमुखमा नियुक्त गरिएको छ ।

कार्यालयले एआई नियमन ढाँचा र कोड अफ एथिक्स तयार गर्नुका साथै सन् २०३० सम्मको पाँच वर्षे एआई प्रविधि कार्ययोजनाको विकास गर्नुपर्नेछ । कार्यालयलाई आफ्नो पहिलो वर्षमा कूल सातवटा विषयमा कार्यसम्पादन गरिसक्नुपर्ने जिम्मेवारी दिइएको छ ।

कार्यालय उद्‍घाटनका क्रममा मलेसिया सरकारले अमेजन, गुगल र माइक्रोसफ्ट गरी विश्वका ६ वटा ठूला प्रविधि कम्पनीसँग रणनीतिक साझेदारीको घोषणा पनि गरेको छ । यी कम्पनीहरूले यसअघि नै मलेसियामा डेटा सेन्टर,क्लाउड र एआई प्रोजेक्ट स्थापना गर्ने बताइसकेका छन् ।

सन् २०२४ मा सूचना तथा सञ्चार क्षेत्रमा ७१.१ अर्ब रिंगिट (१६.०६ अर्ब डलर) लगानी स्वीकृत गर्दै मलेसियाले डिजिटल परियोनाहरूमार्फत अर्थतन्त्र विस्तारमा जोड दिएको छ । मलेसियाले गत वर्ष मात्रै स्थापना गरेको डिजिटल मन्त्रालयले भविष्यको उन्नत डिजिटल दुनियाँका लागि तयार रहन यस्ता पहल अघि बढाएको जनाएको छ । डिजिटलमन्त्री गोविन्दसिंह देवले पूर्वाधार, सुरक्षा र सीपलाई डिजिटाइजेसनको तीन खम्बाका रूपमा ‌‍औंल्याएर मलेसिया अघि बढिरहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...