मुख्य समाचार
साउदी अरबलाई २०३४ को विश्वकप आयोजक राष्ट्र घोषणा
साउदी अरबलाई २०३४ को विश्वकप आयोजक राष्ट्र घोषणा

— नेपाली श्रमिकको प्रमुख गन्तव्य साउदी अरबलाई फिफाले १० वर्षपछि हुने विश्वकप पुरुष फुटबल–२०३४ प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएको छ ।


बुधबार फिफा मुख्यालयमा भएको मतदानमा साउदी एक्लैले विश्वकप खेलाउने जिम्मेवारी पाएको हो । यो विश्वकप साउदीको उत्तराधिकारीसमेत रहेका प्रधानमन्त्री मोहम्मद विन सलमानको साउदीलाई ‘वैश्विक लगानी केन्द्र’को रुपमा स्थापित गर्ने २०३० को लक्ष्यसँग जोडिएको छ । साउदीले यो जिम्मेवारीलाई ऐतिहासिक उपलब्धिको रुपमा ग्रहण गरेको छ ।


साउदीले यो परियोजनाका लागि १० औं अर्ब डलर लगानी गर्ने बताएको छ । फिफाले दुई हप्ता अगाडि सार्वजनिक गरेको मूल्यांकनमा साउदीको प्रस्तावलाई इतिहासमा सबैभन्दा बढी ५ मा ४.२ नम्बर दिएको थियो । यसलाई फिफाले आउँदो शताब्दीको लागि एक अद्वितीय, नविन र महत्वाकांक्षी दृष्टिकोण भनेको छ ।

२०३४ मा साउदी अरबले विश्वकप फुटबल खेलाउने जिम्मेवारी पाएको फिफाको घोषणले साउदी अरबका आफ्ना नागरिकमा मात्रै खुसीको उत्सव छाएको छैन । यो उत्सवमा साउदी अरबको विकासमा योगदान पुर्‍याउन गएका एक करोड ३४ लाख आप्रवासी श्रमिक पनि जोडिन पुगेको छ । आप्रवासीको यो संख्या साउदीको कुल जनसंख्याको ४२ प्रतिशत हिस्सा हो । जसमा साउदीमा ४ लाख नेपाली कार्यरत छन् ।

साउदीले आउँदो विश्वकपको लागि आफ्ना प्रमुख सहर रियाद, जेद्दा, अलखोवर, अभा र नियोमका तीन वटा रंगशालालाई स्तरीकरण गर्नेसहित थप भव्य ११ वटा बृहत् रंगशाला निर्माणको योजना बनाएको छ । त्यस्तै एक लाख ८५ वटा होटलका कोठाहरु, विमानस्थल, सडक, रेल सहितका आधुनिक पूर्वाधारहरुको निर्माणसँग सम्बन्धी आयोजनाहरु अगाडि बढाइएको छ । साउदीले विश्वकपलाई नै लक्ष्य गरी बृहत् राष्ट्रिय परियोजनाको निर्माण अगाडि बढाइसकेको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुले भने साउदीमा कार्यरत आप्रवासी श्रमिकको कमजोर मानव अधिकार र रक्षासँग जोडिएको विषयमा अर्थपूर्ण रुपमा सम्बोधन नगरी साउदीलाई विश्वकप दिइएको भन्दै साउदी र फिफाको कडा आलोचना गरेका छन् ।

एम्नेष्टी इन्टरनेसनल, हृयुमन राइट्स वाच, इक्वीडेम, फेयर स्क्वाएर लगायतका संस्थाले फिफालाई मानवअधिकारको गम्भिरतालाई नजरअन्दाज गरिएको बताएका छन् । ‘कुन देशमा विश्वकप आयोजना गर्ने भन्ने निर्णय गर्नुअघि फिफाले त्यस देशमा मानव अधिकारको अवस्था कस्तो छ र विश्वकप परियोजनामा काम गर्ने श्रमिकहरुका अधिकारको अवस्था कस्तो रहन्छ भनी बढो मिहीन हिसाबले मूल्यांकन गर्नु पर्दथ्यो र आयोजक राष्ट्र तथा फिफा दुवैले श्रमिकको संरक्षणको पूर्ण व्यवस्था सुनिश्चित गर्नु पर्दथ्यो,’ इक्वीडेमका अनुसन्धान विभागका प्रमुख रामेश्वर नेपालले कान्तिपुरलाई भने, ‘तर दशकौंदेखि नेपाली लगायतका आप्रवासी श्रमिकहरुउपर चरम शोषण, बाध्यकारी श्रम र वैयक्तिक स्वतन्त्रतामा नियन्त्रण लगायतका मानवअधिकार हनन् हुँदै आइरहेको साउदीमै विश्वकप आयोजना गर्ने निर्णय गरेबाट फिफाले मानवअधिकारसम्बन्धी उसको मापदण्डहरुको स्पष्ट बेवास्ता गरेको छ । जसले विश्वकपका परियोजनाहरुमा काम गर्ने श्रमिकहरु थप जोखिममा पर्ने देखिन्छ ।’


पछिल्लो १० वर्षमा साउदीमा मात्रै १३ लाख ५२ हजार ८ सय जनाले श्रम गरिसकेका थिए । जसमा श्रमिक १ लाख ११ हजार महिला छन् । कोभिडपछि ओरोलो लागिरहेको वैदेशिक रोजगारीको क्षेत्रमा साउदीले भने थप अवसर दिँदै आएको छ । गत वर्षमात्रै ८ सय महिलासहित एक लाख ४८ हजार जना गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...