मुख्य समाचार
मलेसिया सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यालय स्थापना
मलेसिया सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यालय स्थापना

— मलेसिया सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यालय स्थापना गरेको छ । बिहीबार उद्घाटन गरिएको कार्यालयले देशको केन्द्रीय एआई एजेन्सीका रूपमा काम गर्ने भनिएको छ । कार्यालयको उद्घाटन प्रधानमन्त्री अन्वार इब्राहिमले गरेका थिए ।




राष्ट्रिय एआई कार्यालयले नीति निर्माण र नियमनका विषयहरूको सम्बोधनका लागि काम गर्ने मलेसिया सरकारको अपेक्षा छ । दक्षिणपूर्वी एसियाली देश मलेसियाले क्लाउड र एआई सेवाको बढ्दो माग सम्बोधन गर्न आवश्यक पूर्वाधार विकासका लागि पछिल्ला वर्षहरूमा विश्वका ठूला प्रविधि कम्पनीहरूबाट अर्बौं डलर लगानी संकलन गरेको छ ।


‘हाम्रो डिजिटल रूपान्तरणका यात्रामा यो अर्को महत्त्वपूर्ण क्षण हो,’ एआई कार्यालय उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री इब्राहिमले भनेका थिए । कार्यालयले एआईसम्बन्धी रणीतिक योजना, अनुसन्धान र विकासका साथै नियामकीय निकाय र अन्य व्यवस्था तयार गर्ने वेबसाइटमा उल्लेख छ । मलेसियाको कम्युनिकेसन एन्ड मल्टिमिडिया आयोगका प्रमुख प्रविधि तथा नवप्रवर्तन अधिकारी समसुल इझान अब्दुल माजिदलाई राष्ट्रिय एआई कार्यालयको प्रमुखमा नियुक्त गरिएको छ ।

कार्यालयले एआई नियमन ढाँचा र कोड अफ एथिक्स तयार गर्नुका साथै सन् २०३० सम्मको पाँच वर्षे एआई प्रविधि कार्ययोजनाको विकास गर्नुपर्नेछ । कार्यालयलाई आफ्नो पहिलो वर्षमा कूल सातवटा विषयमा कार्यसम्पादन गरिसक्नुपर्ने जिम्मेवारी दिइएको छ ।

कार्यालय उद्‍घाटनका क्रममा मलेसिया सरकारले अमेजन, गुगल र माइक्रोसफ्ट गरी विश्वका ६ वटा ठूला प्रविधि कम्पनीसँग रणनीतिक साझेदारीको घोषणा पनि गरेको छ । यी कम्पनीहरूले यसअघि नै मलेसियामा डेटा सेन्टर,क्लाउड र एआई प्रोजेक्ट स्थापना गर्ने बताइसकेका छन् ।

सन् २०२४ मा सूचना तथा सञ्चार क्षेत्रमा ७१.१ अर्ब रिंगिट (१६.०६ अर्ब डलर) लगानी स्वीकृत गर्दै मलेसियाले डिजिटल परियोनाहरूमार्फत अर्थतन्त्र विस्तारमा जोड दिएको छ । मलेसियाले गत वर्ष मात्रै स्थापना गरेको डिजिटल मन्त्रालयले भविष्यको उन्नत डिजिटल दुनियाँका लागि तयार रहन यस्ता पहल अघि बढाएको जनाएको छ । डिजिटलमन्त्री गोविन्दसिंह देवले पूर्वाधार, सुरक्षा र सीपलाई डिजिटाइजेसनको तीन खम्बाका रूपमा ‌‍औंल्याएर मलेसिया अघि बढिरहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम